पोखराका समाजसेवी बिल गुरुङको निधन, आज अन्त्यष्टी गरिदै, सहारा क्लवका सल्लाहकार सुनिल गुरुङलाई पितृ शोक

-


     पोखरा क्लिक     
     चैत्र २८ गते २०८० मा प्रकाशित



दीननाथ बराल,
पोखरा २८, चैत,

पोखरा क्षेत्रका एक समाजसेवी एवं विभिन्न संघ संस्थामा आबद्ध हुनु भएको बिल बहादुर गुरुङको उपचारकै क्रममा निधन भएको छ । पोखरा बुद्धचोक निबासि ९१ बर्षीय गुरुङको काठमाण्डांैंमा उपचारकै क्रममा मंगलबार(हिजो) बेलुका ९ः०० बजे निधन भएको उहाँको पारिवारीक श्रोतले जनाएको छ ।

पेट्रेलियम डिलर्स एशोसियसन गण्डकीका संस्थापक अध्यक्ष, बौद्ध अघौं सदनका संस्थापक सचिव एवं पूर्व अध्यक्ष, कालिका मावि बिद्यालय व्यबस्थापन समितिका पूर्व अध्यक्ष, पोखरा उद्योग बाणिज्य संघका पूर्व सदस्य, मनकामना पेट्रोल पम्प, जय बुद्ध आयल स्टोर्सका पूर्व संचालक लगायतका विभिन्न संघ संस्थामा आबद्ध हुनु भएको गुरुङको निमोनियाका कारण उपचारकै क्रममा काठमाण्डौंको ग्राण्डी हस्पिटलमा निधन भएको उहाँका नाती भुगोल गुरुङले पोखराक्लिककलाई जनाउनु भयो । उहाँका २ श्रीमती, ३ छोरा, २ छोरी हुनुहुन्छ ।

सामान्य पेटको दुखाईबाट पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गर्न लगिएको गुरुङको थप उपचारको लागि काठमाण्डौं लगिए पनि काठमाण्डौंको ग्राण्डी हस्पिटलमा भेन्टिलेटर समेत लगाउदै करिब ९ दिनसम्म उपचार गर्दा उहाँको मंगलबार निधन भएको हो । उहाँको आज नै अन्त्यष्टि गरिने भएको उहाँका माइला छोरा सुनिल गुरुङले बताउनु भयो । गुरुङ सहितको टोली हाल सडक मार्ग हुदै काठमाण्डौंबाट पोखरा आउनु भएको छ ।

सहारा क्लवका सल्लाहकार, साविक पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका उपाध्यक्ष लगायतका विभिन्न संघ संस्थामा आबद्ध हुनु भएको सुनिल गुरुङलाई पितृ शोक परेको छ । बिल गुरुङका जेठा छोरा कमल कुमार गुरुङ, कान्छो सुन्दर कुमार गुरुङ, छोरीहरुमा गंगा र ज्वाला गुरुङ रहनु भएको छ ।