नेपालमै पहिलो पटक पोखरामा साबर बन्जी सुरु (भिडियो सहित)

-


     पोखरा क्लिक     
     चैत्र २८ गते २०८० मा प्रकाशित


दीननाथ बराल,
पोखरा २८, चैत,

पोखरामा सहासिक पर्यटकहरुले अब साबर (पानीको फोहोरा माथि) बन्जी गर्न पाउनु हुने भएको छ । १२ बर्ष अघि पोखरामा सहासिक खेल सहासिक खेल गतिविधि अघि बढाएको हाईग्राउण्ड एडभेन्चर नेपाल प्रा.लि.ले पोखरामा पछिल्लो प्रोडक्टको रुपमा साबर (पानीको फोहोरा माथि) बन्जी को प्रोडक्ट ल्याएको हो ।

पोखरामा पर्यटकहरुको लागि नयाँ प्रोडक्टको रुपमा उक्त साबर बन्जी संचालन गरिएको कम्पनीका निर्देशक तथा प्रमुख संचालक अधिकृत दिनेश मर्हजनले पोखराक्लिकलाई बताउनु भयो । जिपलाईन, बञ्जी, स्वीङ र एटिभि लगायतका प्रोडक्ट मार्फत पाहुनालाई सेवा दिदै आएको हाईग्राउण्ड एडभेन्चरले साबर बग्जीमा रमाउन चाहने स्वदेशी तथा विदेशी पर्यटकको लागि पानीको फोहरामा फरक अनुभव लिन उक्त प्रोडक्ट ल्याएको निर्देशक मर्हजनको भनाई छ ।

पोखरा महानगरपालिका २५ हेम्जामा साहसिक पर्यटकीय गतिविधि संचालन गर्दै आएको उक्त कम्पनीले पोखरामा पर्यटकहरुको बसाई अवधि लम्बाउने उद्धेश्यले पछिल्लो समयमा उक्त प्रोडक्ट ल्याएको उहाँले दाबी गर्नु भयो । बञ्जीको क्रममा ८२ मिटर माथिबाट हाम फालेका पर्यटक तल झरिसके पछि पानीको फोहरामा रमाउन पाउने उहाँले जनाउनु भयो । उक्त साबर बन्जी गर्दा आन्तरिक तथा बाह्य पाहुनाले प्रतिव्यक्ति ६ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने छ । आगन्तुक पाहुनालाई भिडियो, फोटो र टिसर्ट पनि कम्पनीले निःशुल्क उपलब्ध गराउने भएको छ । हाईग्राउण्ड एडभेन्चरले सन् २०१२ देखि पोखरामा साहसिक पर्यटकीय प्रोडक्ट ल्याएको हो । पर्यटनको राजधानि पोखरामा पर्यटनको क्षेत्रमा ठूलो लगानी रहेको बताउदै मर्हजनले पर्यटकीय पूर्वाधारमा लगानी गर्ने क्रम अहिले पनि जारी रहेको उल्लेख गर्नु भयो ।

एकदिनमा कम्पनीले ६० जना पर्यटकलाई सावर वञ्जीको अनुभव दिलाउन सक्ने दाबी गरेको छ । हाइग्राउण्ड एडभेन्चर्स नेपालमा शरद गोल्छा, भरत गोल्छा, अभिनव चुरिवाल र दिनेश महर्जनले संयुक्त लगानी गर्नु भएको हो । कम्पनिले सावर बञ्जी संचालन गर्नका लागि मात्र थप करिब ५० लाख रुपैयाँ लगानी भएको मर्हजनले दाबी गर्नु भयो । यसअघि पनि हाइग्राउण्ड एडभेन्चर्स नेपालले गरेको लगानी करिब ५० करोड रुपैयाँ पुगिसकेको कम्पनीको दाबी छ । आगामि दिनमा थप साहसिक पर्यटनका क्षेत्रमा लगानी बढाउने योजनामा कम्पनि रहेको छ ।

यसैबिच, उक्त प्रोडक्र साबर बन्जीको एक समारोहका बिच बुधबार पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले उद्घाटन गर्नु भएको छ । कार्यक्रमा बोल्दै उहाँले पोखराको सहासिक खेलगतिविधिमा उक्त कम्पनीले महत्पूर्ण भुमिका खेल्दै आएकोमा प्रशंसा गर्दै पोखरामा सहासिक पर्यटनको अथाह सम्भावना भएको दाबी गर्नु भयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका कार्यक्रम अधिकृत कुन्दन मिश्रले उक्त उक्त कम्पनीले पोखराको खेल सहित सहासिक खेल पर्यटन प्रबद्र्धनमा टेवा पुराउदै आएको बताउनु भयो ।

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले भोलि (विहिबार) देखि पोखरामा १९ औं संस्करणको फेवा नब बर्ष महोत्सव हुने बताउदै नयाँ बर्षमा उक्त प्रोडक्ट आउनुले पोखराको सहासिक खेल पर्यटनको प्रबद्र्धन हुने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य बासु त्रिपाठी, टान गण्डकी प्रदेशका अध्यक्ष धर्मराज पन्थी, नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारी सहासिक खेल पर्यटनका बारेमा वोल्नु भएको थियो ।

पोखराको साहासिक खेल जिपलाइनले वल्र्ड रेकर्ड कायम कम्पनीले जनाएको छ । अफिसियल वल्र्ड रेकर्डले टलेष्ट एण्ड एण्टीपिट विधामा कम्पनीलाई वल्र्ड रेकड कायम भएको प्रमाण पत्र प्रदान गरेको कम्पनीका निर्देशक दिनेश महर्जनले बताउनु भयो । साबर बन्जी सम्बन्धि २ वटा भिडियो है ।



This will close in 20 seconds