पोखरा, २६ पुुस
पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालमा रहेको राधाकृष्ण मन्दिर शान्ति आश्रमले आफ्नो ३१ औं साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न गरेको छ ।
साधारणसभाको गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले एक समारोहकाबीच उद्घाटन गर्नुुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य गुरुङले धार्मिक एवम् सामाजिक उद्देश्यका साथ स्थापित यस पवित्र स्थलले आध्यात्मिक भावना अभिबृद्धिसँगै सामाजिक सचेतनामा समेत महत्वपूर्ण योगदान गरेको बताउनुुभयो ।
मन्दिर सहित यस संस्थाको समग्र विकासका लागि गण्डकी प्रदेश सरकारको सहयोग रहने बताउँदै उहाँले त्यसका लागि आफ्नो तर्फबाट साथ र सहयोग हुने विश्वास व्यक्त गर्नुुभयो । कार्यक्रमका सभापति एवम् राधाकृष्ण मन्दिर शान्ति आश्रमका सह अध्यक्ष गणेशबहादुर खत्रीले यस संस्थाको विकासका लागि धेरै सामाजिक भावनाले भरिएका व्यक्तिहरूको साथ र सहयोग भएको बताउनुुभयो् । संस्थाको दीगो सञ्चालनका लागि ‘मन्दिर एक अतिथि’ जस्ता अभियान सञ्चालन गर्न लागिएको उहाँले बताउनुुभयो ।
कार्यक्रममा गोगन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेल, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मोहन प्रधान, नेपाल रेडक्रस सोसाइटी पोखरा ३२ का अध्यक्ष किसान परियार, भक्ति अधिकारी लगायतले सबैको साथ र सहयोगमा यस संस्थाको विकासमा सहयोग पुु¥याउनुपर्नेमा जोड दिनुुभयो । उक्त अवसरमा काँग्रेस नेता मोहन प्रधानले राइस कुकर सहितका समाग्री सहयोग हस्तान्तरण गर्नुभएको थियो भने विभिन्न योगदान गर्ने व्यक्तिलाई संस्थाका तर्फबाट सम्मान गरिएको थियो ।
राधाकृष्ण मन्दिर शान्ति आश्रमका सह अध्यक्ष गणेशबहादुर खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव घनश्याम खनालले गर्नुुुभएको थियो भने स्वागत माधवशरण उपाध्यायले गर्नुुभएको थियो ।