
दीननाथ बराल,
पोखरा १४, वैशाख,
कास्कीको अन्नपूर्ण गाउँपालिकामा बाटो बनाउने काम गर्न खटिएका दुई जना युवालाई चट्याङ लागेर मृत्यु भएको छ । कास्की अन्नपुर्ण गाउँपालिका ११ पोडे स्थित बाटो बाटो बनाउने काममा खटिएका सोलुखुम्बु सिलिङचो गा.पा. २ बस्ने ४४ बर्षका भरत पुबिर राई र सिलिङचोकै १८ बर्षका महेश राई लाई चट्याङ लागेर मृत्यु भएको कास्कीका प्रहरी पमुख एसपी श्याम बाबु ओलियाले बताउनु भयो ।
उक्त घटना करिब आइतबार दिउँसो १ः०० बजे भएको हो । उनीहरु सहित ९ जना उक्त स्थानमा बाटो बनाउने काममा खटिएका अन्य ७ जना शकुसल रहेको कास्की प्रहरीले जनाएको छ । उक्त घटना पश्चात कास्कीबाट प्रहरी निरिक्षक राज कुमार कार्कीको नेतृत्वको ७ जनाको टोली घटनास्थलमा पुगेको हो । उक्त घटना जिप्रकाबाट ८५ कि.मि. उत्तर पर्ने, घटनास्थल प्रहरी चौकी घान्द्रुकबाट करिब. ८ घण्टा पैदल लाग्ने भन्ने बताइएको छ ।





