
दीननाथ बराल.
पोखरा १४, चैत
जेन–जी आन्दोलन छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै नेकपा एमाले निकट विद्यार्थी तथा युवा संगठनहरूले पोखरामा प्रदर्शन गरेका छन्। प्रतिवेदनलाई ‘एकपक्षीय र पूर्वाग्रही’ भएको आरोप लगाउँदै प्रदर्शनकारीहरूले सार्वजनिक रूपमा प्रतिवेदन जलाएर विरोध गरेका हुन् ।

कार्की आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले शनिबार पक्राउ गरेपछि विरोध झन् चर्किएको हो। पार्टी नेतृत्वमाथि ‘थरपकड’ गरिएको भन्दै अनेरास्ववियु र युवा संघ नेपालको अगुवाइमा पोखरामा विरोध प्रदर्शन गरिएको थियो ।एमाले कास्की जिल्ला पार्टी कार्यालयबाट सुरु भएको विरोध ¥याली पृथ्वीचोकसम्म पुगेको थियो। ¥यालीमा सहभागीहरूले सरकार र आयोगविरुद्ध नाराबाजी गर्दै आक्रोश व्यक्त गरेका गर्नु भएको थियो । ‘बालेन सरकार मुर्दावाद’, ‘गृहमन्त्री राजीनामा देउ’, ‘कानुनको पालना गर’, ‘विदेशी कठपुतली सरकार राजीनामा दे’ लगायतका नारा लगाउदै एमाले संवद बिद्यार्थी संगठनको नेतृत्वमा एमालेका नेता तथा कार्यकर्ता सडकमा उत्रिएका थिए ।
प्रदर्शनकारीहरूले भदौ २४ गते सर्वोच्च अदालतमा भएको आगजनी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्। उनीहरूले आन्दोलनका क्रममा भएका घटनालाई तोडमोड गरी प्रस्तुत गरिएको आरोपसमेत लगाएका छन्।
पृथ्वीचोकमा आयोजित कोणसभामा अनेरास्ववियु गण्डकीका अध्यक्ष सन्तोष पोखरेलले कार्की आयोगको प्रतिवेदनले यथार्थ चित्रण गर्न नसकेको दाबी गर्दै तत्काल खारेज गर्न माग गर्नूभयो । उहाँले बिना सर्त एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्नुपर्ने माग गर्नुभयो । त्यसैगरी, युवा संघ कास्कीका अध्यक्ष उमेश गुरुङले आयोगले राजनीतिक दबाबमा काम गरेको आरोप लगाउँदै ‘सत्य तथ्य लुकाएर आन्दोलनलाई बदनाम गर्ने प्रयास भएको’ टिप्पणी गनुर््भयो । यस्तो प्रतिवेदन आफूहरूलाई स्वीकार्य नहुने उहाँले स्पष्ट पार्नुभयो । कोणसभामै प्रदर्शनकारीहरूले कार्की आयोगको प्रतिवेदनको प्रतिलिपि जलाउँदै चर्को विरोध जनाउनु भएको थियो । साथै, सरकारले माग सम्बोधन नगरे थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन्। प्रदर्शनका क्रममा केही समय पृथ्वीचोक क्षेत्रको यातायात प्रभावित भएको थियो ।




