
काठमाण्डौं १८, पुष,
चर्चित बाल गायक सचिन परियारको आज(विहिबार) उपचारको क्रममा निधन भएको छ । काठमाण्डौंको त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्षमा (आइसियु) मा उपचाररत परियारको बिहान १०ः४५ बजे निधन भएको अस्पतालले श्रोतले जनाएको छ ।
१३ वर्षीय सचिनको अघिल्लो वर्षदेखि नै कम्मरभन्दा मुनिको भाग राम्रोसँग नचल्ने गरी समस्या उत्पन्न भएको थियो । गायक परियारले हास्य शृङ्खला ‘मेरी बास्सै’मा अभिनय गर्नुका साथै ‘रातो रबर एक’ ‘रुमाल खस्छ कि’ ‘के छ र हजुर’ ‘बरको छाँयाले’ जस्ता गीत गाएका थिए । सामाजिक संजालमा उनी प्रति धेरैले श्रद्धान्जली व्यक्त गर्दै उनको निधनको घटनाको बिषयमा विभिन्न टिका टिप्पर्णी समेत गनृ थालेका छन्।





