एआइपिएस एसिया र हानबीच सहकार्य

-


     पोखरा क्लिक     
     भाद्र २७ गते २०८१ मा प्रकाशित


काठमाडौं, भदौ २७–

एसियाली खेलकुद पत्रकारहरूको छाता संगठन एआइपिएस एसिया र होटल एसोसिएसन नेपाल अफ नेपाल ९हान० बीच सम्झौता भएको छ । एआइपिएस एसियाको २५औं कंग्रेसको अवसरमा आयोजित कार्यक्रममा बिहीबार हान र एआइपिएस एसियाबीच सम्झौता भएको हो ।

हानका अध्यक्ष विनायक शाह र एआइपिएस एसियाका अध्यक्ष ही दोङ जङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । उक्त सम्झौताअनुरूप एआइपिए एसियाका एक हजारभन्दा सदस्य पत्रकारले नेपाल आउँदा होटलमा सुविधामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । यसै अवसरमा हानले एआइपिएस एसियाका अध्यक्ष दोङलाई नेपालको सदभावना दूतको रूपमा पनि नियुक्त गरेको छ ।