छोरेपाटन माविका ३ जनाले ल्याए एसइईमा ४ जिपिए

-


     पोखरा क्लिक     
     वैशाख २९ गते २०८३ मा प्रकाशित


पोखरा, २९ वैशाख,

राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाअनुसार छोरेपाटन माविका ३ जना विद्यार्थीले उच्चतम् ४.० जिपिए ल्याएका छन् । विद्यार्थी शिवानी सुवेदी, रचना ढकाल र करिना गौडेलले उच्चतम् ४.० जिपिए ल्याएका हुन् ।

विद्यालयबाट २०८१ सालमा १ जनाको पनि ४.० जिपिए आएको थियो ।नतिजा हेर्दा छोरेपाटन माध्यमिक विद्यालयले एकपछि अर्को सफलता हात पार्दै गएको देखिन्छ । कुल १ सय ८१ जना विद्यार्थी परीक्षामा सम्मिलित भएकामा ३.६ देखि ३.९९ जिपिए ल्याउने विद्यार्थी ३४ जना छन् । त्यस्तै ५१ जनाले ३.२ देखि ३.५९ जिपिए ल्याएका छन् । कुल १ सय ८१ मध्ये एक सय ५४ जना विद्यार्थी (८५ प्रतिशत) ग्रेडेड हुन सफल भएको सहायक प्रधानाध्यापक खेमराज बरालले जानकारी दिए। छोरेपाटन स्कुल पोखरा क्षेत्रकै रोजाइको स्कुलमा पर्दछ । यहाँ नर्सरी देखि कक्षा १२ सम्म पठनपाठन हुन्छ।

विद्यालयको सफलताप्रति खुसी व्यक्त गर्दै विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मा भुषालले उत्कृष्ट नतिजासहित उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई बधाई दिर्दै सफल र गौरवपूर्ण आगामी शैक्षिक यात्राको शुभकामना दिएका छन् । साथै उनले उत्कृष्ट नतिजाको लागि हरदम क्रियाशील शिक्षक, शिक्षिका तथा अभिभावकमा हार्दिक धन्यवाद सहित आभार समेत व्यक्त गरेका छन्।