तालवाराही मन्दिरमा दर्शनाथीको भिड

-


     पोखरा क्लिक     
     असाेज २० गते २०८२ मा प्रकाशित


पोखरा,

फेवातालको बीच भागमा रहेको धार्मिक एवं पर्यटकीय स्थल तालवाराही मन्दिरमा आज (सोमबार) बर्षकै सबै भन्दा बढी दर्शनार्थी एवं पर्यटकहरुको भिडभाड भएको छ । दशैं पर्वको अन्तिम दिन अर्थात् कोजाग्रतपूर्णिमा पर्वको अवसरमा मन्दिर दर्शन गर्ने भक्तजन र पर्यटकले भिडभाडले ताल क्षेत्र सोमबार भिडभाड भएको स्थानियले पोखराक्लिकलाई बताउनु भयो ।

बिहानैदेखि दर्शनार्थी एवं पर्यटकहरुले लाइनमा बसेर डुंगाको टिकट काट्न र लाइफ ज्याकेट लिन लामो लाइनमा उभिनु भएको फेवा डुंगा व्यवसायी संगठनका निवर्तमान अध्यक्ष बुद्धिबहादुर नेपालीले बताउनु भयो । अघिल्ला बर्षको तुलनामा यस बर्ष प्रतिकुल मौसमका कारण बाढी पहिरोले सडक तथा हवाई रुट अबरुद्ध हुदा अपेक्षाकृत दर्शनार्थी एवं पर्यटकहरु अझ कम आएको उहाँले दाबी गर्नुभयो ।

यसैबिच, दशैंको अवसरमा पोखराका धार्मिक तथा तिर्थस्थलहरुमा समेत दर्शनार्थीहरुको भिडभाड भएको थियो ।