पोखरामा पनि अनिश्चितकालीन निषेधाज्ञा, काठमाडौंमा जेनजीको प्रदर्शनमा १४ जनाको मृत्यु

-


     पोखरा क्लिक     
     भाद्र २३ गते २०८२ मा प्रकाशित


पोखरा,

जेनजीको आन्दोलन अनियन्त्रीत भएसंगै पोखरामा पनि निषेधाज्ञा जारी गरिएको छ । आन्दोलनकारीले गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तोडफोड समेत गरेका थिए ।

आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र रवरको गोली प्रहार गरेको थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभसम्मका लागि शहीद, राष्ट्रबैंक चोक, मुख्यमन्त्रीको कार्यालय आसपासको क्षेत्रमा निषेधाज्ञा निषेधाज्ञा जारी भएको उल्लेख गर्नुभयो । पोखरामा रवरको गोली लागेर विनेस गुरुङ घाइते हुनु भएको छ । उहाँको आँखा भन्दा माथिको भागमा गोली लागेको अबस्थामा गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको छ ।

त्यसै गरी काठमाडौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा १४ जनाको मृत्यु भएको छ । जेन(जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा घाइते भएकाहरु मध्य १४ जनाको मृत्यु भएको हो । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएका ६ जनाको र सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको बताइन्छ ।
उपचारका लागि अस्पताल पु¥याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो । दिउँसो साढे १२ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा कफ्र्यू आदेश जारी भएको छ ।