
पोखरा ३, साउन,
नेपाल जडिवुटिमा धनि देश मध्यमा पर्दछ । हाम्रा वनजंगल र घर गाँउमा प्राप्त हुने जडिवुटिको महत्व बुझ्न सके त्यसबाट हामीले धेरै फाइदा लिन सकिन्छ ।
यसै सन्दर्भमा करी पक्ताको बारेमा फेसबुकमा विश्व सिग्देलले प्रोष्ट गर्नु भएको करी पक्ताको बारेमा जस्ताको तस्तै ।
करी पत्ताका बिरुवा चाहिए संपर्क गर्नुस ,सुको तिर्नु पर्दैन ।तर करिपत्ता सार्नु अगाडी यसको उपयोगिता कत्तिको थाह छ रु तपाईंमा बिरुवाहरुमा कत्तिको लगाव छ ,म जांच लिन्छु ,पास हुन पर्छ। लहडमा बिरुवा लैजाने सही तरिकाले नहुर्काउनेलाई दिने कुरो भएन ।
करी पत्ताका फाइदै फाइदाबारे डा। अरुणा उप्रेतीले दिएको एक महत्त्वपूर्ण जानकारीस्
म ५९ वर्षकी भएँ । पढ्दा चस्मा लगाउनुपर्छ तर आँखामा अरू समस्या छैन । मैले अहिलेसम्म आइरन चक्की, क्याल्सियम वा भिटामिन डीका चक्की खाएको छैन । उच्च रक्तचाप र मधुमेहको समस्या आइसकेको छैन । तर, मेरा बाजे, ठूलो दाइ र फुपूका छोरीहरूलाई मधुमेह भएकाले वशांणुगत रूपमा मलाई पनि हुन सक्ने सम्भावना छ । त्यसैले म खानपान र तौलमा बडो ध्यान दिन्छु । मेरो दैनिक खानपिनमा नछुट्ने एउटा वनस्पति हो— करी पत्ता । यसलाई कतिजनाले मीठा निम पनि भन्छन् । सायद निमको पत्ताको औषधीजन्य गुण हुने तर तीतो नभएकाले यसलाई मीठा निम भनेको हो कि रु
मैले मीठा निमको उपयोगिताबारे थाहा पाएको चाहिँ २००६ मा श्रीलंकाको बसाइँमा हो । श्रीलंकामा प्रायः खानेकुरा पकाउँदा करी पत्ता प्रयोग गरिँदो रहेछ । पहिले पहिले त म तरकारी वा दालमा हालेको पत्ता निकालेर फ्याँल्थेँ । सँगै खान बसेकी नर्सले छक्क परेर भनिन्, “यो त एकदम पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । हाम्रो खाना त यो नभईकन पूर्र्ण नै हुँदैन । हामी यसको नरम पातको अचार पनि बनाउँछौँ । रसम ९दाल० मा त यो नभई हुँदैन । यसमा रहेका तत्वहरूले त रगत बढाउँछ, मधुमेह भएकाहरूलाई पनि उपयोगी हुन्छ । यो त भिटामिन ‘ए’को भण्डार नै हो, अनि किन तिमीले फ्यालेको रु तिमीले त गर्भवतीलाई यो खान प्रेरणा पो दिनुपर्छ ।”
नर्सको कुरा सुनेर मैले अर्को प्लेटमा राखेको पत्ता चपाएँ । ११ वर्षअघिको यो संवादपछि म करी पत्तालाई दिनहुँ खान्छु । घरमा दुईवटा करी पत्ताका बोट छन् । प्रत्येक दिन २–४ वटा पत्ता चपाउँछु । तरकारी बनाउँदा पत्ता हाल्छु नै । पिसेको अचार बनाउँदा हरियो धनियाँसँगै करीपत्ता पनि पिस्छु । लामो सयमका लागि घरबाहिर जाँदा चाहिँ सुकाएको करी पत्ता सँगै लैजान्छु र चपाएर वा धुलो बनाएर तरकारी–दालमा हाल्छु।
करी पत्ताको बोट सजिलै उम्रने हुनाले साथीभाइहरूलाई घरमा उमार्न करीपत्ताको पाकेको दाना वा सानो बिरुवा नै उपहार पनि दिन्छु । मलार्ई श्रीलंकाकी नर्सले सिकाएको कुरा अरूलाई पनि भन्छु । यसमा रेसादार पदार्थ, क्याल्सियम, फस्फोरस, भिटामिन ए र फोलिक एसिड पनि हुन्छ । यी सबै कुरा गर्भवती र सुत्केरीका लागि त अति नै जरुरी नै हुन्छ । फोलिक एसिडको प्रयोगले भु्रणलाई स्वस्थ पार्छ र मेरुदण्ड विकसित नहुने समस्याबाट बच्न मद्दत गर्छ । नेपालमा यस्ता समस्या भएका शिशुहरू कति जन्मिन्छन् भन्ने अनुसन्धान त गरिएको छैन तर धेरै नै देख्छु म।
करी पत्ता तराईमा जताततै पाइन्छ तर कुनै पनि स्वास्थ्यकर्मीले गर्भवती महिलालाई करीपत्ता टिपेर तरकारीमा हालेर खानू भन्दैनन् । हामी स्वास्थ्यकर्मीले यसको उपयोगिता थाहा पाउन र फैलाउन जरुरी छ । गाईवस्तुलाई करी पत्ता दिने, किनभने करी पत्ता खाएपछि गाई र गोरुको स्वास्थ्य राम्रो हुन्छ रे । यही कुरा मान्छेमा पनि लागू हुन्छ । करी पत्ताले पाचन प्रणालीमा पनि मद्दत गर्ने कुरा अनुसन्धानबाट देखिएको छ । मधुमेह भएकाहरूलाई पनि यसले फाइदा गर्छ । किनभने, यसले शरीरभित्र रहेको हर्मोन ‘इन्सुलिन’को गतिविधिलाई प्रभावित गरेर रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । अर्को अनुसन्धानले शरीरमा रहेको कलेस्टेरोल नामक बोसोलाई कम गर्न मद्दत गर्ने कुरा देखाएको छ । यसको अर्थ हो, मुटुको रोगबाट बच्न पनि मद्दत गर्छ । दक्षिण भारतीय र श्रीलंकाको भोजनमा प्रयोग गरिनुको साथै इन्डोनेसियामा पनि मसलाका रूपमा यसको प्रयोग गरिँदो रहेछ । दक्षिण भारतका कतिपय गाउँहरूमा त मेहदीसँग करी पत्तालाई पिसेर कपालमा लगाउने चलन पनि छ । यसले गर्दा कपालमा चायाँ रहँदैन भन्ने उनीहरू विश्वास गर्छन् । मैले चाहिँ कपालमा करी पत्ता लगाएकी छैन।
पखाला लागेको बेलामा पनि करी पत्ताको प्रयोग उपयोगी हुन्छ र पातमा रहेको रसायनमा किटाणुसँग लड्ने र संक्रमण कम गर्ने गुण पनि रहेको हुन्छ । यसका लागि करी पत्तालाई पिसेर वा सुकाएर, धूलो बनाएर प्रयोग गर्न सकिन्छ। यसमा रहेको रेसादार पदार्थले कब्जियत कम गराउन पनि मद्दत गर्छ । यसलाई पानीमा उमालेर खाँदा पनि पेटमा रहेको गडबडीलाई सन्चो गर्छ । यसरी पानीमा पकाएर खाँदा अलिकता कागती र बिरे नुन पनि हाल्न सकिन्छ । यसमा रहेको फोलिक एसिड र लौह तत्वलाई शरीरमा रगतको मात्रा बढाउन र हड्डी बलियो बनाउन पनि मद्दत गर्छ । गर्भवती आमालाई दिनमा ३–४ वटा हरियो पत्ता चपाए पनि फाइदा पुग्छ । संक्रमण, लुतो, डण्डीफोर आदि निको पार्न निम प्रयोग गरिएजस्तै करी पत्ता पनि प्रयोग गर्न सकिन्छ । गर्भवती महिलालाई हुने वाकवाकी मेट्न पनि यसले मद्दत गर्छ । यसको भिटामिन ‘ए’ले आँखाको स्वास्थ्यको पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ तर दुःखको कुरा करी पत्ता बढी पाइने तराईमा नै भिटामिन ‘ए’को कमीले बालबालिका र गर्भवती महिलामा आँखाको समस्या देखापर्छ । भिटामिन ‘ए’को क्याप्सुल वर्षमा दुईचोटि बाँड्ने सरकारले करीपत्ताको प्रयोग गर भनेर किन सिकाउँदैन रु
डा। अरुणा उप्रेती