ढाकाचोली महिला बचत तथा ऋण सहकारीको बार्षिक साधारण सभा सम्पन्न

-


     पोखरा क्लिक     
     पौष ६ गते २०८० मा प्रकाशित


पोखरा ६ पुष

ढाकाचोली महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा उद्घाटन गर्दै पोखरा महानगरपालिकाका वडा अध्यक्ष राममोहन आचार्यले महिला उद्यमशिलताको विकास गर्दै बचत तथा ऋण गरिरहेको सहकारीलाई छिट्टै वडाको नमुना सहकारीको रुपमा देख्न चाहेको बताउनुभयो । उहाँले सहकारीको सिद्धान्त अनुसार सहकारी चल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका विशेष अतिथि को अपरेटिभ प्रेसिडेन्ट सोसाइटी का केन्दिय अध्यक्ष डिल्लीराम बरालले सहकारीमा सवैको समान अधिकार भएको हुँदा अरुको लहैलहैमा नलागि सम्पूर्ण शेयर सदस्यहरु एकजुट भएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले शेयर सदस्यहरुलाई बोनसको लोभमा पछि लाग्नु भन्दा पनि संस्थाले गरिरहेका गतिविधिको पछि लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारीले संस्थालाई मजबुत बनाउन समय लाग्ने भएको हुँदा संस्थाको उदेश्यमा लागि पर्न आग्रह गर्नुभयो । महिला सशत्तीकरणको पाटो महिला उद्यमशीलतालाई अगाडी बढाउन तर्फ लाग्नु पर्नेमा उहाँको जोड थियो । कार्यक्रममा जेष्ठ नागरिक आमाहरु रेवती पनेरु र कमला कार्कीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नियमित बचतकर्ता सरला ढुगाना र कृष्णा थापा, कर्मचारी व्यवस्थापक सन्ध्या खत्री र मार्केटिङ्ग सपना बाँनियालाई पनि सम्मान गरिएको थियो ।

एसईईमा ए प्लस ल्याउन सफल शेयर सदस्यका छोरा लक्ष्मण रिमाललाई पनि सम्मान गरिएको थियो । संस्थाका संस्थापक अध्यक्ष पार्वती पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मनतव्य उपाध्यक्ष लक्ष्मी कुमारी गुरुङ्गले गर्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव सीता ठडराईले गर्नुभएको थियो ।

कार्यक्रममा लेखा संयोजक प्रभा कुमारी बाँस्तोला, पुर्व सल्लाहकार नानीमाया थापा, सदस्य निरशा गुरुङ्ग बोल्नुभएको थियो । कोषाध्यक्ष गंगा रिमालले आर्थिक प्रतिवेदन, अध्यक्ष पार्वती पनेरुले संस्थाको सांगठनिक प्रतिवेनद र सचिव संीता भटराईले संस्थाको अवस्था सहितको प्रतिवेदन प्रस्तुत सहित छलफल गरिएको थियो ।