पोखरामा चहल पहल बढ्यो , यात्रुको चाप बढ्दा व्यबस्थापन गर्न हम्मेहम्मे

-


     पोखरा क्लिक     
     कार्तिक १० गते २०८० मा प्रकाशित


दीननाथ बराल

पोखरा १०, कार्तिक

दशैं टिकाको चौथो दिन शुक्रबारदेखि पोखरामा पुनः चहल पहल ह्वात्तै बढ्न थालेको छ । दशैं टिकाको अघिल्लो दिन कार्तिक ६ गते देखि प्रायः सुनसान जस्तै भएको पोखरा क्षेत्रमा बिहिबारदेखि चहल पहल बढ्न थालेसंगै शुक्रबार देखि ह्वात्तै चहल पहल बढेको हो ।

सरकारी तथा गैरसरहकारी केही संघ संस्था सहित व्यपारीक पसलहरु समेत संचालन भएसंगै शुक्रबार बिहान देखि पोखराको बजारमा चहल पहल बढेको देखिन्छ । दशैं टिकाको चौथोे दीन पनि केहीले टिका थाप्ने क्रम जारी रहेको छ भने केही आफ्नो कर्म थलोमा फर्किन समेत सुरु भई सकेको छ ।

वडा दशैंको अवसरमा पोखरा सहित कास्की क्षेत्रबाट करिब एक लाख ३५ हजार भन्दा बढी यात्रु बाहिरिनु भएको भएको अबस्थामा उहाँहरु पुनः पहिलाको कर्मथलोमा फर्किर्ने क्रम समेत जारी रहेको प्रहरीले एटुजेडलाई जनाएको छ । पोखरा क्षेत्रबाट काठमाण्डौं तर्फ जाने र पश्चिम नेपालको क्षेत्रबाट पोखरा फर्किेने तथा धरानदेखि समेत पोखरा आउनेहरुको सख्या उल्लेखनिय रुपमा रहेकोले यात्रुको व्यबस्थापनमा हम्मेहम्मे भएको व्यवसायी र ट्राफिक प्रहरीले जनाउनु भएको छ ।

पोखरा सहित कास्कीबाट बाहिरिएका यात्रु दशैं टिकको भोलि पल्ट बुधबार देखि पुनः भित्रिन सुरु भए पनि विहिबार र आज शुक्रबार भने अत्याधिक भिड नै भएको जिल्ला ट्राफिक कार्यालय कस्कीका प्रहरी बरिष्ठ नायव निरिक्षक शिव प्रसाद पाठकले बताउनु भयो । शुक्रबार बिहान देखि यात्रुहरुको चाप अनुसार यात्रु बाहक बसको व्यबस्थापन गर्न आफुहरु समेत खटिएको उहाँको भनाई थियो ।

दशैं टिकाको तेश्रो दिन विहिबार आज चौथो दिन शुक्रबार यात्रुहरुको अत्याधिक भिड भएका कारण यात्रुलाई उचित ढंगले व्यबस्थपन गर्न आफुहरु जुटेको पृथ्बीराजमार्ग बस संचालक कम्पनी प्रा।लि।का अध्यक्ष योगेन्द्र केसीले बताउनु भयो । ७ वटै प्रदेशका २७ भन्दा बढी स्थानमा पोखराबाट लामो दुरीको सेवा दिदै आएको समितिका हाल ८ सय भन्दा बढी यात्रु बाहक बसहरु संचालन भएको उहाँले बताउनु भयो । अन्य दीनमा दैनिक समितिको ३ सय ५० जसो यात्रु बाहक बसहरु संचालन हुने गर्दछन्।

यातायात व्यवसायिहरुले नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ–दिपावलीको अवसरमा यात्रु बाहक बसको अग्रिम टिकट बुकिङ खुल्ला गरे पनि पहिलाको जस्तो उत्साह नदेखिएको अध्यक्ष केसीले बताउनु भयो । समिति अन्र्तगत करिब ६ हजार जनाले अग्रिम टिकट बुकिङ गरेको दाबी गर्दै अध्यक्ष केसीले यसपाली दशैंमा समिति अन्र्तगतका यात्रु बाहक बसबाट मात्र करिब ३० हजार यात्रु पोखराबाट बाहिरिएको दाबी गर्दै अब पुनः पोखरा सहित कास्की भित्रिन सुरु भएको जनाउनु भयो ।



This will close in 20 seconds