दशैंको अवसरमा पोखरा क्षेत्रमा यस बर्ष खसि बोका ५० प्रतिशत मात्र खपत

-


     पोखरा क्लिक     
     कार्तिक ९ गते २०८० मा प्रकाशित


दीननाथ बराल

पोखरा ९, कार्तिक

नेपालीहरुको महान पर्व विजया दशमी पर्वको अवसरमा पोखरा क्षेत्रमा यस बर्ष करिब ५० प्रतिशत मात्र खसि वोकाको खपत भएको छ । अघिल्ला बर्षको तुलनामा यस बर्ष पोखरा क्षेत्रमा करिब ५० प्रतिशत मात्र खसि तथा वोकाको खपत भएको व्यवसायीहरुले बताउनु भएको छ ।

पोखरामा यस बर्षको दशैं पर्व लक्षित गरी करिब ९ हजार खसि वोका खरिद गरे पनि अझै ४ हजार ५ सय जसो खसि वोका बिक्रि नभएको पोखरा खसि वोका व्यवसायी समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले एटुजेड पत्रिकालाई बताउनु भयो । अन्य बर्षको दशैं पर्व भन्दा यस बर्षको दशैं पर्वको रौनक केही कम हुने सक्ने आशंकामा यस बर्ष कम खसि वोका खरिद गरे पनि त्यही पनि सबै बिक्रि नभएको उहाँले जनाउनु भयो । जब बजारमा चहल पहल र मानिसहरुको भिडभाड कम हुन्छ त्यसले दशैंका अवसरमा हुदै आएका आर्थिक कृयाकलामा प्रत्यक्ष असर परेको व्यवसायी बताउनु हुन्छ ।

दशैं पर्वमा हिमालपारीमा हुर्कीएका भेंगा च्यांग्रा खाने परम्परागत देखि आएको चलन हो भने त्यससगै दशैंमा खसि वोका पनि उत्तिकै खपत हुने गरेको पाइन्छ । यस बर्ष भेंगा च्यांग्राको मुल्य सुरुमै आधार लाख पर्ने भए पछि अधिकांशले भेंगा च्यांग्राको स्थानमा खसि वोका रोजेको पाइन्छ । अघिल्ला बर्षको दशैंमा १२ हजार खसि वोका बिक्रि गरेको समितिले यस बर्षको दशैंमा करिब ९ हजार खसि वोका बिक्रि गर्ने तयारी गरे पनि कोरोनाको कारण देशमा आर्थिक मन्दिले गर्दा बजारमा खासै चहल पहल कम भएकोले यस बर्ष आफुहरुले खसि वोका अपेक्षाकृत बिक्रि गर्न नसकेको उहाँले जनाउनु भयो । यस बर्षको दशैं पर्वमा बजारमा पनि कम चहल पहल हुने, होटल, रेष्टुरेण्ट, पार्टी प्यालेसहरु राम्रोसंग संचालन नहँुदा खसि वोकाको खपत पनि कम भएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

पाल्पा, नवलपरासी, स्याङजा, गोर्खा, तनहुँ लगायतको क्षेत्रबाट खसि बोका पोखरा ल्याउने गरिन्छ । जिउदो खसिको प्रतिकेजी ६ सय देखि ६ सय ७० रुपैयासम्म पर्ने गरेको छ भने खसिको तयारी मासु प्रति केजी १ हजार २ सय रुपैया सम्म पर्ने गरेको छ । समितिको बाहेक पोखरा क्षेत्रमा व्यक्तिगत रुपमा किसानहरुले उत्तिकै सङख्यामा खसि वोका खरिद गर्ने गरेको पाइन्छ ।



This will close in 20 seconds