सुनसान पोेखरा (फिचर फोटो)

-


     पोखरा क्लिक     
     कार्तिक ८ गते २०८० मा प्रकाशित


दीननाथ बराल

पोखरा ८, कार्तिक

पोखरामा दशैं टिकाको भोलि पल्ट आज(बुधबार) सुनसान जस्तै भएको छ । पोखरा क्षेत्रका मुख्य चोकमा रहेका व्यपारीक पसलहरु प्रायः वन्द नै रहेकाछन् ।

 

एकाद दुई मिठाई पसल त केही फेन्सी पसल बाहेक अन्य प्रायः अधिकांश पसलहरु बन्द हुँदा पोखरा सुनसान जस्तै भएको व्यवसायीहरु बताउनु हुन्छ । दशैं टिकाको भोलिपल्ट पनि केहीले टिका थाप्ने क्रम जारी रहेको छ भने केही आफ्नो कर्म थलोमा फर्किन समेत सुरु भएको छ । पोखराका व्यस्त बजारहरुमा हाल, महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड, नयाँबजार, पृथ्बीचोक, अम्मरसिंहचोक, पार्दी बिरौटा, सृजनाचोक, सिद्धार्थचोक, बगर लगायतका क्षेत्रमा प्रायः सुनसान जस्तै भएको छ ।

वडा दशैंको अवसरमा पोखरा सहित कास्की क्षेत्रबाट करिब एक लाख ३५ हजार भन्दा बढी यात्रु बाहिरिनु भएको प्रहरीले जनाएको छ । पोखरा सहित कास्कीबाट बाहिरिएका यात्रु आज देखि पुनः भित्रिन सुरु भएको जिल्ला ट्राफिक कार्यालय कस्कीका प्रहरी बरिष्ठ नायव निरिक्षक शिव प्रसाद पाठकले बताउनु भयो ।

यसैबिच, पोखरा क्षेत्रका यातायात व्यवसायीहरुले भने पोखराबाट यस बर्ष निकै कम सङख्यामा यात्रु बाहिरिनु भएको दाबी गर्नु भएको छ । यातायात व्यवसायिहरुले नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ–दिपावलीको अवसरमा यात्रु बाहक बसको अग्रिम टिकट बुकिङ खुल्ला गरे पनि पहिलाको जस्तो उत्साह नदेखिएको पृथ्बीराजमार्ग बस संचालक कम्पनी प्रा.लि.का अध्यक्ष योगेन्द्र केसीले बताउनु भयो । समिति अन्र्तगत करिब ६ हजार जनाले अग्रिम टिकट बुकिङ गरेको दाबी गर्दै अध्यक्ष केसीले यसपाली दशैंमा समिति अन्र्तगतका यात्रु बाहक बसबाट मात्र करिब ३० हजार यात्रु पोखराबाट बाहिरिएको दाबी गर्दै अब पुनः पोखरा सहित कास्की भित्रिन सुरु भएको जनाउनु भयो । महानवमी (सोमबार) देखि दशैं टिकाको भोलिपल्ट बुधबारसम्म यात्रु बहाक बसहरुको फ्रि क्यू हुने भएको उहाँले जनाउनु भयो ।

पोखराको पर्यटकीय क्षेत्रमा यस बर्ष सडक यातायात तथा आर्थिक मन्दिरका कारण अघिल्ला बर्षको तुलानमा न्यून संख्यामा पर्यटक आगमन भएको होटल व्यवसायीहरु बताउनु हुन्छ ।