असोज २४,पोखरा
‘इन्टरनेशनल गल्र्स चाइल्ड डे’ का अवसरमा जोण्टा क्लव अफ पोखराले मेण्टल हेल्थ सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । पोखराको अम्मरसिंह माविमा कक्षा ९ मा अध्यायनर छात्रछात्राहरुमाझ उनीहरुले यो कार्यक्रम गरेका हुन् ।
कार्यक्रममा बोल्दै आयोजक क्लवका अध्यक्ष मोनिका थापाले नेपालमा पनि किशोरावस्थाका बालबालिकाहरुका लागि मनोसामाजिक सुरक्षा कार्यक्रम अत्यन्तै महत्वपूर्ण भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै कोपिला नेपालका बिना सिल्वालले नेपालमा १३ देखि १९ वर्ष सम्मका किशोर किशोरीहरुमा मनोसामाजिक शिक्षाको खाँचो रहेको औंल्याउनुभयो । यो उमेरमा नकारात्मक सोंचको विकास भएमा त्यसले दीर्घकालसम्म असर गर्ने भएकाले उनीहरुलाई मनोसामाजिक सुरक्षाका बारेमा अवगत गराउनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालमा ४ प्रतिशत किशोरकिशोरीहरुमा आत्माहत्याको विचार आउने गरेको उहाँले जनाउनुभयो । यस्तो साेंच आउन नदिन दैनिक जिवनीमा ध्यान दिनुपर्ने उहाँको भनाई छ ।
अम्मरसिंह माविका प्राचार्य तेजश्वी बरालले जोण्टा क्लवले आफ्नों विद्यालयमा यस्तो कार्यक्रम ल्याएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा सिकेका ज्ञानलाई व्यवहारमा लागू गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो । जोण्टा युएन कमिटि प्रमुख सावी श्रेष्ठको संयोजकत्वमा भएको कार्यक्रम महासचिव नेलिसा ठकुरीले सञ्चालन गर्नुभएको थियो ।