खेलकुद

पोखरामा भएको गेमिङमा अमन पहिलो, राजन दोस्रो

पोखरा, नेपालमा काठमाडौं बाहिर पाहिलो पटक बिहीबार पोखरामा आयोजित आरओजी सटडाउन सेरिज प्रतियोगितामा अमन गुरुङ प्रथम बनेका छन् । नागमणि प्रालि र आसुसको सहयोगमा जेनेक्स अटोमेसनमा भएको प्रतियोगितामा दोस्रो राजन लामा बने । गुरुङ र लामालाई क्रमशः २० हजार र १० हजार नगदसहित उपहार प्रदान गरियो । उनीहरुलाई जेनेक्सका सञ्चालक नवीन पौडेल, कल्पना कार्की, आसुस नेपालको तर्फबाट सुरेश रौनियार लगायतले पुस्तकार प्रदान गरे । कार्यक्रम सञ्चालन भानु लम्सालले गरेका थिए । पोखराका गेमिङ पारखीलाई लक्षित गरी गेमिङ प्रतियोगिता आयोजना गरिएको… पुरा पढौ

पोखरामा ५ वर्षपछि खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप हुने तयारी, चैत पहिलो साता हुने प्रतियोगितामा ८ देशका खेलाडी सहभागि हुदै

दीननाथ बराल, पोखरा २८, फागुन खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप पुनः ५ बर्ष पछि सञ्चालन हुने भएको छ । कोभिड–१९ महामारी र विभिन्न प्रशासनिक तथा प्राविधिक कारणले विगत पाँच वर्षदेखि संचालन हुन नसकेकोे २१ औं संस्करणको नेपाल खुल्ला प्याराग्लाइडिङ च्याम्पियनसिप आगामी चैत ५ गतेदेखि ७ गतेसम्म पोखरामा आयोजना हुने भएको नेपाल हवाई खेलकुद संस्था ना ले पोखराक्लिकलाई जनाएको छ । पाँच वर्षपछि आयोजना हुन लागेको प्रतियोगितामा नेपालसहित हालसम्म ८ देशका ८७ जना प्याराग्लाइडिङ पाइलटहरूले अनलाइनमार्फत नाम दर्ता गराएको प्रतियोगिताका संयोजक सुनिल… पुरा पढौ

पोखराको जेनेक्समा २८ गते गेमिङ प्रतियोगिता हुने

पोखरा, २७ फागुन, पोखराका गेमिङ पारखीलाई लक्षित गरी गेमिङ प्रतियोगिता आयोजना हुने भएको छ । आरओजी सटडाउन सेरिज नामक विशेष प्रतियोगिता पोखराको जेनेक्स प्लाजामा बिहीबार हुन लागेको हो । नागमणि प्रालि र आसुसको सहयोगमा हुन लागेको प्रतियोगितामा लोकप्रिय फुटबल भिडियो गेम इएएफसी २६ मा खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन् ।सहभागीबीच रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा गरिएको जेनेक्स अटोमेसनका सञ्चालक नवीन पौडेलले बताए । प्रतियोगितामा पहिलो बन्ने खेलाडीले २० हजार र दोस्रो हाँसिल गर्नेले १० हजार पाउने छन् । गेमिङ क्षेत्रमा… पुरा पढौ

कावासोतीमा विहिबारदेखि सुरु हुने राष्ट्रिय भलिवलमा गण्डकी सहित १० टिमको सहभागिता हुने

दीननाथ बराल, पोखरा, २७ फागुन नवलपुरको कावासोती–२ स्थित कुमारवर्ती बहुमुखी क्याम्पसको भलिवल कोर्टमा भोलि (विहिबार) देखि सुरु हुने दोस्रो आमन्त्रित ‘जि.एम. कप’ राष्ट्रिय भलिवल प्रतियोगितामा गण्डकी प्रदेश सहित १० टिमको सहभागिता हुने भएको छ । राष्ट्रिय खेल भलिवलको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा तीन विभागीय टोली र सातै प्रदेशका गरी १० टिमको सहभागिता रहने भएको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले बताउनु भयो । प्रतियोगितामा नेपाल पुलिस, एपीएफ र नेपाल आर्मीका विभागीय टोलीसँगै गण्डकी, कोशी,… पुरा पढौ

प्रधानमन्त्री कप प्रदेश स्तरिय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता विहिबारदेखि पोखरामा हुने

दीननाथ बराल, पोखरा, २६ फागुन, प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली छनोट गर्ने उद्देश्यले पिएम कप गण्डकी प्रदेशस्तरीय पुरुष एकदिवसीय क्रिकेट छनोट प्रतियोगिता बिहीबारदेखि पोखरामा सुरु हुने भएको छ । गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा हुने उक्त प्रतियोगिता फागुन २८ देखि चैत ३ गतेसम्म पोखरा रंगशाला क्रिकेट मैदान र लेखनाथस्थित इडन हेभेन क्रिकेट मैदानमा सञ्चालन हुने संघले पोखराक्लिकलाई जनाएको छ । प्रतियोगितामा कास्की, स्याङ्जा, बागलुङ, तनहुँ, नवलपुर र पर्वत गरी गण्डकी प्रदेशका ६ जिल्लाका टोली बीच… पुरा पढौ

कास्कीको रूपा गाउँपालिकामा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु, बुधबार कृषि जैविक प्रर्दशनी हुने

दीननाथ बराल, पोखरा, २६ फागुन, कास्कीको रूपा गाउँपालिकामा आज (मंगलबार) देखि खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । पालिकाको स्थापना दिवसको अवसरमा राष्ट्रिय खेल भलिबलको विकास तथा स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले रूपा गाउँपालिका–६ भिरचोक उक्त प्रतियोगिता सुरु भएको पालिकाले पोखराक्लिकलाई जनाएको छ । प्रतियोगिताको उद्घाटन गर्दै रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले प्रतियोगिताले स्थानीय स्तरमा खेल प्रतिभा पहिचान गर्न र राष्ट्रिय खेल भलिबलको विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले “रूपाको पहिचानः सबै क्षेत्रमा समृद्धिको अभियान” भन्ने… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधी

पोखरा , पोखरामा शनिबार सम्पन्न गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबलमा कास्कीले दोहोरो उपाधी जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कास्कीले बागलुङलाई २४–१५ गोलले पराजित गर्दै उपाधि जित्दा महिलातर्फ कास्कीले बागलुङलाई ९–६ ले फाइनल खेल जित्दै उपाधि जित्यो । त्यस्तै सम्पन्न प्रतियोगितामा पुरुषतर्फ तनहुँ र महिलातर्फ पर्वत जिल्ला बन्न सफल भए । प्रतियोगितामा ५ जिल्लाका महिला तथा पुरुष गरी ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा बिजेता टिम तथा… पुरा पढौ

चौथो हिसान गण्डकी फुटसल स् प्लस–२ तर्फ चिल्ड्रेन लाइफ र कलेजतर्फ इन्फरमेटिक्स च्याम्पियन

पोखरा , चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता २०८२ को उपाधि प्लस–२ तर्फ बागलुङको चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल तथा विश्वविद्यालय ९कलेज० तर्फ इन्फरमेटिक्स कलेजले च्याम्पियन भएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान० गण्डकीको आयोजनामा तथा सबिन मेमोरियल एफसीको व्यवस्थापनमा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा प्रतियोगिता सम्पन्न भएको हो । प्लस–२ तर्फको फाइनल खेलमा चिल्ड्रेन लाइफले पोखरा मासबारस्थित स्टेप वाई स्टेप स्कुललाई ३–१ गोलले पराजित गर्दै च्याम्पियन बन्यो । चिल्ड्रेन लाइफको जितमा आयुष पौडेलले दुई गोल तथा बरदान थापा… पुरा पढौ

चौथो हिसान फुटसल जारी, बाराही, चिल्ड्रेन, स्टेप बाई स्टेप र डायमण्ड सेकेन्डरी स्कूल अन्तिम चारमा

पोखरा, पोखरामा जारी चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता २०८२ अन्तर्गत सेमीफाइनल चरणको समिकरण पूरा भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) गण्डकीको आयोजना तथा सविन मेमोरियल क्लबको व्यवस्थापनमा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सञ्चालन भइरहेको प्रतियोगिताको दोस्रो दिन शनिबारका खेल सम्पन्न भएसँगै अन्तिम चार टोलीको टुंगो लागेको हो । सविन मेमोरियल क्लबका अध्यक्ष सञ्जय लिगलका अनुसार प्लस–२ तर्फ बाराही आवासीय माध्यमिक विद्यालय, चिल्ड्रेन लाइफ बोर्डिङ स्कूल, स्टेप बाई स्टेप सेकेन्डरी स्कूल तथा डायमण्ड सेकेन्डरी स्कूल सेमीफाइनलमा प्रवेश… पुरा पढौ

चौथो संस्करणको हिसान गण्डकी फुटसल प्रतियोगिता पोखरामा सुरु, उद्घाटन खेलमा स्टेप वाई स्टेपको विजयी सुरुवात

पोखरा चौथो संस्करणको हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सुरु भएको छ । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजना तथा सविन मेमोरियल क्लबको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताअन्तर्गत पहिलो दिन प्लस–२ तर्फका ८ खेल सम्पन्न भएका छन् । उद्घाटन खेलमा स्टेप बाई स्टेप सेकेन्डरी स्कूलले गुरुकुल विद्या सदनलाई ३–२ गोलले पराजित गर्दै विजयी सुरुआत गरेको छ । निर्धारित ३० मिनेटको खेलमा स्टेप बाई स्टेपले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो… पुरा पढौ