खेलकुद

मालेपाटनमा ‘३५ प्लस भेट्रान्स फुटबल’ जारी, शनिबार क्वाटरफाइनलका खेल

पोखरा, २७ चैत्र, गण्डकी स्पोर्टस् क्लबको आयोजनामा पोखरा ५ मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता प्रिक्वाटरफाइनलका खेल सकिएका छन् । मालेपाटन खेलमैदानमा आज ९शुक्रबार० भएको पहिलो खेलमा आयोजक टिम ‘ए’ र टाइटन भेट्रान्सलाई ३–० को गोल अन्तरले पराजित गर्यो । आयोजकको जीतमा गणेश कुँवर, अमृत आलेमगर र बासु जिसीले समान १र१ गोलको योगदान दिए । त्यस्तै दोस्रो खेलमा सबिन मेमोरिय एक्स एलजी एकतामाथी एनके एफसीले ३–० गोल अन्तरले सहज जीत निकाल्यो । एनकेको जीतमा… पुरा पढौ

चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्समा क्वाटर फाइनलका खेल सम्पन्न

पोखरा, पोखरा रंगशालामा जारी चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स फुटबल प्रतियोगितामा क्वाटर फाइनल अन्तर्गतका खेलहरु सम्पन्न भएका छन । क्वाटर फाइनल अन्तर्गतको पहिलो खेलमा बौद्ध भेट्रान्स र लेकसाइड भेट्रान्स बीचको खेल निर्धारित समयमा १–१ गोलको बराबरी हुँदा टाइब्रेकरमा २–१ गोल अन्तरले बौद्ध भेट्रान्सले लेकसाइडलाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो । उक्त खेलमा बौद्ध भेट्रान्सका रुपक बस्नेत म्यान अफ दी म्याच घोषित भए । दोस्रो क्वाटर फाइनलमा जोरपाटी भेट्रान्सले फ्रीडम फाइटर भेट्रान्सलाई १–० गोलले पाखा… पुरा पढौ

मालेपाटनमा ‘३५ प्लस भेट्रान्स फुटबल’ सुरु

पोखरा, २६ चैत्र, पोखरा महानगरपालिका ५ मालेपाटनमा पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । गण्डकी स्पोर्टस् क्लबको आयोजनामा आज ९बिहीबार० देखि पूर्व खेलाडीहरुको सद्भावना अभिवृद्धि गर्ने उद्देश्यसहित फुटबल प्रतियोगिता सुरु भएको हो । आगामी चैत्र २९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा सम्पदा अंकित स्पोट्स क्लबले आयोजक टिम ‘बि’ लाई ४–१ गोल अन्तरले पराजित गर्यो । सम्पदाको जीतमा बेद बहादुर थापाले २ गोलको योगदान दिए । यस्तै सुबिन श्रेष्ठ र नारायण गुरुङले… पुरा पढौ

पोखरा रात्रि सडक दौड प्रतियोगितालाई सफल पार्न प्रशासनले आवश्यक सुरक्षाको प्रबन्ध सहित समन्वय गर्ने

पोखरा, २६ चैत, कास्की प्रशासनले पोखरामा पहिलोपटक आयोजना हुन लागेको पोखरा रात्रिकालीन सडक दौड प्रतियोगितालाई सफल बनाउन आवश्यक सुरक्षा प्रबन्ध र समन्वयलाई प्राथमिकता दिने जनाएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले प्रतियोगितालाई व्यवस्थित, सुरक्षित र प्रभावकारी रूपमा सञ्चालन गर्न प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको विहिबार पोखरामा आयोजित छलफल कार्यक्रममा स्पष्ट पार्नुभएको हो । लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्टमा आयोजित सुरक्षा निकायको छलफलम बोल्दै बरालले निर्धारित समयमै प्रतियोगिता सञ्चालन गर्न आग्रह गर्दै सुरक्षा व्यवस्थापनमा कुनै कमी हुन नदिने बताउनुभयो।… पुरा पढौ

चौथो एबीसी राष्ट्रिय एट–ए–साइड ‘४५ प्लस’ भेट्रान्स फुटबल प्रतियोगिता सुरु

पोखरा, पोखरा रंगशालामा बुधवारदेखि चौथो एबीसी राष्ट्रिय एट–ए–साइड ‘४५ प्लस’ भेट्रान्स फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन दिनमै प्रतिस्पर्धा निकै रोमाञ्चक देखिएको छ । उद्घाटन खेलमा लेकसाइड भेट्रान्सले नवबुद्ध भेट्रान्सलाई २–० गोल अन्तरले पराजित गर्दै शानदार सुरुवात गरेको छ । लेकसाइडका लागि बादल लामा र पूर्ण बहादुर गुरुङले एक–एक गोल गरे । उत्कृष्ट प्रदर्शन गर्दै पूर्ण बहादुर गुरुङ म्यान अफ दि म्याच घोषित भए । दोस्रो खेलमा फ्रीडम फाइटर भेट्रान्सले अभिषेक चर्च ब्वाइज भेट्रान्सलाई १–० ले हरायो । तेज… पुरा पढौ

पिताम्बर एशियन युथ एण्ड स्कुल ह्याण्डबलको काउन्सिल सदस्यमा मनोनयन

नेपाल ह्यान्डबल संघका अध्यक्ष पिताम्बर तिम्सिना एशियन युथ एण्ड स्कुल ह्याण्डबलको काउन्सिल सदस्यमा मनोनयन भएका छन् । एशियाली ह्याण्डबल महासंघले उनलाई सन् २०२५ देखि २०२९ सम्मका लागि चार वर्षे कार्यकालका लागि नियुक्त गरेको जानकारी गराएको हो । महासंघका महासचिव मोहम्मद सफिक र प्राविधिक निर्देशक जसिम अल थायेबले हस्ताक्षर गरेको पत्रमार्फत तिम्सिनाको मनोनयनले एशियाली क्षेत्रका युवा तथा विद्यालयस्तरीय ह्यान्डबल खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । एशियन युथ एण्ड स्कुल ह्याण्डबल, एशियाली ह्याण्डबल महासंघको एक महत्वपूर्ण… पुरा पढौ

चौथो एबीसी राष्ट्रिय एट ए साईड फोर्टी फाइभ प्लस भेट्रान फुटवलमा १२ टीम सहभागी हुने

पोखरा, अमरसिंह ब्वाइज क्लबको आयोजनामा हुने चौथो एबीसी राष्ट्रिय एट ए साईड फोर्टी फाइभ प्लस भेट्रान्स फुटवल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आगामी चैत्रको २५ देखि २७ गते सम्म पोखराको रंगशालामा आयोजना हुने उक्त प्रतियोगितामा देशभरका १२ टीमको सहभागीता रहने क्लबका सचिव बिजय घिमिरेले जानकारी दिए । सार्वजनिक खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेल चैत २५ गते बिहान ८ बजे बौद्ध भेट्रान्स र लेकसाइड भेट्रान्सबीच हुनेछ । सोही दिन दोस्रो खेल ए.बी.सी. भेट्रान्स र सानेपा भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ… पुरा पढौ

पोखरामा पहिलो पटक महिला गोल्डकप आयोजना हुने

पोखरा चैत्र २३, पोखरामा पहिलो पटक महिला गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। महिला फुटबल प्रतियोगिताको अभाव खेप्दै आएको पोखरामा अब भने यस्तो प्रतियोगिता सञ्चालन हुने निश्चित भएको हो। महिला फुटबलको व्यावसायिक विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आरएस पोखरा फुटबल क्लबको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो। प्रतियोगिताको तयारी तीव्र पारिएको छ भने आगामी वैशाख दोस्रो सातादेखि सञ्चालन गर्ने तयारी भइरहेको जानकारी सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले दिएको छ। कार्यक्रममा पोखरा महानगरपालिका–२५, हेम्जाका वडा अध्यक्ष तथा महानगरका प्रवक्ता… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्ड २०८२ः पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

पोखरा, दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार एक कार्यक्रमको आयोजना गरेर यो विधामा मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको हो । यसरी मनोनयनमा पर्नेमा फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी, क्रिकेटका विपिन खत्री र मुवाथाई÷आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मनोनयनमा परेका छन् । वर्षभरीको प्रदर्शनका आधारमा चयन गरिएका यी पाँच खेलाडीहरूबीच ‘पिपल्स च्वाइस अवार्ड’ का लागि प्रतिस्पर्धा हुने नेपाल… पुरा पढौ

भव्य तयारीसहित ‘पोखरा स्पोर्टस अवार्ड’ ः समावेशी र प्रतिस्पर्धात्मक बनाउने लक्ष्य

पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने ‘पोखरा स्पोर्टस अवार्ड’लाई भव्य, सभ्य र थप प्रभावकारी बनाउने उद्देश्यसहित कास्की जिल्ला तथा गण्डकी प्रदेशका विभिन्न खेल संघसंग छलफल गरेको छ । आगामी बैशाख १८ गते पोखरामा हुने दशौं संस्करणको पोखरा स्पोर्टस अवार्डलाई खेलाडीमैत्री, पारदर्शी र समावेशी बनाउने लक्ष्यसहित सुझाव संकलन गर्न मञ्चका कार्यवाहक अध्यक्ष राजाराम पौडेलको अध्यक्षतामा छलफल तथा अन्तरक्रिया आयोजना गरिएको होे । पौडेलले खेल क्षेत्रको वास्तविक अवस्था बुझ्दै अवार्डलाई अझ व्यवस्थित बनाइने स्पष्ट पारे । छलफलमा सहभागी संघका प्रतिनिधिहरूले… पुरा पढौ