
पोखरा, ३ असार,
नेपाल परिवार नियोजन संघ कास्कीले शुरु गरेको यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान अन्तिम चरणमा पुगेको छ । कास्कीका २४ वटा विद्यालय तथा कलेजमा संचालन गर्ने लक्ष्य सहित भदौ १७ गतेदेखि अभियान सुरु गरिएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिनुभयो ।
अभियान बुधबार पोखरा महानगरपालिका वडा नं १२ मा रहेको शीलतादेवी सामुदायिक विद्यालयमा संचालन गरिएको छ । पोखरा महानगरपालिका वडा नं १२ कार्यालयको सहयोगमा सो विद्यालयमा अभियान संचालन गरिएको हो । सो कार्यक्रम अभियानको २० र्औं श्रृङ्खला हो । पोखरा महानगरपालिका वडा नं १२ की वडा सदस्य शान्ति कोइरालाले कार्यक्रम शुभारम्भ गर्नुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारीले बोल्नुभएको थियो ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका वरिष्ठ शाखा प्रवन्धक नव राज तिवारी, स्टार्फ नर्स अन्जना भण्डारी र कर्मचारी सुरज चौधरीले सहजिकरण गर्नुभएको थियो । नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम वरिष्ठ शाखा प्रवन्धक नव राज तिवारीले संचालन गर्नुभएको थियो ।






