समाज

लेखनाथ महोत्सव शुरु,आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण हुने ः मुख्यमन्त्री पाण्डे

लेखनाथ, ५ पुस ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ लेखनाथमा विहिबारबाट १९औं संस्करणको लेखनाथ महोत्सव शुरु भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवको एक समारोहका विच उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण रहने बताए । मुख्यमन्त्री पाण्डेले कृषि उत्पादनमा अनुदान दिने प्रदेश सरकारको योजनामा सहभागी हुन अनुरोध गर्दै युवाहरू रहर या बाध्यताले विदेश जानुपरेको र पहाडी क्षेत्रका… पुरा पढौ

पोखराको काहूँमा अन्तर्राष्ट्रिय योग महोत्सव सम्पन्न

पोखरा ५, पुष जर्मनीबाट आएकी तारा उब्बेनाले आफ्ना प्रेमीका साथ तीन दिनसम्म योगाका सम्पूर्ण सेशन पूरा गरिन् । नेपाली बाबु र जर्मन आमाका सन्तान उनी पोखरामा जर्मन प्रेमीका साथ रमिइरहेकी छन् । यही बेला यहाँको रमणीय डाँडा काहूँमा पोखरामै पहिलोपटक ‘स्पीरिट नेपाल ईन्टरनेशनल योगा फेस्टिवल’ आयोजना भयो । उनले यसबारे थाहा पाइन् र प्रेमीसहित सहभागी भइन् । जेन योग प्रशिक्षक हुन् । भारतीय नागरिक उनी काठमाण्डौमा ४ वर्षदेखि प्रशिक्षण दिँदै आएकी छन् । योगा फेस्टिवलमा उनी पनि मेन्टर्सका सूचीमा समावेश… पुरा पढौ

पोखरामा पहिलो पटक बोल्डर ब्लाष्ट सिरिज प्रतियोगिता

दीननाथ बराल पोखरा ५, पुष खेलकुदको शहर पोखरामा पहिलो पटक बोल्डर ब्लाष्ट सिरिज प्रतियोगिता भएको छ । पोखराको लेकसाइड स्थित खहरेमा रहेको वेष्ट इन्डोर स्पोटर्स हबले गण्डकी प्रदेश क्लाईम्बिङ स्पोट्र्स एसोसियसनको समन्वयमा उक्त प्रतियोगिता आयोजना भएको हो । साहासिक खेल पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले आयोजना भएको उक्त प्रतियोगितामा ३ महिला सहित १७ जना विभिन्न ४ देशका खेलाडीहरुले सहभागिता जनाएको विस स्पोटर्स इन्डोर हबका प्रबन्ध निर्देशक सिद्धार्थ केसीले एटुजेडलाई बताउनु भयो । प्रतियोगितामा नेपाल सहित अमेरीका, अष्ट्रेलिया र सुजरल्याण्डका खेलाडीहरुले सहभागि… पुरा पढौ

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई टुडेज् मिनरलले खानेपानी प्रायोजन गर्ने

पोखरा ५, पुष सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि सिएम एक्वा वेभरेजको उत्पादित खानेपानी टुडेज स्प्रीङ वाटरले खानेपानी प्रायोजन गर्ने भएको छ । आगामी फागुन ५ गते शनिबार पोखरामा हुने अन्तर्राष्ट्रिय म्याराथनका लागि आवश्यक खानेपानी प्रायोजन गर्ने बिहिबार दुई पक्षबीच सम्झौता भएको हो । सिएम एक्वा वेभरेज र नेपाल भूतपूर्व खेलाडी मञ्चबीच मुख्य खानेपानी प्रायोजनका लागि सम्झौता भएको हो । सिएम एक्वाको तर्फबाट कार्यकारी निर्देशक कपिल किरण श्रेष्ठ र मञ्चकोतर्फबाट अध्यक्ष हरि प्रसाद पराजुली तथा रुटमा पानी व्यवस्थापन उपसमिति संयोजक जुम… पुरा पढौ

मुवाँथाई च्याम्पियनसिपको तयारी तिव्र

पोखरा ५, पुष पोखरामा आगामी पुस ९ गते हुने राष्ट्रियस्तरको मुवाँथाई च्याम्पियनसिपका लागि तयारी तिब्र पारिएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा हुन लागेको प्रतियोगिताको आवश्यक तयारी तिव्र पारिएको हो । पोखरा ६ लेकसाइड बाराहीचोक स्थित मैदानमा हुने प्रतियोगिताका लागि पुर्वाधार तयारीको काम चलिरहेको प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए । ‘अहिले तयारी चलिरहेको छ । करिब ६० प्रतिशतभन्दा बढी काम सकिएका छन्’ उनले भने । मार्सलआर्ट अन्तरगतको मुवाँथाई व्यवसायीक फाइट हो । उक्त… पुरा पढौ

पोखरा एन्ड्युरो रेस अब हरेक वर्ष पोखरा १३ मा गर्ने सम्झौता

पोखरा ५, पुष पोखरा एन्डयुरो रेस अब हरेक वर्ष पोखरा १३ मा गर्ने सम्झौता भएको छ । पोखरा एन्ड्युरो र पोखरा महानगरपालिका वडा नं. १३ बीच यस्तो सम्झौता भएको हो । हालसालै सम्पन्न भएको एन्डयुरो अन्तर्राष्ट्रिय साइकल रेसको सफलता पश्चात अब हरेक वर्ष पोखरा १३ मा नै उक्त प्रतियोगिा आयोजना गर्ने गरी सम्झौता भएको वडाध्यक्ष किरण बरालले जानकारी गराए । खेल मार्फत पोखरा १३ को पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिने समेत उनले उल्लेख गरे । वडाबासीलाई… पुरा पढौ

फुटवयर जोनले शुरू गर्यो जुत्ता ‘एक्सचेन्ज अफर’

पोखरा, ५ पुस नेपालका बिभिन्न जुत्ता तथा चप्पल उत्पादक कम्पनीहरुले पोखराको सिद्धार्थचोकमा संयुक्त आउटलेट शोरुम सञ्चालनमा ल्याएका छन् । हालै सञ्चालनमा आएको ‘फुटवयर जोन’ सिद्धार्थचोकमा कम्पनीहरुले ‘फुटवयर जोन एक्स्चेन्ज अफर’ समेत सार्वजनिक गरेका छन् । पुस २ गतेदेखि लागु भएको यो अफर पोखराको लागि अत्यन्त नयाँ रहेको सञ्चालक रामकृष्ण प्रसाईंले बताएका छन । अफर अन्तर्गत कुनैपनि लेडिज जुत्ता चप्पल १ हजारसम्मको किनमेल गर्दा १० प्रतिशत छुट प्रदान हुनेछ । कुनैपनि पुरानो लेडिज जुत्ता चप्पल ल्याई १ हजारदेखि माथिको लेडिज जुत्ता… पुरा पढौ

अग्रज तीन पत्रकार एक लाख सहित पुरस्कृत, पत्रकारीता रचनात्मक तर्फ उन्मुख भएको छः पूर्व प्रधानमन्त्री देउवा

पोखरा, ४ पुस नेपाल पत्रकार महासंघ पूर्व अध्यक्ष डा.सुरेश आचार्य र पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष माधव शर्मा र पूर्व अध्यक्ष कृष्ण बास्तोला पोखरामा पुरस्कृति हुनु भएको छ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पुरस्कृत पत्रकारलाई नगद सहित ताम्रपत्र र दोसल्लाह ओढाई बुधबार पोखरामा आयोजित समारोहमा उक्त पुरस्कार अर्पण गर्नु भएको हो । नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गर्दै आएको उक्त पुरस्कारको राषि जनही १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ । पूर्व सांसद, पोखराका उद्योगपति एवं समाजसेवी… पुरा पढौ

लुम्बिनीमा पर्यटकको चहलपहल

लुम्बिनी, ४ पुष भगवान गौतमबुद्धको जन्मस्थान लुम्बिनीमा पर्यटकको हिजोआज निकै भिडभाड भएको छ । बुधबार विहानै लुम्बिनी क्षेत्रमा देखिएका स्वदेशी तथा विदेशी पर्यटकको केही झलकहरु । तष्विरः दीननाथ बराल पुरा पढौ

पोखरामा अभद्र व्यवहार गर्ने तथा पर्यटकलाई नशालु पदार्थ सेवन गराउन खोज्ने दश जना पक्राउ

दीननाथ बराल पोखरा ४, पुष पोखरामा अभद्र व्यवहार गर्ने तथा पर्यटकलाई नशालु पदार्थ सेवन गराउन खोज्ने दश जना पक्राउ परेका छन्। पोखरा ६ लेकसाईडमा बिदेशी तथा स्वदेशी पर्यटकहरुलाई बाटोमा नशालु पदार्थ सेवन गर्नको लागी दवाव दिने यदि नमानेमा बाटोमा हिड्ने पर्यटक तथा मानिसहरुलाई हैरानी गरी आतङ्कित पारेको भन्ने गोप्य सूचनाको आधारमा र केहीले स्थानिय एवं प्रहरी माथि अभद्र व्यवहार गरेका दश जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार बि.क.ले बताउनु भयो । उहाँका अनुसार वडा प्रहरी कार्यालय वैदाम… पुरा पढौ

This will close in 20 seconds