दीननाथ बराल
पोखरा ५, पुष
खेलकुदको शहर पोखरामा पहिलो पटक बोल्डर ब्लाष्ट सिरिज प्रतियोगिता भएको छ । पोखराको लेकसाइड स्थित खहरेमा रहेको वेष्ट इन्डोर स्पोटर्स हबले गण्डकी प्रदेश क्लाईम्बिङ स्पोट्र्स एसोसियसनको समन्वयमा उक्त प्रतियोगिता आयोजना भएको हो ।
साहासिक खेल पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले आयोजना भएको उक्त प्रतियोगितामा ३ महिला सहित १७ जना विभिन्न ४ देशका खेलाडीहरुले सहभागिता जनाएको विस स्पोटर्स इन्डोर हबका प्रबन्ध निर्देशक सिद्धार्थ केसीले एटुजेडलाई बताउनु भयो । प्रतियोगितामा नेपाल सहित अमेरीका, अष्ट्रेलिया र सुजरल्याण्डका खेलाडीहरुले सहभागि भएको उहाँले बताउनु भयो ।
१६ फिटको उचाईमा खेलाडीहरुले विना डोरीको सहायतामा बोल्डरिङ तथा वाल क्लाइम्बिङ गर्नु भएको हो । उक्त प्रतियोगिता पोखरामा पहिलो पटक भएको नेपाल आरोहण खेलकुद संघ गण्डकी प्रदेशका अध्यक्ष शेसकान्त शर्माले एटुजेडलाइ बताउनु भयो । पोखरा क्षेत्रमा यस खेलको अथाह सम्भावना भएको संघका सचिव मनसान्त शर्माले दाबी गर्नु भयो । पोखरामा आयोजना गरिएको उक्त प्रतियोगिता अवलोकन गर्न दर्शकहरुले निकै उत्साहजनक रुपमा सहभागिता जनाएको आयोजकले जनाएको छ ।