फुटवयर जोनले शुरू गर्यो जुत्ता ‘एक्सचेन्ज अफर’

-


     पोखरा क्लिक     
     पौष ५ गते २०८० मा प्रकाशित


पोखरा, ५ पुस

नेपालका बिभिन्न जुत्ता तथा चप्पल उत्पादक कम्पनीहरुले पोखराको सिद्धार्थचोकमा संयुक्त आउटलेट शोरुम सञ्चालनमा ल्याएका छन् । हालै सञ्चालनमा आएको ‘फुटवयर जोन’ सिद्धार्थचोकमा कम्पनीहरुले ‘फुटवयर जोन एक्स्चेन्ज अफर’ समेत सार्वजनिक गरेका छन् ।

पुस २ गतेदेखि लागु भएको यो अफर पोखराको लागि अत्यन्त नयाँ रहेको सञ्चालक रामकृष्ण प्रसाईंले बताएका छन । अफर अन्तर्गत कुनैपनि लेडिज जुत्ता चप्पल १ हजारसम्मको किनमेल गर्दा १० प्रतिशत छुट प्रदान हुनेछ ।

कुनैपनि पुरानो लेडिज जुत्ता चप्पल ल्याई १ हजारदेखि माथिको लेडिज जुत्ता चप्पल खरिद गर्दा पुरानो जुत्ताको ३ सय रुपैयाँ मूल्यांकन गरि नयाँ जुत्ताको रकमबाट घटाइने बताइएको छ ।

कुनैपनि जेन्स जुत्ताको खरिद गर्दा १५ सयसम्मको किनमेल गर्दा १० प्रतिशत छुट प्रदान हुनेछ । कुनैपनि जेन्स जुत्ता चप्पलको १५ सय भन्दा माथिको किनमेल गर्दा पुरानो जुत्ता ल्याइ साटेमा पुरानो जुत्ताको मूल्य ५ सय रुपैयाँ मूल्यांकन गरि नयाँ जुत्ता किन्दा घटाइने छ र थप १० प्रतिशत नगद छुट पनि प्रदान गरिने बताइएको छ । यो अफर एकजोर नयाँ जुत्ता किन्दा एक जोर पुरानो जुत्ताको मात्र मुल्यांकन गरिने प्रसाईंले जानकारी दिए ।

यस आउटलेटमा नेपालमै उत्पादित १० कम्पनीका ३० ब्राण्डका ३ हजार भन्दा धेरै मोडलमा लेडिज, जेन्स बच्चा सबै उमेर र वर्गलाई आवश्यक जुत्ता चप्पल एउटै छानामुनी उपलब्ध रहेको प्रसाईंले बताएका छन् ।

यो फ्याट्री आउटलेट संचालन भएपछि उपभोक्तालाई अत्यन्त सुलभ मूल्यमा गुणस्तरीय जुत्ता चप्पलहरु एउटै छानामुनि उपलब्ध भइरहेको र यो ‘एक्स्चेन्ज अफरबाट धेरै ग्राहक लाभान्वित हुने कंपनीका अर्का संचालक सबिन कार्कीले बताए । यस अफरका कारण घरमा फाल्ने तयारीमा रहेका पुराना जुत्ता चप्पलले पनि मूल्य पाउनेमा संचालक कार्की बिश्वस्त छन ।

यस जुत्ता एक्सचेन्ज अफर अन्तरगत १,००० सम्मको कुनैपनि लेडिज जुत्ता चप्पल खरिद गर्दा १० प्रतिशत छुट प्रदान गरिनेछ । कुनैपनि पुरानो लेडिज जुत्ता चप्पल ल्याई रु। १,००० देखि माथिको लेडिज जुत्ता चप्पल खरिद गर्दा पुरानो जुत्ताको रु। ३०० मूल्याङ्कन गरि नयाँ जुत्ताको रकमबाट घटाइनेछ ।

कुनै पनि जेन्स जुत्ताको खरिद गर्दा १,५०० सम्मको किनमेल गर्दा १०५ छुट प्रदान गरिनेछ । कुनैपनि जेन्स जुत्ता चप्पलको रु। १,५०० भन्दा माथिको किनमेल गर्दा पुरानो जुत्ता ल्याइ साटेमा पुरानो जुत्ताको मूल्य ५०० मूल्याङ्कन गरि नयाँ जुत्ता किन्दा घटाइने छ र थप १०५ नगद छुट पनि प्रदान गरिने बताइएको छ ।

यो अफर एकजोर नयाँ जुत्ता किन्दा एक जोर पुरानो जुत्ताको मात्र मुल्याङ्कन गरिनेछ । नयाँ जुत्ता किनेमा पुरानो जुत्ताको मूल्याङ्गकन गरिनेछ । यो योजना २ण८० पौष महिनाभरि सिद्धार्थचोकको फ्याट्री आउटलेटमा मात्र लागु हुने सञ्चालक रामकृष्ण प्रसाईंले बताएका छ ।