अग्रज तीन पत्रकार एक लाख सहित पुरस्कृत, पत्रकारीता रचनात्मक तर्फ उन्मुख भएको छः पूर्व प्रधानमन्त्री देउवा

-


     पोखरा क्लिक     
     पौष ४ गते २०८० मा प्रकाशित


पोखरा, ४ पुस

नेपाल पत्रकार महासंघ पूर्व अध्यक्ष डा.सुरेश आचार्य र पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष माधव शर्मा र पूर्व अध्यक्ष कृष्ण बास्तोला पोखरामा पुरस्कृति हुनु भएको छ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पुरस्कृत पत्रकारलाई नगद सहित ताम्रपत्र र दोसल्लाह ओढाई बुधबार पोखरामा आयोजित समारोहमा उक्त पुरस्कार अर्पण गर्नु भएको हो ।

नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गर्दै आएको उक्त पुरस्कारको राषि जनही १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ ।
पूर्व सांसद, पोखराका उद्योगपति एवं समाजसेवी सूर्यबहादुर केसीको परिवारजनले स्थापना गरेको सूर्यप्रेम बद्देश्यीय समाजसेवा ट्रस्टद्वारा कीर्ति स्मृति पत्रकारिता वृत्ति प्रदान गर्दै आउनु भएको छ । २०७३ सालदेखि वितरण सुरु उक्त सम्मान कोरोनाका कारण ३ वर्षदेखि रोकिएकोमा यसपालि क्रमशः वर्ष २०७७ का लागि डा। आचार्य, वर्ष २०७८ का लागि शर्मा र वर्ष २०७९ का लागि बास्तोलालाई प्रदान गरिएको संघ कास्कीका अध्यक्ष विमला भण्डारीले बताउनु भयो ।

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पत्रकारहरुलाई नकरात्मक भन्दा सकरात्मक ढंगले समाचार प्रकाश तथा प्रसारण गर्न आग्रह गर्नु भयो । पछिल्लो समयमा नेपालको पत्रकारिता सकरात्मक सुधारको बाटो तर्फ लागेको उहाँको भनाई थियो । पुर्व प्रधानमन्त्री देउवाले सञ्चार माध्यमलाई ब्याड न्युज इज गुड् न्युज हो तर पनि त्यसलाई छाडेर रचनात्मक हुन आग्रह गर्नु भयो । देश र जनताको लागि पत्रकारिताको भूमिका भने महत्पूर्ण हुने उहाँले बताउनु भयो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफुहरुले पत्रकारितालाई बचाउनु पर्छ भन्ने मान्यताले गर्दा अघिल्लो बर्षको तmुनामा यस बर्ष लोककल्याणकारी विज्ञापनमा दोब्बरले बृद्धि गरेको दाबी गर्नु भयो ।
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले आफुहरुले कास्की सहित प्रदेशका पत्रकारहरुको लागि स्वास्थ्य बिमा कार्यक्रम ल्याएको दाबी गर्दै समाजमा सकरात्मक सन्देस प्रवाह हुने गरी समाचार संकलन गर्न उहाँले आग्रह गर्नु भयो । पुरस्कार स्थापना गर्ने ट्रष्टका तर्फबाट केसी ग्रुपका निर्देशक युवा व्यवायी किरण केसीले बाबुको पाला देखि सुरु भएको उक्त पुरस्कारलाई हरेक बर्षमा उक्त पुरस्कार अर्पण गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा नेपाल प्रेस युनियन अध्यक्ष शिव लम्साल, प्रतिभा छनोट समितिका संयोजकहरु पुण्य पौडेल र ब्रदीविनोद प्रतीक, महासंघ कास्की उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, सचिव माधव बराल लगायतले पत्रकारको बिषयमा चर्चा गर्नु भएको थियो ।



This will close in 20 seconds