समाज

पुम्दीभुम्दीमा स्रस्ठा सम्मान कार्यक्रम सम्पन्न

पोखरा १, पुष स्रष्टा समाज पुम्दी भुम्दीको नियमित सृजना वाचन तथा श्रवण कार्यक्रम चौधौ शृंखला एवं कवि नन्दलाल बरालको एकल कविता वाचन कार्यक्रम हालै पुम्दीकोट बिशाल महादेब मुर्ती परिसरमा सम्पन्न भएको छ । स्रष्टा समाजका अध्यक्ष साहित्यकार गोबिन्द प्रसाद बरालको अध्यक्षतामा पुम्दीकोट कोट बिकास समिति सचिव समाजसेवी ब्यक्तित्व नरहरी बरालको प्रमुख आतिथ्यतामा बिशिष्ट अतिथि कास्की जिल्ला समन्वय अधिकारी साहित्यकार नवराज बराल ‘निशान्त’ पृथ्वी नारायण क्याम्पस राजनितीसास्त्र बिभागका सह प्रध्यापक, पुस्तकका लेखक राजनितीशास्त्री भिमनाथ बराल , पुम्दीकोट भजन समुहका अध्यक्ष जिवनाथ… पुरा पढौ

बाह्रौँ पोखरा महोत्सवको मुख्य प्रायोजकमा बेटर

पोखरा १, पुष बाह्रौँ संस्करणको पोखरा महोत्सवलाई रबि एण्ड सन्नी इन्डष्टीज प्रा.लि.को उत्पादन बेटरले साथ दिने भएको छ । आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने बाह्रौँँ संस्करणको पोखरा महोत्सवलाई पोखराको नयाँबजारमा कर्पोरेट अफिस रहेको रबि एण्ड सन्नी इन्डष्टीज प्रा.लि.को बेटरले मुख्य प्रायोजकमा रही साथ दिने भएको हो । महोत्सव आयोजक युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठ र रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा.लि.का अपरेटिङ अफिसर सन्नी रौनियारबीच मुख्य प्रायोजकको सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्कालाई… पुरा पढौ

नेपालगञ्जमा जाउँ है पोखरा अभियान, नेपालगञ्ज–पोखरा दैनिक हवाइ उडान सहित स्तरीय बस सेवा संचालन गर्न जोड

दीननाथ बराल नेपालगञ्ज १, पुष होटल संघ पोखरा नेपाल र नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयको संयुक्त आयोजनामा पश्चिम तर्फ सुरु गरिएको जाउँ है पोखरा अभियान अन्र्तगत आइतबार नेपालगञ्जका पर्यटन व्यावसायीहरुसंग छलफल भएको छ । । वर्दिया राष्ट्रिय निकुञ्ज लगायत नेपालगञ्ज वरपरका पर्यटकीय स्थलको बारेमा पोखरामा पनि जानकारी दिने व्यवस्था मिलाउनुपर्नेमा नेपालगञ्जका पर्यटन व्यवसायीले उक्त कार्यक्रममा माग गर्नु भएको छ । साथै नेपालगञ्ज पोखरा सिधा हवाई उडानलाई दैनिक उडान गर्न व्यवसायीहरुले माग गर्नु भएको छ । सो क्षेत्रमा हाल हप्तामा… पुरा पढौ

काहूँबाट हिमाल हेर्दै ३ दिनसम्म योग पोखरामा पहिलोपटक ‘इन्टरनेशनल योगा फेस्टिवल’ १० भन्दा बढी देशका तीन दर्जन सहभागी हुँदै पोखरा १, पुष पोखरामा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको योगा फेस्टिवल हुने भएको छ । सोमबारदेखि यहाँको मनोरम स्थल काहूँडाँडामा तीन दिनसम्म योगा फेस्टिवल हुन लागेको हो । योग कनेक्शनको आयोजनामा हुने यस फेस्टिवलको इभेन्ट म्यानेज प्रचार र स्पेक्स फोर्टिनले गरेको हो । नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र पोखरा वडा नं. ११ को सहयोग रहेको छ । पुस ४ गतेसम्म चल्ने फेस्टिवलमा… पुरा पढौ

पोखरा १३ मा दन्त शिविर

पोखरा १, पुष पोखरा १३ मा दन्त शिविरको आयोजना गरिएको छ । आइतबार वडाकार्यालयको प्राङगणमा गरिएको शिविरमा १५१ जनाले दन्त परिक्षण गरेको वडाध्यक्ष किरण बरालले जानकारी गराए । नागरिक डेन्टल क्लिनिक पोखरा ९ को प्राविधिक सहयोगमा उक्त शिविर भएको हो । दाँत निकाल्ने र औषधि वितरण देखि सम्पूर्ण सेवा वडा नागरिकका लागि वडाकार्यालयले उपलब्ध गराएको थियो । पोखरा १३ ले यसअघि पनि विभिन्न स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरिसकेको छ । पुरा पढौ

सहारा यूके अध्यक्षमा कृष्ण गुरुङ

पोखरा १, पुष सहारा यूकेको अध्यक्षमा कृष्ण गुरुङ चयन भएका छन् । शनिबार युकेमा आयोजित संस्थाको १५ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट उनको नेतृत्वमा नयाँ कार्यसमिति छनोट भएको हो । कार्यसमिति उपाध्यक्षमा शारदा गुरुङ, महासचिवमा क्याप्टेन पिताम्बर गुरुङ, सचिव मञ्जु गुरुङ राई, कोषाध्यक्ष कुमार थापा र सहकोषाध्यक्षमा जगन (ज्याक) गुरुङ चयन भए । सीईओमा मेग गुरुङ, खेलकुद सचिवमा शमशेर गुरुङ, युवा खेलकुद संयोजकमा सन्दीप उपाध्याय चयन भएको निर्वाचन समितिले जनाएको छ । कार्यसमिति सदस्यमा मनोज गुरुङ, मिलन तमु गुरुङ,… पुरा पढौ

जेपी क्रस अन्तर विद्यालय छात्र–छात्रा बास्केटबल फाइनल भोली

पोखरा १, पुष १८ औं जेपी क्रस विद्यालयस्तरिय छात्र–छात्रा बास्केटबल पोखरामा जारी रहेको छ । कास्की जिल्ला बास्केटबल संघको आयोजनामा जारी प्रतियोगिताको तेश्रो दिन अन्तिम चारको टुङ्गो लागेको छ । लिग कम नक आउटका आधारमा सञ्चालन भएको प्रतियोगितामा छात्रातर्फ फिस्टेल, न्यू ग्यालेक्सी, बालकल्याण, अल्फा सेमीफाइनलमा प्रवेश गरेका छन् भने छात्रतर्फ स्पाइरल ग्यालेक्सी र अल्फाले अन्तिम चारमा स्थान बनाएका छन् । आइतबार छात्रातर्फको खेलमा बाल कल्याणले एलएलाई १७–० ले, फिसटेलले गण्डकी बोर्डिङलाई १७–८ ले, न्यू ग्यालेक्सीले ग्लोबललाई ८–३ ले स्कोरले पराजित… पुरा पढौ

विद्यार्थीलाई न्यानो कपडा

पोखरा, १ पुस एक्मी एजुकेसन एण्ड ट्रेनिङ इन्टिच्युट, चिप्लेढुुङ्गा पोखराले तनहुँको व्यास नगरपालिका वडा नं ८ बाहुनपोखरास्थित सहजीवन प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । इन्टिच्युटले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयका छात्रछात्रालाई स्वेटर, टोपी लगायतका समाग्री हस्तान्तरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिका वडा नं ८ का वडा अध्यक्ष युवराज गुरुङले ग्रामिण भेगको विद्यालयमा आएर सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । यस किसिमको सहयोगले विद्यार्थीलाई अध्ययनका लागि थप प्रोत्साहित गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । इन्ष्टिच्युटका अध्यक्ष… पुरा पढौ

र्‍यान्डममा ‘गोधूलि गीत’को चर्चा

पोखरा, पुष १ साहित्यकार तथा पत्रकार भानु बोखिमको उपन्यास ‘गोधूलि गीत’ माथि शनिवार पोखरामा चर्चा गरिएको छ । र्‍यान्डम रिडर्स सोसाइटीको मासिक कार्यक्रमअन्तर्गत १०२ औँ शृङ्खलामा कृतिको परिचर्चा गर्दै पत्रकार तथा साहित्यकार विकास रोका मगरले नेपालमा भएको दसबर्से जनयुद्धको गतिलो दस्तावेज समेटिएको कृतिका रूपमा ‘गोधूलि गीत’ आएको बताए । “पूर्व ताप्लेजुङका भानु बोखिमले पश्चिम रोल्पा, अझ त्यसमा पनि जनयुद्धको पेरिफेरिको कथा लेख्नु नै स्वागतयोग्य एउटा दुस्साहस गरेका हुन् भन्ने लाग्छ ।” विकासले भने, “अवश्य पनि गोधूलि गीत जनयुद्धको कथा हो,… पुरा पढौ

स्याङखुदिको विकासमा नमुना संस्था बनाउन अध्यक्ष लामिछानेको आग्रह

पोखरा १, पुष स्याङखुदि टोल बिकास समिति हालै गठन भएको छ । भोजराज भुर्तेलको अध्यक्षतामा सदस्य समिति गठन भएको हो । अध्यक्ष भुर्तेलले स्याङखुदिको विकासको लागि सरोकार निकायवालासंग सहकार्य र समन्वय गरी अघि बढ्ने बताउनु भएको छ । त्यसै गरी उपाध्यक्षमा हरि बास्तोला,सचिबमा प्रकाश भुजेल कोषाध्यक्ष जानुका कंडेल, सह सचिबमा शान्ति बुढाथोकी र सदस्यहरुमा रण बहादुर शाहि, सिद्धान्त पुस्पराज कंडेल, सोमलाल बास्तोला, सीता बास्तोल, शारदा बास्तोला, बबिता परियार रहनु भएको छ । कार्यक्रमका प्रमुख अथिति पोखरा २८ का अध्यक्ष कृष्ण… पुरा पढौ

This will close in 20 seconds