स्याङखुदिको विकासमा नमुना संस्था बनाउन अध्यक्ष लामिछानेको आग्रह

-


     पोखरा क्लिक     
     पौष १ गते २०८० मा प्रकाशित


पोखरा १, पुष

स्याङखुदि टोल बिकास समिति हालै गठन भएको छ । भोजराज भुर्तेलको अध्यक्षतामा सदस्य समिति गठन भएको हो । अध्यक्ष भुर्तेलले स्याङखुदिको विकासको लागि सरोकार निकायवालासंग सहकार्य र समन्वय गरी अघि बढ्ने बताउनु भएको छ ।

त्यसै गरी उपाध्यक्षमा हरि बास्तोला,सचिबमा प्रकाश भुजेल कोषाध्यक्ष जानुका कंडेल, सह सचिबमा शान्ति बुढाथोकी र सदस्यहरुमा रण बहादुर शाहि, सिद्धान्त पुस्पराज कंडेल, सोमलाल बास्तोला, सीता बास्तोल, शारदा बास्तोला, बबिता परियार रहनु भएको छ ।

कार्यक्रमका प्रमुख अथिति पोखरा २८ का अध्यक्ष कृष्ण लामिछानेले स्याङखुदि टोल बिकास संस्था वडा नं २८ मा नै नमुना संस्था को रुपमा अघि बढ्ने बिस्वास ब्यक्त गर्नु भयो । उक्त क्षेत्रमा आर्थिक राजनैतिक सामाजिक काममा संस्थाले काम गर्ने उहाँले बताउनु भयो । उक्त कार्यक्रम कालिदास भुर्तेलको अध्यक्षतामा सम्पन्न भएको सिद्धान्त शाहिले बताउनु भयो । त्यसै गरी संस्थाको सल्लहाकार समेत चयन गरेको छ । सल्लाहकारहरुमा कालिदास भुर्तेल, टिकाराम लामिछाने, नारायण लामिछाने, चन्द कान्त तिवारि, कलावति भुर्तेल रहनु भएको छ।