पोखराको काहूँमा अन्तर्राष्ट्रिय योग महोत्सव सम्पन्न

-


     पोखरा क्लिक     
     पौष ५ गते २०८० मा प्रकाशित


पोखरा ५, पुष

जर्मनीबाट आएकी तारा उब्बेनाले आफ्ना प्रेमीका साथ तीन दिनसम्म योगाका सम्पूर्ण सेशन पूरा गरिन् । नेपाली बाबु र जर्मन आमाका सन्तान उनी पोखरामा जर्मन प्रेमीका साथ रमिइरहेकी छन् । यही बेला यहाँको रमणीय डाँडा काहूँमा पोखरामै पहिलोपटक ‘स्पीरिट नेपाल ईन्टरनेशनल योगा फेस्टिवल’ आयोजना भयो । उनले यसबारे थाहा पाइन् र प्रेमीसहित सहभागी भइन् ।

जेन योग प्रशिक्षक हुन् । भारतीय नागरिक उनी काठमाण्डौमा ४ वर्षदेखि प्रशिक्षण दिँदै आएकी छन् । योगा फेस्टिवलमा उनी पनि मेन्टर्सका सूचीमा समावेश भइन् र पोखरा आइन् । अन्य ठाउँ भन्दा पोखरा उनलाई विशेष लाग्छ । आँखै अगाडि हिमाल, सफा र सुन्दर शहरले मन पुलक्कित बनाउँछ । सबेरै पहिलो सेशनमा उनले दुई दिन ‘विन्याश योगा’ गराइन् ।

काहूँ डाँडाबाट पारी क्षितिजमा अन्नपूर्ण हिमश्रृंखला मनमोहक देखिन्छ । हिमाललाई ऐना झैं अगाडि राखेर योग आसन र प्रणायामका विविध तरिकाहरु गरिरहँदा तारा र जेन जस्ता दर्जनौं विदेशीहरु प्रफूल्ल मुद्रामा भेटिए । १० भन्दा बढी देशका ३ दर्जनले योगा फेस्टिवलमा उत्साहजनक तबरले सहभागिता जनाए ।

सबैलाई मन्दिर अघि मण्डप बनाएर हवन, शिव, कृष्ण, रामको भजनकीर्तन गराउने सेशनमा विदे