समाज

रसिला र प्रिन्सद्वारा उपाधी रक्षा

पोखरा ७, पुष युवा ब्याडमिन्टन खेलाडी द्वय रसिला महर्जन र प्रिन्स दाहालले ललितपुर मेयर कपको उपाधी रक्षा गरेका छन् । ललितपुर लिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सह आयोजनामा भएको प्रतियोगिताको पहिलो संस्करणका विजेता सेनाकी रसिला महर्जन र एपिएफका प्रिन्स दाहालले दोश्रो संस्करणको दोश्रो ललितपुर मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा विजय प्राप्त गर्दै उपाधी रक्षा गरेका हुन् । महिला एकल तर्फ रसिलाले आफ्नो क्लब सेनाकै अनुमाया राईलाई २१–९, २१–१५ ले तथा प्रिन्सले सेनाका प्रफुल महर्जनलाई २१–१४, २१–१७ ले पराजित… पुरा पढौ

शाहीको नेतृत्वमा कर्णाली प्रदेश ब्याडमिन्टन संघ गठन

पोखरा ७, पुष टक्क बहादुर शाहीको नेतृत्वमा कर्णाली प्रदेश ब्याडमिन्टन संघ गठन भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव  बिश्वामित्र संजेलको प्रमुख आतिथ्यतामा भएको प्रथम प्रदेश अधिवेशनले शाहीको नेतृत्वमा सर्वसम्मत ९ सदस्यीय कार्य समिति गठन गरिएको नेपाल ब्याडमिन्टन संघका उपमहासचिव नविन विक्रम शाहले बताएका छन् । कार्यसमितिको उपाध्यक्ष द्वयमा अनिल बुढा र गुमान सिंह बस्नेत, सचिव डिलबहादुर गौतम, कोषाध्यक्षमा भुपेन्द्र मल्ल रहेका छन् । यस्तै सदश्यहरुमा सुशील उपाध्याय, प्रमोद शाही, हरिलाल बुढा र कृषन शाही सर्वसम्मत चयन… पुरा पढौ

बाल प्रतिभा पहिचान महोत्सव विद्यार्थीको सिकाइ केन्द्र

पोखरा, ७ पुस पोखरा प्रदर्शनी केन्द्रमा सञ्चालन वृहत वाल प्रतिभा पहिचान महोत्सव विद्यार्थीका लागि सिकाइ केन्द्र बनेको छ । एन प्याव्सन कास्कीले शुक्रबार देखि शुरु गरेको महोत्वस विद्यार्थीलाई प्रतिभा प्रस्फुटन गर्ने मौका सहित सिक्ने अवसर पनि मिलेको छ । ११ वटा विधामा प्रतियोगिता राखिएकोमा आफ्ना क्षमता अनुसारका विधामा सहभागिता जनाई विद्यार्थीले आफ्ना प्रतिभा प्रस्तुत गरेका छन् । महोत्सवमा केहि विद्यार्थी पुरानो संस्कृतिलाई पछ्याउदै परालबाट गुन्द्री वन्ने चोयाबाट डोको, कोर्को, पातबाट टपरी दुना वुन्नमा नै व्यस्थ देखिन्थ्य त केहि विद्यार्थी आविस्कार,… पुरा पढौ

रास्वपा सभापती रबि लामाछिानलाई पोखरामा खोया प्रहार

दीननाथ बराल पोखरा, ७ पुस राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापती रबि लामिछानेलाई पोखरामा मकैको खोया प्रहार भएको छ । पोखराको अमरसिंहचौरमा रास्वपाले आज(शनिबार) आयोजना गरेको खुल्ला सभामा सभापती लामिछानेलाई भाषण गर्ने क्रममै मकैको खोया प्रहार भएको रास्वपाले जनाएको छ । लमजुङ तार्कुघाटका सन्तोष रानाभाटले लामिछानेलाई उक्त खोयाले प्रहार गरेको हुँदा प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको छ । रानाभाटको प्रारम्भिक अनुसन्धानको लागि हाल जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको प्रहरीले जनाएको छ । उक्त कार्यक्रममा मकै खादै गर्दा भिडभाडमा लडेर खोया उच्छिटिएरको रानाभाटले… पुरा पढौ

टेवानबाट कोइराला सम्मानित

पोखरा ७, पुष पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले पर्यटन क्षेत्रमा कार्यरत एक युवा कमलराज कोइरालालाई सम्मान गरेको छ । टेवानको हालै सम्पन्न भएको छैटौ वार्षिक साधरण सभाको अवसरमा पर्यटन क्षेत्रको संस्थाको विगत लामो समयदेखी अनवरत रुपमा कार्यरत कोइरालालाई साँस्कृतिक महोत्सव २०८० महिला प्रतिभा प्रतिस्पर्धा तथा उद्यमी मेला सफल पार्न पु¥याएको अतुलनिय योगदानको उच्च कदर गर्दै सम्मान गरेको हो । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) का अध्यक्ष कमला गिरी, गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल… पुरा पढौ

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स पोखरामा

दीननाथ बराल पोखरा ६, पुष गण्डकी प्रदेशको राजधानि पोखरामा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड संचालनमा आएको छ । समाजमा समृद्धि ल्याउन र गरिब तथा विपन्न बर्गका व्यक्तिलाई लक्षित गरी उक्त बिमा कम्पनी गण्डकी प्रदेशको राजधानि पोखरामा प्रधानकार्यालय रहने गरी स्थापना गरिएको लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष निकोलस पाण्डेले बताउनु भयो । कम्पनीको एक अर्बको अधिकृत पुंजि भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रामकुमार यादवले बताउनु भयो । कम्पनीका प्रोमोटरहरुबाट ५२ करोड ५० लाख संकलन भएको बताउदै उहाँले कम्पनीले भविष्यमा… पुरा पढौ

टेवानको छैटौं वार्षिक साधारणसभा सम्पन्न

पोखरा, ६ पुस पर्यटन व्यवसायी महिला संघ(टेवान) ले आफ्नो छैटौं वार्षिक साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न गरेको छ । साधारणसभाको गण्डकी प्रदेश सरकारका प्रवक्ता एवम् उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल (तिवारी) ले उद्घाटन गर्नुुभयो । कार्यक्रममा मन्त्री अर्यालले सरकारको प्राथमिकतामा पर्यटन रहेको बताउँदै गण्डकी प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन भएको बताउनुुभयो । पर्यटन व्यवसायलाई व्यवस्थित गर्दै अधिकतम पर्यटक ल्याउने तबरबाट लाग्नुु जरुरी रहेको उल्लेख गर्दै उहाँले प्राकृतिक सौन्दर्यतालाई जोगाउँदै त्यसको उपयोग गर्नुुपर्ने धारणा राख्नुुभयो । महिला… पुरा पढौ

पत्रकार बराल जैविक विविधता संरक्षण पुरस्कारबाट पुरस्कृत

पोखरा, ६ पुस पत्रकार कृष्णमणि बराल जैविक विविधता संरक्षण पुरस्कारबाट पुरस्कृत भएका छन् । प्राणीशास्त्र समाज पोखरा नेपालको १६ औं बार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनमा अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत पत्रकार बराललाई स्व.चन्द्रमाया ढेवाजु जैविक विविधता संरक्षण पुरस्कृत द्धारा पुरस्कृत गरिएको हो । बराललाई प्राणिशास्त्र समाज पोखरा नेपालका पूर्व अध्यक्ष सह–प्राध्यापक रामगोपाल ढेवाजु, प्राणिशास्त्र समाज पोखरा नेपालका कार्यवाहक अध्यक्ष गणेश तिमिल्सिना लगायतले सम्मान पत्र र नगद ५ हजार सहित पुरस्कार प्रदान गरेका थिए । जैविक विविधता संरक्षण र संरक्षण क्षेत्रमा… पुरा पढौ

लेखनाथ महोत्सव दोश्रो दिन २० हजार दर्शकहरुद्धारा अवलोकन

लेखनाथ, ६ पुस ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको दोश्रो दिन शुक्रबार २० हजार दर्शकहरुले अवलोकन गरेका छन । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा शुक्रबार दर्शकहरुको उत्साहजनक सहभागिता रहेको र ३० लाख बराबरको कारोबार भएको महोत्सवका प्रचार प्रसार संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ले जानकारी दिए । महोत्सवमा शुक्रबार लोकदोहोरी कलाकारहरु शंकर विरही गुरुङ, जानकी तारमी मगर, सरस्वती लामिछाने,… पुरा पढौ

एन प्याव्सन कास्कीको प्रथम बृहत बाल प्रतिभा पहिचान महोत्सव शुरु

पोखरा, ६ पुस नेशनल प्याव्सन कास्कीको आयोजनामा प्रथम बृहत बाल प्रतिभा पहिचान महोत्सव–२०८० शुरु भएको छ । शिक्षाका राष्ट्रिय तथा तहगत उद्देश्यहरु प्राप्तिका लागि निरन्तर सक्रिय एन प्याव्सनले यसवर्ष नेसनल प्याब्सन कास्कीको शान, विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै विद्यार्थीहरूको शारीरिक, संवेगात्मक, मानसिक, सामाजिक, सिर्जनात्मक, एवम् सर्वाङ्गीण विकासका लागि प्रभावकारी भूमिका खेल्न सकोस् भन्ने उद्घेश्यले पुस ०६ गते देखि ०८ गतेसम्म पोखराको नयाँबजारमा अवस्थित प्रदर्शनी केन्द्रमा बृहत बाल प्रतिभा पहिचान कार्यक्रम आयोजना गरेको हो । बृहत… पुरा पढौ

This will close in 20 seconds