लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स पोखरामा

-


     पोखरा क्लिक     
     पौष ६ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा ६, पुष

गण्डकी प्रदेशको राजधानि पोखरामा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड संचालनमा आएको छ । समाजमा समृद्धि ल्याउन र गरिब तथा विपन्न बर्गका व्यक्तिलाई लक्षित गरी उक्त बिमा कम्पनी गण्डकी प्रदेशको राजधानि पोखरामा प्रधानकार्यालय रहने गरी स्थापना गरिएको लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष निकोलस पाण्डेले बताउनु भयो ।


कम्पनीको एक अर्बको अधिकृत पुंजि भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रामकुमार यादवले बताउनु भयो । कम्पनीका प्रोमोटरहरुबाट ५२ करोड ५० लाख संकलन भएको बताउदै उहाँले कम्पनीले भविष्यमा निष्काशन गर्ने आईपियो मार्फत २२ करोड ५० लाख गरी जम्मा.७५ करोड जारी पूजी रहेको जानकारी दिनुभयो । हाल कम्पनीले २ वटा बीमा योजना समृद्ध कवच म्यादी जीवन बीमा योजना तथा समृद्ध भविष्य सावधिक जीवन बीमा योजना ल्याएको छ । यस बिमामा अधिकतम ५ लाखसम्मको बिमा गर्न सकिन्छ । न्यूनतम एक व्यक्तिको १ सय ३२ रुपैयाले एक बर्ष एक लाखको बिमा जोखिम बहन गर्ने भएको संस्थाका एक्जुकेटिभ सेल्स एड मार्केटीङ अमृतराज यादवले बताउनु भयो ।


नेपाल सरकारको लघु जीवन बीमा कार्यकमलाई सफल पार्ने उद्देश्यले २०७९÷०९÷१७ गते कम्पनी रजिष्टार कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट २०८० भाद्र १ गतेको दिन लघु जीवन बीमा व्यवसायको इजाजत–पत्र तथा मिति २०८० साल आश्विन १९ गते व्यवसाय संचालन स्विकृति प्राप्त गरेको यस लिबर्टी माइको लाइफ इन्स्योरेन्स लिमिटेडको पुष ६ गते नेपालको पर्यटकीय नगरी पोखरामा शुभारम्भ गरेको हो ।

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद शिलवालले उक्त कम्पनी सहित लघु बीमा सेवा शुभारम्भ गर्दै जनताको पहुचमा पुर्याउन उक्त बिमा कम्पनी कोषेढुंगा सािवत हुने विश्वास व्यक्त गर्नु भयो
कुनै न कुनै रुपमा बिमा सानो ठुलो गरी उक्त प्रतिशतमा नेपालमा बिमाको पहुच भएको बताउदै उहाँले कुनै घटना तथा दुर्घटनाबाट हुनसक्ने जोखिमको व्यबस्थापनको लागि मानव जिबनमा बिमा आवश्यक भएको जनाउनु भयो । आफुहरुले ठुला बिमा कम्पनीहरुलाई माइक्रो बिमा समेत गर्न आग्रह गर्दा उनीहरुबाट खासै माइक्रो लेवलको बिमा नआएकोले माइक्रो बिमा सातै प्रदेशमा स्थापना गर्न लागेको अध्यक्ष शिलवालले बताउनु भयो ।

जो गरिब छ जसले अन्य व्यक्तिहरु सरह पैसा बचत गर्न जान्दैन उहाँहरुको लागि सानो बचतले जोखिम व्यबस्थापन गर्ने यस्ता माइक्रो बिमा नेपालको लागि निकै आवश्यक भएको उहाँको भनाई छ । कर्णाली प्रदेशमा सरकारले १८ लाख जनताको बिमा गरेका कारा यस बर्ष गएको भुकम्पमा परी ज्यान गएका वा घाइते भएकाहरुको लागि केही आर्थिक सहायता भएको अध्यक्ष शिलवालले बताउनु भयो । सिमान्तकृत, अति गरिब परिवारको बिमाको लागि स्थानिय वा राज्यले यसलाई अबलम्बन गर्नुपर्ने उहाँको भनाई थियो । सरकारले एक घर एक बिमा नीति ल्याएको बताउदै शिलवालले आम नेपाली जनताको पहुचमा बिमाको पहुच पुराउनु पर्नेमा जोड दिनु भयो ।

विपन्न तथा गरीब वर्गका व्यक्तिहरुलाई जीवन बीमाको दायरामा ल्याउन लघु जीवन बीमा कम्पनीको स्विकृति दिएको उहाँले बताउनु भयो । साथै कम्पनीले आम जनमानसमा कम्पनी दुर्गम जिल्ला तथा विपन्न वर्गहरुमा पुगि आफ्नो जीवन बीमाको सेवा पुर्याई कुनै जीवन बीमा दावी पर्दा कम्पनीले तत्कालै बीमा दावी दिई बीमाको विश्वास बढाउने कुरामा अध्यक्ष शिलवालले जोड दिनुभयो ।

प्रधिकरणका कार्यकारी अधिकृत राजु रमण पौडेलले प्रदेशमा स्थापना हुने माइक्रो बिमा कम्पनीले आम सर्वसाधारण जनताको पहुचमा बिमाको पहुच पुग्ने विश्वास व्यक्त गर्नु भयो । घुम्ति बिमा कार्यक्रम गरेर भए पनि गाँउ गाँउमा बिमाको पहच पुर्याउन उहाँले आग्रह गर्नु भयो ।

प्राधिकरण गण्डकी प्रदेशका प्रमुख केशव दाहालले विकटमा बिमाको पहुच पुर्याउनु पर्नेमा जोड दिनु भयो । घुम्ति बिमा कार्यक्रम समेत संचालन गर्न उहाँले कम्पनीलाई आग्रह गर्नु भयो । हिमालयन लाइफ इन्स्योरेन्सका मनोजलाल कर्ण, नेपाल विमक संघका अध्यक्ष पोसकराज पौडेल, पोखरा २७ का वडा अध्यक्ष पूर्ण बहादुर गुरुङ, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापती, पोखरा विश्वबिद्यालयका प्राध्यापक रविन्द्र घिमिरेले बिमाको महत्वको बारे वोल्नु भएको थियो ।