रास्वपा सभापती रबि लामाछिानलाई पोखरामा खोया प्रहार

-


     पोखरा क्लिक     
     पौष ७ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा, ७ पुस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापती रबि लामिछानेलाई पोखरामा मकैको खोया प्रहार भएको छ । पोखराको अमरसिंहचौरमा रास्वपाले आज(शनिबार) आयोजना गरेको खुल्ला सभामा सभापती लामिछानेलाई भाषण गर्ने क्रममै मकैको खोया प्रहार भएको रास्वपाले जनाएको छ ।

लमजुङ तार्कुघाटका सन्तोष रानाभाटले लामिछानेलाई उक्त खोयाले प्रहार गरेको हुँदा प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको छ । रानाभाटको प्रारम्भिक अनुसन्धानको लागि हाल जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको प्रहरीले जनाएको छ ।

उक्त कार्यक्रममा मकै खादै गर्दा भिडभाडमा लडेर खोया उच्छिटिएरको रानाभाटले प्रहरी सामु प्रारम्भिकचरणमा बयान दिएको वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक बिनोद श्रेष्ठले बताउनु भयो । रानाभाटाको हातबाट खोया उच्छिटियर सभापति लामिछानेले भाषण गरेको मन्च नजिकै खोया पुगेको केहीले देखेसंगै एक छिन रानाभाट माथि रास्वपाका नेता कार्यकर्ताले लछार पछार समेत पारेको अबस्थामा प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको हो ।

कार्यक्रममा बोल्ने क्रममा ढुंगा प्रहार गर्नेलाई राम्रो काम गरेर आफूप्रति सकारात्मक बनाउने सभापति लामिछाने बताउनु भएको छ । मुलुकमा परिवर्तनको लागि आफु माथि जस्तो सुकै ढुंगा मुडा भए पनि त्यसको सामना गर्दै गाँउ गाँउमा हिड्ने आम निर्वाचनमा जितेरै यो मुलुकलाई नयाँ ट्याकमा ल्याउने सभापति लामिछाने दाबी गर्नु भयो ।

सभापति लामिछानेले भाषण गर्ने क्रममा एक व्यक्तिले प्रहार गरेको खोया उहाँ नजिकै पुगेको रास्वपा गण्डकी प्रदेशका प्रवक्ता विकास भुर्तेलले बताउनु भयो ।

 



This will close in 20 seconds