पोखरा ७, पुष
पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले पर्यटन क्षेत्रमा कार्यरत एक युवा कमलराज कोइरालालाई सम्मान गरेको छ । टेवानको हालै सम्पन्न भएको छैटौ वार्षिक साधरण सभाको अवसरमा पर्यटन क्षेत्रको संस्थाको विगत लामो समयदेखी अनवरत रुपमा कार्यरत कोइरालालाई साँस्कृतिक महोत्सव २०८० महिला प्रतिभा प्रतिस्पर्धा तथा उद्यमी मेला सफल पार्न पु¥याएको अतुलनिय योगदानको उच्च कदर गर्दै सम्मान गरेको हो ।
पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) का अध्यक्ष कमला गिरी, गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी, प्रदेश सांसद प्रकाश बरालले उहाँलाई सम्मानपत्र सहित फुलमालाले सम्मान गर्नु भएको हो । कोइराला पर्यटन सम्बद्ध विभिन्न संघ संस्थामा लामो समय देखि कार्यरत हुनु हुन्छ ।