समाज

दर्शन बचत तथा ऋण सहकारीको अध्यक्षमा राजाराम शाही

पोखरा, अशोज २९ दर्शन बचत तथा ऋण सहकारी सहकारीको १३ औं साधारण सभा तथा पाँचौं अधिवेशनले राजाराम शाही अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मण मल्ल, सचिव ज्योति हमाल, कोषाध्यक्ष चित्र बहादुर मल्ल, सह सचिव लक्ष्मी मल्ल, सदस्यमा लक्ष्मी कुमारी खाँण, मैना सेन, मोहन शाही र लब बिक्रम खाँण चयन भएका छन् । नव निर्वाचित अध्यक्ष राजाराम शाहीले निर्वाचन मण्डल र साथ सहयोग दिएका सम्पुर्ण सेयर सदस्यलाई धन्यवाद दिनुभयो । उहाँले सहकारीमा सेयर सदस्यको हितमा हुने… पुरा पढौ

दोस्रो राजपँधेरा भेट्रान्स कप भलिवलको उपाधी चनौटेलाई, ह्याण्डवलकी अन्र्तराष्ट्रिय खेलाडी भुजेल सम्मानित

पोखरा २९ असोज पोखरामा ३५ वर्ष माथिका पुरुष विच भएको दोस्रो राजपँधेरा भेट्रान्स कप भलिवलको उपाधी पोखरा १९ को चनौटेले जितेको छ । पोखरा–१६ बाटुलेचौरमा रहेको राजपँधेरा टोल विकास संस्थाको आयोजनामा स्थानिय बाटुलेचौर खेल मैदानमा बडादशैंको अवसरमा आयोजित प्रतियोगितामा आईतवार भएको फाईनलमा लामाचौरलाई लगाातार ३ सेटमा हराउँदै चनौटे टिमले उपाधी हात पारेको हो ।उपाधीसँगै चनौटेले च्यांङ्ग्रा, मेडल ट्रफी र प्रमाण्पत्र तथा उपविजेता लामाचौरले भेडा, मेडल , ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । विजेता र उपविजेता टिमलाई पोखरा १६ का वडाध्यक्ष… पुरा पढौ

हुन्डाई कोनाका गाडी एक हजार बढी बिक्रि भयो

पोखरा २९, असोज नेपालको प्रतिस्पर्धी विद्युतीय गाडीहरुको बजारमा हुन्डाई कोनाले आफनो पृथक पहिचान सहित हाल सम्म करिब एक हजास भन्दा बढी बिक्रि गरेको छ । नेपाली बजारमा इलेक्ट्रिक भर्सनमा आएको हुन्डाई कोना सन् २०१९ देखि नेपाली बजारमा बिक्री सुरु भएको भए पनि हुन्डाई कोना हालसम्म एक हजार भन्दा बढी बिक्रि भएको कम्पनीले जनाएको छ । २०१९ मा भारतबाट सुरु गरिएको ूइमिशन इम्पोसिबलू नामक मिशन अन्तर्गत कोना इलेक्ट्रिकले विश्वको सबैभन्दा अप्ठ्यारो भू–भागमा पर्फरमेन्स गर्दा कुनै सम्झौता नगरी ७०० किलोमीटर को यात्रा… पुरा पढौ

पोखरामा दशैको अवसरमा खसीबोका प्रर्दशनी हुने ।

२९ ,असोज पोखरा बिजया दशमीको अबसर पारेर पोखरामा तेश्रो खसीबोका प्रदर्शनी गरिने भएको छ । पोखरा महानगरपालिकाले खसीबोका प्रदर्शनी गर्ने भएको हो । पोखरा महानगरपाालिका वडा नं २८, सौर्यबजारमा आयोजना हुने खसीबोकाको प्रर्दशनीको तयारी भैरहेको वडा नं २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिनुभयो । वडा र आसपासमा किसानले पालेका खसिबोकाको उचित मुल्य तथा पशुपालनलाई प्रवद्र्धन र किसानलाई प्रोत्साहनको लागि प्रर्दशनी आयोजना गर्न लागिएको पोखरा महानगरपालिका पशुसेवा शाखाका प्रमुख नवराज अधिकारीले बताउनुु भयो । उत्पादनमा आधारित पशुपालनलाई पवद्र्धन गर्दे स्थानी… पुरा पढौ

लेकसिटी कलेजमा संगीतमय कार्निभल

पोखरा, २९ असोज लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरको प्रांगण गुल्जार थियो । विद्यार्थीले थरीथरीका स्टलमा विभिन्न परिकार, हस्तकला र किताब बिक्री गरिरहेका थिए । लेकसिटीले दसैंँतिहारको छेकोमा विद्यार्थीलाई सैद्धान्तिक शिक्षा सँगसँगै व्यावहारिक ज्ञान समेत बढाउने हेतुले शनिबार लेकसिटी कार्निभल आयोजना गरेको कलेजका भाइस प्रिन्सिपल आमोद कोइरालाले जनाए । बिबिएस चौथो वर्षमा अध्ययनरत प्रीति गुरुङले स्टलमा पपकर्न र ससेज, आलु लगायत फास्ट फुडका परिकार राखेकी थिइन् । यसरी, स्टलमा बसेर व्यापार गर्दा गुरुङले नौलो अनुभव बन्यो । ञनयाँ नयाँ मान्छेसँग कसरी कुराकानी… पुरा पढौ

एक महिने छ्याँडु प्रशिक्षण सम्पन्न

पोखरा, २९ असोज तमु साँस्कृतिक प्रतिष्ठान नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगीमा एक महिने छ्याँडु प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। तमु समुदायको लोपोन्मुख नृत्य छ्याँडुको संरक्षण गर्न साथै प्रशिक्षकहरु उत्पादन गर्ने उदेश्यले सञ्चालित एक महिने प्रशिक्षण सम्पन्न भएको हो। गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि प्रतिनीधि सभा सदस्य मनबहादुर गुरुङले सस्कृतिहरुको मौलिकता जोगाउनुपर्ने बताउनुभयो। अहिले सँस्कार, सँस्कृतिलाई आधुनिक र सजिलो बनाउने नाममा मौलिकता, मुल पहिचान गुम्दै गएकाले सजग हुनुपर्नेमा जोड दिनुभयो। खेगी गुरुहरुले आफुले प्राप्त गरेको ज्ञानलाई लुकाएर राख्ने,… पुरा पढौ

केशर मेडिस्पा पाचौँ वर्षमा

पोखरा, २९ असोज पोखरा महानगरपालिका वडा न.५ प्रस्याङस्थित केशर मेडिस्पाले आफ्नो स्थापनाको पाचौँ वार्षिकोत्सव मनाएको छ । २०७५ साल असोज २४ गते धटस्थापनाकै दिनमा केशर मेडिस्पाले आफ्नो सेवा सुभारम्भ गरेको हो । घरमै चिकित्सकीय सेवा दिने र कपाल उमार्ने, चायापोतो, डंडीफोर ,फेसियल, रिङ्कल,लेजर प्रबिधिबाट टाटु हटाउने,कोठी हटाउने लगायतका उपचारका लागी डा. सुरेन्द्र सापकोटाले सञ्चालनमा ल्याउनुभएको हो । केशर मेडिस्पाका प्रबन्ध निर्देशन डा.सुरेन्द्र सापकोटाले जुन पहिचानका साथ पाचौं वार्षिकोत्सब मनायौ यो सफलताको श्रेय स्थापनाकाल देखी निरन्तर सेवामा रहनुहुने सम्पुर्ण कर्मचारी एव… पुरा पढौ

पोखरामा पुनः तोरीपानीबाट प्याराग्लाईडिङ उडान भएसंगै पाइलट र व्यवसायी उत्साही, स्थानिय आमा समुह तथा क्लवद्धारा स्वागत

दीननाथ बराल पोखरा २८ ,असोज पोखरामा पुनः तोरीपानी बाहकोटबाट प्याराग्लाईडिङ उडान भएसंगै प्याराग्लाईडिङ पाइलट र व्यवसायी उत्साही हुनु भएको छ । संघ, प्रदेश र स्थानीय सरकारसँगको समन्वयपछि तोरीपानीबाट उडानको अनुमति प्राप्त भएसंगै घटस्थापनाको दिन (आईतबार) देखि तोरीपानीबाट उडान भएसंगै पाइलट एवं व्यवसायीहरु निकै उत्साहित हुनु भएको हो । पोखरामा विगत साँढे ९ महिना देखि स्थान्तरण भएको साहसिक खेल प्याराग्लाईडिङ अन्ततः पहिलाको स्थान तोरीपानी बाहकोटबाट उडान सुरु भएको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष सुनिल बहादुर भट्टराईले बताउनु भयो ।… पुरा पढौ

पोखरा २२ (पुम्दी—भुम्दी) मा ३ दिनसम्म चलेको निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय ४४ जना लाभान्वित

दीननाथ बराल पोखरा २८, असोज पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालको आयोजनामा पोखरा २२ (पुम्दी—भुम्दी) आइतार सम्पन्न भएको निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय ४४ जना लाभान्वित हुनु भएको छ ।  पोखरा महानगरपालिका वडा नम्बर २२ को कार्यालय र स्वास्थ्य कार्यालयको समन्वयमा तीन दीनसम्म चलेको स्वास्थ्य शिविरमा १० विधामा २ हजार ५ सय ९६  सेवा उपलब्ध गराएको नेलम्बो नेपालले जनाएको छ । उक्त शिविरमा जनरल सेवा ५ सय ७०, हाडजोर्नी तथा नसा ३ सय ९८, स्त्रीरोग परिक्षण सेवा १ सय ९०,… पुरा पढौ

पाल्पाली समाजको शुभकामना आदानप्रदान

पोखरा, २८ असोज पाल्पाली समाज पोखराले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । दसैं, तिहार, नेपाल संवत्, छठ पर्व अवसरमा पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था, पाल्पा हाउस प्रालि र पाल्पा कोलोनी प्रालिसँगको संयुक्त आयोजनामा न्यूरोडस्थित पाल्पा हाउसमा आइतबार सो कार्यक्रम भएको हो । प्रमुख अतिथि समाजका सल्लाहकार एवं शिवशक्ति क्याम्पसका क्याम्पस प्रमुख चन्द्रकान्त रेग्मीले पाल्पाली समाज पोखराका गतिविधिको प्रशंसा गर्दै चाडपर्व अवसरमा सुखशान्ति र समृद्धिको कामना गरे । समाजका संरक्षक एवं सहकारी अध्यक्ष चिरञ्जीवी श्रेष्ठले समाज पछिल्लो समय बृहत् हुँदै गएको बताए । समाजका… पुरा पढौ