समाज

पोखरा २२ ठुलढुङ्गामा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन

जीवन बराल पोखरा, ०१ कात्तिक पोखरा महानगरपालिका वडा नं।२२ ठुलढुङ्गामा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन गरिएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखा र वडा नं।२२ को समन्वय तथा स्थानीय कृषकहरूको सक्रियतामा सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र अन्तरगत उत्पादित कृषिजन्य उपजहरूको सङ्कलनका लागि सो केन्द्र सञ्चालनमा ल्याइएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस प्रकारका सङ्कलन केन्द्रहरू मार्फत उत्पादक र उपभोक्ताहरू प्रत्यक्ष रूपमा जोडिने र स्थानीय उत्पादनको सहज बजारीकरणमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “पोखरा महानगरपालिका कृषकहरूको उत्पादन… पुरा पढौ

फेवातालका डुङ्गा चालकहरूको मा.प.से.

जीवन बराल पोखरा १, कार्तिक पोखराको फेवातालका डुङ्गा चालकहरूको आज (बुधबार) मादक पदार्थ सेवन (मा.प.से.) को परिक्षण गरिएको छ । पोखरा महानगरपालिका वडा नं.६ लेकसाईड स्थित फेवातालमा समय–समयमा डुङ्गा दुर्घटना हुने घटनालाई मध्यनजर गर्दै उक्त घटनाको न्यूनिकरणको लागि डुङ्गा चालकहरूको मा.प.से. परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी.श्रवणकुमार बि.क.ले बताउनु भयो । वडा प्रहरी कार्यालय बैदामको आयोजना तथा अस्थायी ट्राफिक प्रहरी पोष्ट बैदामको सहकार्यमा फेवातालमा डुङ्गा चालकहरूले मादक पदार्थ सेवन गरे÷नगरेको सम्बन्धमा चेकजाँच तथा डुङ्गामा सवार सर्वसाधरणहरूले लाईफ… पुरा पढौ

बिना अनुमती अनुदानको मल १८ रुपैयाँ बढि मुल्यमा बिक्री

पोखरा, कात्तिक १ पोखरामा नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको मल बढि मुल्यमा बिक्रीवितरण गरेको फेला परेको छ ।सरकारले किसानलाई अनुदानमा उपलब्ध गराएको मलमा झण्डै दोब्बर मुल्यमा बिक्री गरेको फेला परेको हो । अनुदानको मल तोकिए भन्दा बढि मुल्यमा किसानलाई बिक्री गरेको गुनासो आउने बित्तिकै पोखरा महानगरपालिकाका उपप्रमुख एंव अनुगमन समितिका सयोजक मञ्जुुदेवी गुरुङको नेतृत्वमा अनुगमन गर्दा मल बिक्रीका लागि अनुमति पनि नभएको र बढि मुल्यमा बिक्री गरेको फेला परेको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । महानगरले पोखरा… पुरा पढौ

पोउवा संघले पूर्वअध्यक्ष पालिखेलाई सुम्पियो चीनका उवा संघसँगको सम्बन्धको जिम्मेवारी

पोखरा, १ असोज पोखरा उद्योग वाणिज्य संघले आफ्ना पूर्वअध्यक्ष तथा सल्लाहकार विश्वशंकर पालिखेलाई मित्रराष्ट्र चीनका विभिन्न सहरमा रहेका उद्योग वाणिज्य संघसँग समन्वय र सहकार्य गर्ने जिम्मेवारी सुम्पेको छ । संघका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा यही असोज २७ गते बसेको १५ औं बैठकले पूर्वअध्यक्ष पालिखेलाई सो कार्यको लागि संयोजकको जिम्मेवारी सुम्पेको महासचिव बलराम आचार्यले जानकारी दिए । उनका अनुसार समन्वय र सहकार्यअन्तर्गत ‘भगिनी सम्बन्ध’ बिस्तार पनि समेटिएको छ । पुरा पढौ

न्युरोडको सिटि स्क्वायरमा फर्निचर मेला सुरु

पोखरा१, कार्तिक फर्निटेक नेपाल प्रालिले पोखराको न्युरोड स्थित सिटि स्क्वायर ब्यान्क्वेटमा फर्निचर एक्सचेञ्ज सहित प्रदर्शन सुरु गरेको छ । कार्तिक १ गते देखि तीन दिन सम्म चल्ने उक्त अफरमा कुनै पनि फर्निचरका सामाग्रीमा ३० देखि ६० प्रतिशत छुटमा प्रीमियम क्वालिटिका सोफा बिक्रिमा राखिएको छ । जनसमुदायको राम्रै चासो रहेको मेलामा फर्निचरमा ५ बर्षको वारेन्टी दिइएको उनले बताए । प्रदर्शन गरिएका फर्निचरहरुको गुणस्तर एवम् कालिगडी उच्चस्तरीय रहेको कम्पनीका संचालक कृष्ण बरालले वताए । चितवनमा केन्द्रिय कार्यलय रहेको उक्त प्रालिले पोखरामा पनि… पुरा पढौ

युआरएल पुरस्कारका लागि छनोट समिति

पोखरा, १ कात्तिक यसपालिको युआरएल पत्रकारिता पुरस्कार र युआरएल लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदानका लागि छनोट समिति गठन गरिएको छ । युआरएल पत्रकारिता पुरस्कारका लागि प्रतिभा चयनको संयोजन प्रेस स्वतन्त्रता सेनानी वद्रिविनोद प्रतीक र युआरएल लाइफ टाइम एचिभमेन्ट अवार्डको प्रतिभा चयनको संयोजन वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.नारायण ओझाले गर्ने छन् । ८ सदस्यीय समितिमा गुणस्तर विज्ञ सुशील थापा, समाजसेवी नरहरि बराल, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष डोलराज पाण्डे, युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्त, युआरएलका प्रबन्ध निर्देशक गणेश कोइराला र पत्रकार… पुरा पढौ

पोखरामा हालसम्म ५ हजार यात्रुले मात्र अग्रिम टिकट बुकिङ गरे

डि.एन.बी. पोखरा ३०, असोज यस पालीको वडा दशैंको अवसरमा पोखरा क्षेत्रबाट अनेत्र जाने यात्रुहरुले हालसम्म करिब ५ हजार जनाले मात्र अग्रिम टिकट बुकिङ गर्नु भएको छ । अग्रिम टिकट बुकिङ खुल्ला अघिल्लो सोमबार देखि सुरु भएको भए पनि हालसम्म करिब ५ हजार जनाले मात्र अग्रिम टिकट बुकिङ गरेको पृथ्बीराजमार्ग बस संचालक कम्पनी प्रा.लि.का अध्यक्ष योगेन्द्र केसीले बताउनु भयो । गण्डकी प्रदेशको राजधानि पोखरामा विभिन्न काम तथा रोजगार एवं पेशा व्यवसाय गर्दै आएका व्यक्तिहरु आफ्नो थाक थला(जन्म स्थल)मा दशैंमा जानको लागि… पुरा पढौ

पोखरामा नयाँ नोट सटही गर्नेहरुको भिड बढ्दो दुई दिनमै ९ करोड सटही

डि.एन.बी. पोखरा ३०, असोज पोखरामा मंगलबार देखि नयाँ नोटको सटही गर्नेहरुको संख्यामा बृद्धि भएको छ । सोमबार देखि सुरु भएको नयाँ नोट सटही मंगलबारदेखि अत्याधिक भिडभाड सहित अघिल्लो दिन भन्दा मंगलबार बढी रकम सटही भएको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले जनाएको छ । कार्यालयले मंगलबार ५ करोड ३३ लाख बराबरको नयाँ नोट सटही गरेको कार्यालयका उपनिर्देशक पुष्कर शुर्खालीले एटुजेडलाई बताउनु भयो । नेपालीहरुको महान पर्व दशैं पर्वको अवसरमा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले आम सर्वसाधरणको लागि दुई दिनमै ९ करोड… पुरा पढौ

सहुलियत पसल पोखराको साल्ट ट्रेडिङमै छैन चिनी

पोखरा ३० असोज । पोखरा नयाँबजार निवासी प्रेमबहादुर क्षत्री दसैँका लागि चिनी खरिद गर्न सोमबार दिउँसो पोखराको पृथ्वीचोकस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको सहुलियत पसलको बिक्री केन्द्र पुगे । तर त्यहाँ चिनी नै बिक्रीमा नभएपछि रित्तो हात घर फर्कनुपर्‍यो । “उपभोक्तालाई लक्षित गरी काठमाडौँमा सहुलियत पसलबाट चिनी बिक्री भइरहेको समाचार हेरेर पोखराको साल्ट ट्रेडिङले पनि बिक्री गरेको होला भन्दै आएको हुँ तर यहाँ चामल, नून, तेल र साबुन मात्र बिक्री भइरहेको रहेछ, मलाई चिनी चाहिएको हो”, क्षत्रीले भने, “बजारमा चिनी खरिद गर्दा… पुरा पढौ

नव आदर्शको तीज महोत्सवमा ५० लाख खर्च, शुभकामना आदानप्रदान

पोखरा, ३० असोज नवआदर्श सामुदायिक विकास समाजले दसैं, तिहार, नेपाल संवत् तथा छठ पर्व लगायत पर्व अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । लामाचौरस्थित संस्थाको सभाहलमा मंगलबार सञ्चालित कार्यक्रममा संस्थाका कार्यसमिति पदाधिकारीहरु, पूर्व अध्यक्षहरु, पूर्व कार्य समिति सदस्यहरु, पूर्व कार्यसमिति सल्लाहकारहरु, आजीवन तथा साधारण सदस्यहरु, आमा समूह, विभिन्न संघसंस्था तथा क्लबहरुका प्रतिनिधिको उपस्थिति थियो । संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, जिल्ला न्यायाधीश सूर्यबहादुर थापा, संस्थाका पूर्व सल्लाहकार तारा गर्वुजा, पूर्व अध्यक्ष सञ्जयकुमार अधिकारी… पुरा पढौ