
पोखरा १७, माघ
बुद्धिचाल संघ कास्कीका अध्यक्ष अनिल कोइरालाको निधन भएको छ । पोखरा–४ गणेशटोल निवासी ५१ बर्षीय कोइरालाको मंगलबार स्वास्थ्यमा समस्या आए पछि पोखराको फिस्टेल अस्पतालमा उपचारकै क्रममा आज साँझ उहाँको निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।
उनको हृदयघातका कारण आज साँझ उपचारको क्रममा निधन भएको बताइन्छ । खेल क्षेत्र, व्यवसाय सहित विभिन्न संघ संस्थामा सक्रिय रहनु भएको कोइरालाको बिहिबार बिहान अन्त्यष्टि गरिने भएको उहाँका दाजु सञ्जीव बहादुर कोइरालाले बताउनु भयो ।
उहाँको निवासबाट शवयात्रा सहित पोखराको रामघाटमा अन्त्यष्टि गरिने भएको छ । कोइरालाका एक श्रीमती, दुई छोरा हुनुहुन्छ ।





