देवश्री गोत्र कुल मन्दिर पुनः निर्माण अन्तिम चरणमा

-


     पोखरा क्लिक     
     माघ १७ गते २०८० मा प्रकाशित


पोखरा १७, माघ

रानाभाट जातीको देवश्री गोत्र कुुल मन्दिरको पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ । स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका वडा नं. ३ भाटखोला चिप्लेटीमा उक्त कुल मन्दिरको पुनःनिर्माण कार्य भइरहेको छ ।

हरेक ५÷५ वर्षमा नियमित हुदै आएको कुल पुजा यस ७ वर्षमा हुँदै छ । २ वर्ष पहिला हुनुपर्ने पुजा कोरोनाको कारण हुन सकेको थिएन । तर कोरोनाको कारण पुजा हुन नसके पनि देवश्री गोत्रीय दाजुभाईले मन्दिरको पुनःनिर्माणको कार्य तिव्ररुपमा भइरहेको सचिव परशुराम रानाभाटले वताए । मन्दिर वरपर रेलिङ, २ तले भवन, नजिकै सुन्दर पोखरी, वरपिपलको चौतारी भएको रमणिय स्थानमा मन्दिर रहेको छ ।

कुल पुजा फागुन २४ गते हुने भएको छ भने शिलालेखमा नाम लेखाउने अन्तिम सुचना प्रकाशित गरि समिति अगाडि वढिरहेको अध्यक्ष डिलबहादुर रानाभाटले वताए ।

उक्त मन्दिरमा रुपन्देहीको अमुवा, चितवनको माडी, नवलपुरको प्रगतिनगर, कास्कीको कृस्ती लगाएतका स्थानबाट सयौको संख्यामा पुजाको दिन आउने कार्यक्रम रहेकोले सबै व्यवस्थापनको काम भइरहेको समितिका सदस्य ताराबहादुर रानाभाटले वताए ।