पोखरामा भोलि (शुक्रबार) १२ः३० बजेसम्म मात्र नयाँ नोट सटही हुने
दीननाथ बराल पोखरा २, कार्तिक दशैं पर्वको अवसरमा सुरु भएको नयाँ नोट सटही पोखरामा भोलि (शुक्रबार) १२ः३० बजेसम्म मात्र हुने भएको छ । गत सोमबार देखि नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले नयाँ नोट सटही गर्न सुरु गरेकोले दशैं पर्व लक्षित शुक्रबार मध्यान्हः १२ः३० बजेसम्म मात्र गर्ने भएको कार्यालयका उपनिर्देशक पुष्कर शुर्खालीले एटुजेडलाई बताए । पोखरामा हालसम्म आम सर्वसाधारणलाई १९ करोड ३० लाखको नयाँ नोट सटही गरिएको छ । उनका अनुसार विहिबार ४ करोड ६ लाख नयाँ नोट सटही भएको छ…
पुरा पढौ
सहारा क्लबको मैत्रीपूर्णखेल, वृक्षारोपण तथा शुभकामना आदान प्रदान सहाराको अभियानमा सहयोग गर्छुःअध्यक्ष शाही
पोखरा २, कार्तिक सहारा क्लब पोखराले वडा दशैँको अवसरमा नेपाल खेलकुद पत्रकार गण्डकीसँग मैत्रीपूर्ण फुटबल खेलेसँगै वडा दशैँको शुभकामना तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको उद्घाटन गर्दै पोखरा १७ का वडा अध्यक्ष राधिका कुमारी शाहीले क्लबको लागि जे आवश्यक छ त्यसमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । वडाले सबै काम गर्न नसके पनि वडाले सुरूवात गरिदिने उनले बताइन् । पर्यावरणको लागि वृक्षरोपण आवश्यक भएको बताउदै दोभिल्ला संरक्षण गर्न २० लाख विनियोजन भएको जानकारी गराइन् । स्थानीय सरकारले…
पुरा पढौ
मुलुकलाई कमजोर बनाउने तत्वसँग सजग रहनुपर्नेः मुख्यमन्त्री पाण्डे
पोखरा, कात्तिक २ गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले सामाजिक सद्भाव खलबल गरी मुलुकलाई कमजोर बनाउने तत्वसँग सजग रहनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस कास्की क्षेत्र नं १ ख द्धारा पोखरामा बिहिबार आयोजित नेपाली काँग्रेसको प्रथम प्रदेश सम्मेलन एवं विजयदशमी शुभकामना कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री पाण्डेले सबै जात, धर्म, भाषा र संस्कृतिलाई एकताको रुपमा लिदै आएकोमा अहिले आएर नेपाली भाषा र धर्मप्रति प्रहार गरी मुलुकलाई कमजोर बनाई जनताले प्राप्त गरेको…
पुरा पढौ
पोखरामा नेपालकै पहिलो ठूलो मोटरबाइक रेस हुने
पोखरा , कार्तिक २ पोखरामा नेपालकै पहिलो ठूलो मोटरबाइक रेस ‘फिसटेल रेसिङ कप २०२३’ हुने भएको छ । नेपालको मोटर स्पोर्टस संस्था (नासा) संग आवद्ध भिआर–४६ मोटर स्पोर्टस प्रालीले उक्त प्रतियोगिता यहि नोभेम्बर २४ र २५ तारिख (मंसिर ८–९ गते) गर्न लागेको हो । इटालियन रेसिङ टिमको नेपाल शाखाको रुपमा रहेको भिआर–४६ मोटर स्पोर्टसका प्रवन्ध निर्देशक माइकल थापाका अनुसार उक्त प्रतियोगितामा करिब १ सय भन्दा बढि प्रतियोगीहरुको सहभागिता हुने छ । पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिता नेपालकै पहिलो ठूलो बाइक…
पुरा पढौ
प्यारडिसोमा शुक्रबार साँझ अनुप्रस्थ व्याण्डको प्रस्तुती
पोखरा, २ कात्तिक लोकप्रिय नेपाली व्याण्ड ‘अनुप्रस्थ’ ले शुक्रबार पोखराको लेकसाइडमा लाइभ प्रस्तुतीका लागि आउदैछ । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा कात्तिक ३ गते शुक्रबार साँझ लाइभ प्रस्तुती लिएर दर्शकमाझँ आउन लागेको हो । व्याण्डले सुख दुःखको बिचमा बसेर, नाचन मइच्याङ, सम्झेर मलाई लगाएतका गीतहरुले दर्शकलाई मनोरञ्जन दिने छ । दशैका लागि पोखरा आउने पर्यटकहरु र दशैका बेला मनोरञ्जन लिन चाहनेहरुका लािग चर्चित व्याण्डको प्रस्तुती राख्न लागेको प्याराडिसोका म्यानेजर हरि पौडेलले बताए । उनले दशैलाई अझ उत्सव…
पुरा पढौ
फेवा सहकारि सस्थाको साधारण सभा सम्पन्न
पोखरा, २ कार्तिक फेवा बचत तथा ऋण सहकारी संस्थाको २४ औ साधारण सभा एवं ८ औ अधिवेशन पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि। का संचालक चण्डी प्रसाद शर्मा पौडेलले कार्यक्रमको उद्घाटन गर्नुहुँदै फेवा बचत तथा ऋण सहकारी संस्थाको २४ औ साधारण सभाको सफलताको शुभकामनाका साथ सम्मानित सबैलाई बधाई दिनु भयो । बर्तमान अबस्थामा सहकारी क्षेत्रको बारेमा प्रकाश पार्नुहुदै फेवा सहकारी नेपाल कै सबैभन्दा बृद्ध जेष्ठअध्यक्षको नेतृत्वमा संचालित भएको एक नम्बर…
पुरा पढौ
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा खादा निषेध
सागर सुनार पोखरा १, कार्तिक कास्कीको माछापुच्छ्रे गाउँपालिकामा खादा निषेध गरिएको छ । गाउँपालिका भित्र सञ्चालन हुने जुनसुकै कार्यक्रम, सभा, समारोह, गोष्ठी, सेमिनार, बैठक, सम्मान तथा बधाई लगायतका कार्यक्रममा स्वागत सत्कारको लागि प्रयोग हुदै आएको खादाको प्रयोग नगर्ने पालिकाले निर्णय गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना प्रकाशन गरी पालिकाभित्र उत्पादन नहुने आयातित खादा प्रयोग नगर्ने निर्णय गरिएको जनाएको छ । खादा प्रयोगलाई पालिकामा पूर्ण रुपमा निरुत्साहित गरिएको प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो,“ हाम्रो गाउँठाउमा उत्पादन हुने…
पुरा पढौ
केयरसिंहको ठक्करहरूको यात्राशास्त्र विमोचन
पोखरा १, कार्तिक कवि केयरसिंह गुरुङको नवीनतम कविताकृति ठक्करहरूको यात्राशास्त्रको बुधबार पोखरामा विमोचन भएको छ । गण्डकी प्रज्ञा(प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ ले कृति विमोचन गरेका हुन् । उनले कवि केयरसिंहलाई ‘पहरामा फुलेको फूल’ को संज्ञा दिए । लमजुङको घाम्राङमा गाउँमा शिक्षणसँगै साहित्य सिर्जनामा लागिरहेका गुरुङले गुरुङ भाषासँगै नेपाली भाषाको साहित्यमा समेत महत्त्वपूर्ण योगदान दिएको भन्दै बिखर्चीले केयरसिंहको यो कृतिमा जीवनका उतारचढावहरूलाई दार्शनिक शैलीमा प्रस्तुत गरिएको बताए । नेपाली कविताका क्षेत्रमा कृतिले विशेष महत्त्व राख्ने उनको भनाइ थियो । कृतिको…
पुरा पढौ
एक हप्तामै गण्डकी प्रदेशमा करिब २ हजार जनामा डेंगु संक्रमण, अझै सचेत रहन चिकित्सकको सुझाव
दीननाथ बराल पोखरा १, कार्तिक नहिलो न धुलो भनेर असोज महिनालाई भन्ने गरे पनि यस बर्षको असोज महिनामा निरन्तर जसो गण्डकी प्रदेशको कास्की सहितका अन्य जिल्लामा निरन्तर रुपमा पानी गर्दा लाखुट्टेको टुकाईले उत्पन्न हुने डेंगु शंक्रमण रोग समेत बढ्दो क्रममा रहेको छ । अझै केही समय डेंगु शंक्रमण दर बढ्न सक्ने भएकोले सचेत रहन चिकित्सकहरुले सुझाव दिएका छन्। पछिल्लो एक हप्तामा गण्डकी प्रदेशमा डेंगु संक्रमण दर करिब २ हजार जनामा यसको शंक्रमण देखा परेको हो । गण्डकी प्रदेशमा हालसम्म ८…
पुरा पढौ
होटलमा हुने अवैध कृयाकलाप नियन्त्रण गर्न सुझाव
दीननाथ बराल पोखरा १, कार्तिक बुधबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले होटलहरुमा हुने अवैध कृयाकलापलाई नियन्त्रण गर्न सुझाव दिनु भएको छ । पृथ्वी होटल व्यवसायी समितिले बुधबार पोखरामा आयोजना गरेको नेपालीहरुको महान पर्व विजया दशमी एवं शुभ दीपावली, नेपाल सम्वत तथा सम्पूर्ण चार्डहरूको शुभकामना आदान प्रदान तथा सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त सुझाव दिनु भएको हो । होटललाई कतिपय अपराधिक गतिविधिको केन्द्र बनाउने गरेको प्रशंग उल्लेख गर्दै वक्ताहरुले होटललाई कुनै पनि अवैध कृयाकलाप हुने अखडा बनाउन नहुने बताउनु…
पुरा पढौ

