पोखरा १७, माघ
पोखराको मुख्य पर्यटकीय स्थल लेकसाइडमा पर्यटकलाई दुःख दिने तथा बार्गेनीङ गर्ने ६ जना पक्राउ परेका छन्। मंगलबार बेलुका ८ः०० बजे लेकसाईड स्थित हल्लनचोक एरियामा पर्यकटहरुलाई दुःख हैरानी दिने, बाटो छेक्ने, व्याग तान्ने, होटल मिलाईदिन्छौ भनी पैसाको बार्गेनिङ गर्ने ६ जनालाई पक्राउ गरिएको कास्की प्रहरीले पोखराक्लिकलाई जनाएको छ ।
पक्राउ पर्नेहरुमा पोखरा ६ लेकसाईडमा बस्नेहरु २२ वर्षका सुदिप अर्याल, २६ बर्षका संदिप गिरी, १९ बर्षका सुमन शर्मा, २० बर्षीय नेत्र बहादुर प्रधान, २३ बर्षका सुशिल महतो र २६ बर्षका राजन पौडेल रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएका प्रहरी टोलीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत अभद्र व्यवहार गर्न नहुने मुद्दामा सात दीन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।
सार्वजनिक स्थानमा होहल्ला गरी अशान्ति मच्चाउने जस्ता कार्यहरु भई रहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवण कुमार बि.क.ले बताउनु भयो ।