पौडी महासंघका अध्यक्ष हुसेन मंगलबार नेपाल आउँदै
काठमाण्डौं २०, कार्तिक नेपाल पौडी संघको निमन्त्रणामा अन्तर्राष्ट्रिय पौडी महासंघ ९वल्र्ड एक्वाटिक्स०का अध्यक्ष क्याप्टेन हुसेन अल मुसलम नेपाल भ्रमणमा आउँदै छन् । पौडी खेलको विकास र विस्तार गर्ने क्रममा विभिन्न देशको भ्रमणमा रहेका अध्यक्ष हुसेनले नेपालमा पौडी तथा एक्वाटिक्स खेलको विकासका बारेमा जानकारी लिने र पौडी तथा एक्वेटिक्स खेलको विकासलाई कसरी अझै अगाडी बढाउन सकिन्छ भन्ने बारेमा पौडी संघका पदाधिकारीहरु र सम्वन्धित संग छलफल गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष हुसेन यहि कार्तिक २१ गते मंगलबार विहान ८ बजे काठमाण्डौ…
पुरा पढौ
आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटस् सुपर ओभरमा नेपाल पराजित
पोखरा १९ कार्तिक । आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधि भिडन्तमा नेपाल पराजित बनेको छ । आईतबार कीर्तिपुर मैदानमा भएको फाइनल खेलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित बनेको हो । नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतीमा १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । अबिनाश बोहराको ओभरमा तीन छक्का प्रहार गर्दै ओमानले नेपाल समक्ष सुपर ओभरमा ठुलो चुनौती…
पुरा पढौ
भूकम्पबाट मृत्यु भएकाको परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ दिने सरकारको निर्णय ः जाजरकोट भूकम्प
पोखरा १९ कार्तिक । नेपाल सरकारले जाजरकोट भूकम्पबाट प्रभावितको खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउँदै तत्काल मर्मतसम्भार सम्पन्न भएपछि पुनःस्थापनाका लागि एकीकृत कार्ययोजना तयार गरी एक वर्षभित्र भूकम्प प्रतिरोधी आवास निर्माण गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज सम्पन्न मन्त्रिपरिषद्को आकस्मिक बैठकले खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउन सुर्खेतलाई मुख्य र नेपालगञ्जलाई सहायक सम्पर्क कार्यालय तोक्ने निर्णय गरेको बैठकपछि नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले राहत र पुनःस्थापनाका…
पुरा पढौ
भूकम्प प्रभावित क्षेत्रसम्म पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको निःशुल्क बस सेवा
पोखरा १८ कार्तिक। पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित क्षेत्र रुकुममा निःशुल्क बस सेवा दिने भएको छ । भूकम्प प्रभावितका आफन्त, स्वास्थ्यकर्मी र राहत सामग्री लैजान चाहनेका लागि कम्पनीले निसुल्क बसको व्यवस्था गरेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र बहादुर केसीले जानकारी दिएका छन् । रुकुम र जाजरकोटमा भूकम्पका कारण भएको जनधनको क्षतिका कारण सिंगो देश नै मर्माहत भएको बेला आफूहरुले थोरै भएपनि मल्हम लगानका लागि उक्त सेवा दिन लागिएको केसीले बताए । उनका अनुसार यसरी निसुल्क…
पुरा पढौ
राहत उद्धारमा पोखरा महानगरपालिकाको टोली प्रस्थान
पोखरा १८, कार्तिक राहत उद्धारमा पोखरा महानगरपालिकाको टोली जाजरकोट था रुकुम प्रस्थान गरेको छ । एक महिनाको पारिश्रमिक राहत सहयोगमा रु ५० लाख को राहत सहयोग शुक्रबार राति गएको भूकम्पका कारण सिर्जित ह्दयबिरादक घटनामा राहत तथा उद्धारमा विशेष सहयोग पुर्याउन पोखरा महानगरपालिकाको टिम वडा अध्यक्षद्वय साहारा प्रधान र राममोहन आचार्यको नेतृत्वमा स्वास्थ्यकर्मी, नगर प्रहरी सहितको टिम राहत तथा उद्धारका सामाग्री सहित प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । २ वटा सानो गाडी र १ ट्रक सहित १७ जनाको उद्धार टोली त्यसतर्फ…
पुरा पढौ
गण्डकी प्रदेश सरकारले चिकित्सक र स्वास्थ्यकर्मी सहितको टोली भुकम्प प्रभावित क्षेत्रमा पठायो
पोखरा १८, कार्तिक गण्डकी प्रदेश सरकारले भुकम्प प्रभावित क्षेत्रमा चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली पठाएको छ । भुकम्प प्रभावितहरुको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर बिकास गौचनको नेतृत्वमा विषेशज्ञ चिकित्सक सहितको टोली त्यसतर्फ गएको हो । प्रभावित क्षेत्रमा मानवीय सहायता पु¥याउने उद्देश्यले प्रदेश सरकारले स्वास्थ्य सामग्री सहितको टोली पठाइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । प्रदेश सरकारको तर्फबाट अपिल जारी गर्दै उनले जाजरकोट र रुकुमपश्चिमा भएको ठुलो मानवीय तथा भौतिक क्षतिको घटनाले मर्माहत बनाएको बताएका छन् । ‘विपद्को यस घडीमा भूकम्प…
पुरा पढौ
मधुमेह र टिजी सित्तैमा जाँच
पोखरा, १८ कात्तिक पोखरा–१७, विरौटामा रहेको घारीकुलो बचत तथा ऋण सहकारीको आयोजना शनिबार मधुमेह तथा रगतमा हुने खरा बोसो(टिजी) सित्तैमा जाँच गरिएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी बिरौटा शाखाको प्राविधिक सहयोगमा भएको शिविरमा २ सय ७ जनाले सित्तैमा जाँच सेवा लिएका छन् । कार्यक्रममा वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले स्वस्थ जीवन सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै रोग लाग्नै नदिन उचित जीवन शैली र बेला बेलामा परीक्षण गर्न आग्रह गरे । रोग लागिहाले समयमै उपचार गर्न र जीवनशैली, खानपिनमा परितर्वन…
पुरा पढौ
सहारा क्लब युकेका संस्थापक अध्यक्ष नवीन गुरुङ नेतृत्वको टोली सहारा एकेडेमीमा
पोखरा, १८ कात्तिक सहारा क्लब युकेका संस्थापक अध्यक्ष नवीन गुरुङसहितको टोलीले सहारा एकेडेमीको भ्रमण गरेको छ । बिहीबार पोखरा–१७, दोबिल्लास्थित सहारा एकेडेमीको अवलोकन गर्दै टोली केही थान फुटबल बल र स्टेसनरी सामग्री सहयोग गरेको छ । सहारा क्लब पोखराका मानार्थ सदस्यसमेत रहेका सहारा क्लब युकेका संस्थापक अध्यक्ष नवीन गुरुङले सहाराको गतिविधिको प्रशंसा गर्दै सहयोग निरन्तर रहने बताए । सहरा क्लब पोखराका नवनिर्वाचित अध्यक्ष केशवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्षहरु विक्रम थकाली, वीरभद्र आचार्य, हरिराम गुरुङ ९सुरज० लगायतले बोलेका थिए…
पुरा पढौ
जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मृत्यु हुनेको सङ्ख्या १५७ पुग्यो
जाजरकोट, १८, कार्तिक गएराति शुक्रवार आएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा महिला ९९ र ५८ जना पुरुष रहेका छन् भने उत्तिकै सङ्ख्यामा घाइते भएको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । प्रदेशका जाजरकोट, रुकुम पश्चिम, जुम्ला र दैलेख लगायतको क्षेत्र प्रभावित भएको हो । जाजरकोटमा ७२ महिला र ३३ पुरुष गरी १०५ जना मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् । त्यस्तै…
पुरा पढौ
पोखरामा मध्येरातमा भूकम्पको धक्का
पोखरा, १८ कात्तिक । पोखरामा शुक्रबार राति भूकम्पको धक्का महशुस भएको छ । ११ बजेर ४७ मिनेट जादाँ भूकम्पको धम्का महशुस भएको हो । भूकम्पका कारण निद्रामा भएकाहरु पनि उठेर घर बाहिर निस्कीएका थिए । राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको जनाएको छ । ६.४ म्याग्निच्युड भएको जनाएको छ । भूकम्पको महशुस नेपालीका विभिन्न ठाउँ र भारतमा पनि भएको छ । यस अगाडी कात्तिक ५ गते धादिङ केन्द्र विन्दु बनाएर भूकम्प गएको थियो । बिहान…
पुरा पढौ

