पुम्दिभुम्दि स्थित कालावाङ घरेडीका कृषकलाई धान भित्राउने चटारो
जीवन बराल पोखरा ११ कार्तिक कार्तिक महिना लागे सँगै कालावाङ घरेडीमा यतिबेला धान काट्न तथा अन्न बाली भित्राउन सुरु गरेका छन् । कालावाङ घरेडी क्षेत्रको फाटँ लगायतका पाखो खेतमा किसानहरु धान काट्न व्यस्त भएका छन् । बिहान उठे पछि बेलुका सम्म यतिबेला कालावाङ घरेडीका किसानहरु धान काट्न खेतमै व्यस्त हुने गरेका छन् । जेठ असार महिनामा रोपेको धान काट्न सुरु गरिएको छ । यहाँ धानलाई मुख्य बालीको रुपमा लिने गरिएको छ । यस वर्ष समयमै वर्षा भएको कारण धानबाली पनि…
पुरा पढौ
तालवाराही मन्दिरमा दर्शनार्थीको अत्याधिक भिड, तालवराही घाटमा मेला
दीननाथ बराल पोखरा ११, कार्तिक पोखराको तालवाराही मन्दिरमा दर्शन गर्नेहरुको शनिबार अत्याधिक भिड भएको छ । दशैं पर्वको अन्तिम दिन शनिबार (कोजाग्रतपूर्णिमा) पर्वको अवसरमा तालवराही मन्दिरमा दर्शन गर्ने दर्शनार्थी एवं पर्यटकहरुको बर्षकै अत्याधिक भिड भएको हो । पोखराको धार्मिक एवं पर्यटकीय गन्तव्य तालवराही मन्दिरमा बर्षको ३ सय ६५ दिन मध्य कोजाग्रतपूर्णिमा पर्वको दिनमा सबै भन्दा बढी भिड लागेकोे एक डुंगा व्यवसयाी पृतम कुंवरले दाबी गरे । शनिबार बिहानै देखि तालवराही मन्दिरको दर्शन गर्न तथा दशैंको जमरा सेलाउने एवं घुमघाम गर्ने…
पुरा पढौ
फिर्केखोला मापदण्ड विपरितका भौतिक संरचना हटाउन महानगरको ३५ दिने सूचना
पोखरा ११, कार्तिक पोखराको फिर्केखोलाको मापदण्ड भित्र बनेका सबै प्रकारका भौतिक संरचना हटाउन पोखरा महानगरपालिकाले ३५ दिने सूचना जारी गरेको छ । महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी पोल गाडिएको भन्दाभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाउन सूचना जारी गर्दै महानगरले ३५ दिने भित्र नहटाए महानगरले भत्काउने चेतावनी दिएको छ । पोखरा–१८ को अधेरीकुनादेखि सुरु भएर फेवातालमा मिसिने फिर्केखोलामा मापदण्डविपरीत निर्माण गरिएका संरचना हटाउन महानगरले ३५ दिने सार्वजनिक सूचना जारी गरेको महानगरका मेयर धनराज आचार्यले बताए । प्राविधिक समितिको…
पुरा पढौ
पोखरामा चहल पहल बढ्यो , यात्रुको चाप बढ्दा व्यबस्थापन गर्न हम्मेहम्मे
दीननाथ बराल पोखरा १०, कार्तिक दशैं टिकाको चौथो दिन शुक्रबारदेखि पोखरामा पुनः चहल पहल ह्वात्तै बढ्न थालेको छ । दशैं टिकाको अघिल्लो दिन कार्तिक ६ गते देखि प्रायः सुनसान जस्तै भएको पोखरा क्षेत्रमा बिहिबारदेखि चहल पहल बढ्न थालेसंगै शुक्रबार देखि ह्वात्तै चहल पहल बढेको हो । सरकारी तथा गैरसरहकारी केही संघ संस्था सहित व्यपारीक पसलहरु समेत संचालन भएसंगै शुक्रबार बिहान देखि पोखराको बजारमा चहल पहल बढेको देखिन्छ । दशैं टिकाको चौथोे दीन पनि केहीले टिका थाप्ने क्रम जारी रहेको छ…
पुरा पढौ
पोखरामा ६० प्रतिशत होटल अकुपेन्सि, पर्यटन व्यवसायी उत्साही
दीननाथ बराल पोखरा १०, कार्तिक हिजोआज पोखराको होटल क्षेत्रको अकुपेन्सि ६० प्रतिशत रहेको छ । यस बर्षको पर्यटनको सिजनको अवसरमा पोखरामा हाल ६० प्रतिशत होटल अकुपेन्सि भएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । उहाँका अनुसार हाल भारतीय सहित तेश्रो मुलुकका पर्यटकले करिब १५ प्रतिशत होटल अकुपेन्सि रहेको छ । बडा दशैं टिकाको दिनसम्म विदेशी तथा स्वदेशी गरी २० प्रतिशत जसो होटल अकुपेन्सि दशैं टिकाको भोलिपल्ट देखि भोलि कोजागतपूर्णिमा पर्व (शनिबार) सम्म ६० प्रतिशत होटल बुकिङ भएको सघले…
पुरा पढौ
नेपाललाई ५ विकेटले पराजित गर्दै यूएई
काठमाडौं १० कात्तिक । आयोजक नेपाललाई ५ विकेटले पराजित गर्दै यूएईले त्रिकोणात्मक सिरिज जितेको छ । उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले बल खेल्नु अघि ५ विकेट गुमाएर भेट्टायो । अन्तिम २ बलमा २ रन चाहिएको अवस्थामा बासिल हमिदले छक्का हान्दै जित दिलाए । जितको आधार भने कप्तान मोहम्मद वसिम र अर्यान्श शर्माले तयार पारेका थिए । दुबैले पहिलो विकेटका लागि ७१ रनको साभेदारी गरेका थिए । पहिलो बलमै छक्का प्रहार गर्दै आक्रामक सुरुवात गरेका वासिमले लगातार दुई…
पुरा पढौ
मुगुमा एकै परिवारका ४ जनाको घाँटी रेटेर हत्या भएको आशंका
मुगु १०, कार्तिक मुगुको एक गाँउमा एकै परिवारका ४ जनाको रहस्यमय ढंगबाट हत्या भएको छ । आमा सहित दुई छोरा र एक छोरीको प्रारम्भिक अनुसन्धानका आधारमा घाँटी रेटेर हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । छाँयानाथ रारा नगरपालिका वडा न ६ मन्दु गाउँकी २६ वर्षिया श्रीदेवि बोहोरा र उनका ११ वर्षिय छोरा मनोज बोहोरा, एक वर्षका छोरा रहर बोहोरा र ७ वर्षिया छोरी अप्सरा बोहोराको हत्या भएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी मोहन बाबु थापाले एटुजेडलाई बताउनु…
पुरा पढौ
दशैंको अवसरमा पोखरा क्षेत्रमा यस बर्ष खसि बोका ५० प्रतिशत मात्र खपत
दीननाथ बराल पोखरा ९, कार्तिक नेपालीहरुको महान पर्व विजया दशमी पर्वको अवसरमा पोखरा क्षेत्रमा यस बर्ष करिब ५० प्रतिशत मात्र खसि वोकाको खपत भएको छ । अघिल्ला बर्षको तुलनामा यस बर्ष पोखरा क्षेत्रमा करिब ५० प्रतिशत मात्र खसि तथा वोकाको खपत भएको व्यवसायीहरुले बताउनु भएको छ । पोखरामा यस बर्षको दशैं पर्व लक्षित गरी करिब ९ हजार खसि वोका खरिद गरे पनि अझै ४ हजार ५ सय जसो खसि वोका बिक्रि नभएको पोखरा खसि वोका व्यवसायी समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले…
पुरा पढौ
पोखरामा चहल पहल बढ्दै
दीननाथ बराल पोखरा ९, कार्तिक दशैं टिकाको तेश्रो दिन बिहिबार देखि पोखरामा चहल पहल बढ्न थालेको छ । दशैं टिकाको अघिल्लो दिन कार्तिक ६ गते देखि प्रायः सुनसान जस्तै भएको पोखरा क्षेत्रमा बिहिबारदेखि चहल पहल बढ्न थालेको हो । मुख्य चोकमा रहेका व्यपारीक पसलहरु समेत खुल्न थालेसंगै पोखराको बजारमा चहल पहल हुन थालेको व्यवसायीहरु बताउनु हुन्छ । किराना पसल, डिपार्ट मेन्टल स्टोर, मिठाई पसल, फेन्सि, मेडिकल लगायतका पसलहरु खुल्न थालेका छन् । दशैं टिकाको तेश्रो दीन पनि केहीले टिका थाप्ने…
पुरा पढौ
सहारा क्लवको अभियानमा एनआरएनएले सहयोग गर्ने, सहारा एकेडेमीको अवलोकन
पोखरा ९, कार्तिक पोखराको सहारा क्लवले संचालन गर्दै आएको आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिता, सहारा फुटवल एकेडेमी लगायतको अभियानमा गैर आवासिय नेपाली संघ(एनआरएनए)ले सहयोग गर्ने भएको छ । हालै निर्वाचित भएका एनआरएनएका उपाध्यक्ष रोविन शेरचन सहितको टोलीले विहिबार सहारा एकेडेमीको अवलोकन गर्दै उक्त कुरा बताउनु भएको हो । जापानका प्रतिनिधिहरुले सहारालाई सक्दो सहयोग सहित आहा रारा पोखरा गोल्ड कपमा जापानको सहभागीता रहने प्रयत्न हुने विषयमा समेत जोड दिनु भएको थियो । विहिबार सहारा क्लब पोखरामा एनआरएनए आईसीसी उपाध्यक्ष…
पुरा पढौ

