समाज

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

पोखरा १७ कार्तिक । बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउन थालेको हो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले देशभरिका महिला स्वास्थ्य स्वयंसेविकाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन थालेको जानकारी दिए । आर्थिक वर्ष २०८०/८१ को नियमितरूपमा पहिलो चरणमा यही… पुरा पढौ

गण्डकी प्रदेशलाई तीन वर्षभित्र लामखुट्टे रहित प्रदेश बनाइने

पोखरा, १६ कात्तिक । गण्डकी प्रदेशलाई तीन वर्षभित्र लामखुट्टे रहित प्रदेश बनाइने भएको छ । बुधबार पोखरामा भएको कार्यक्रममा स्वास्थ्य क्षेत्रका सरोकारवालाहरुले लामखुट्टे रहित प्रदेश बनाउने प्रतिबद्धता जनाएका हुन् । स्वास्थ्य मन्त्रालयले उष्ण प्रदेशीय रोगलाई रोकथाम तथा नियन्त्रणका लागि नीति र योजना तर्जुमा गरेको छ । सहभागीहरुले गर्मी समयमा देखा पर्ने रोग, कीटजन्य रोगको उपचारबारे छलफल गरे । उनीहरुले जलवायु परिवर्तनका कारण नयाँ–नयाँ रोग देखा परेको र पहिलेदेखि भइरहेको रोग विस्तार भएको निष्कर्ष निकालिएको छ । कार्यशालाको गण्डकी प्रदेशकी स्वास्थ्य… पुरा पढौ

गण्डकी प्रदेशमा खुल्यो १००२ जनालाई जागिर

पोखरा, १६ कात्तिक । गण्डकी प्रदेश लोक सेवा आयोगले एकै पटक ठुलो संख्यामा कर्मचारीका लागि विज्ञापन खुलाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृत दरबन्दी अनुसार प्रदेश लोक सेवाले बुधबार प्रदेश र स्थानीय तहको मागलाई ध्यान दिएर विज्ञापन खुलाएको हो । विभिन्न तहमा आन्तरिक बढुवा समेत गरी आयोगले १ हजार २ जना कर्मचारीका लागि विज्ञापन खुलाएको छ । आयोगले प्रदेश निजामती सेवा र स्थानीय सेवाका अधिकृत सातौं र सहायक पाचौं तहका प्राविधिक तथा अप्राविधिक पदहरूको अन्तर तह, खुला… पुरा पढौ

खेल र पत्रकारिताको क्षेत्र व्यापारीकरण होईन,व्यवसायीक हुनुपर्छ : मन्त्री सिंखडा

पोखरा १५ कार्तिक। गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले खेल क्षेत्रमा व्यापारीकरण गर्न दिन नहुने बताएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बुधबार पोखरामा आयोजना गरेको पाँचौ साधारण सभा तथा विधान अधिवेशनमा बोल्दै उनले खेल क्षेत्रलाई व्यापारीकरण हुनबाट रोक्न नसके यो क्षेत्र पछाडि पर्ने बताइन् । ‘खेल क्षेत्रमा व्यापारीकरण गर्न दिनु हुँदैन, पत्रकारले व्यापारीकरण हुनबाट रोक्नुपर्छ, रोक्न नसके उत्कृष्ट क्षेत्र हुँदाहुँदै पनि खेल क्षेत्र पछाडि पर्छ’ उनले भनिन् । खेल क्षेत्र र पत्रकारिता क्षेत्र व्यवसायीक रुपमा… पुरा पढौ

महासचिव गुटेरेसद्वारा जलवायु परिवर्तनको असर न्यूनीकरणमा सहयोग गर्ने प्रतिबद्धता

पोखरा १४, कार्तिक संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल भ्रमणमा रहेका महासचिव गुटेरेसले आज पोखरा विमानस्थलमा पत्रकारहरु माझ संक्षिप्त कुरा राख्दै उक्त कुरा बताएका हुन् । आज बिहान अन्नपूर्ण आधार शिविर(एबीसी) पुगेका उनले विकसित तथा औद्योगिक राष्ट्रका कारण जलवायु परिवर्तन भइरहेको बताउँदै त्यसको नतिजा नेपालले भोगिरहेको उल्लेख गरे । जलवायु परिवर्तनको बढ्दो असरका सन्दर्भमा नेपालको त्यस बिषयमा भूमिका नभएको उनको भनाई थियो । विश्वव्यापी तापमान वृद्धिका कारण हिमाली… पुरा पढौ

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियोलाई पोखरामा यसरी गरियो स्वागत

दीननाथ बराल पोखरा १३, कार्तिक जनवरी एक तारिख देखि प्राय सुनसान भएको पोखरा विमानस्थलमा सोमबार निकै तामझामका साथ रातको कार्पेट समेत विच्छाइएको थियो । पोखरा अन्तराष्ट्रिय विमानस्थल करिब ११ महिना संचालनमा आएसंगै सानो तथा हेलिकोप्टर एवं अल्ट्रालाइटको मात्र हवाई उडान गर्दै आएको जहाँ भिआईपि खासै नआएको सन्दर्भमा प्रायः सुनसान जस्तै भएको पुरानो विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस हेलिकोप्टरबाट आएसंगै निकै तामझाम गरिएको थियो । महासचिव गुटरेस सोमबार नेपाली सेनाको हेलिकोप्टर मार्फत पोखरामा ओर्लीदा निकै तामझामका साथ स्वागत गरिएको थियो… पुरा पढौ

पोखरामा रगत अभाव, सोमबार बिहान जिरो किमिमा रक्तदान कार्यक्रम हुने

सागर सुनार पोखरा, १२ कात्तिक पोखरामा रगत अभाव भएको छ । विरामीको शल्यकृया र रगत कम भएकाहरुका लागि आवश्यक पर्ने रगत अभाव भएको प्रादेशिक रक्तसंचार सेवा केन्द्र कार्यालयका प्रमुख अर्जुन ज्ञवालीले बताए । उनले दैनिक पोखरामा ७० युनिट रगत खपत हुने गरेकोमा दशैको बेला रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको बताए । उनले कात्तिक १० र ११ गते रक्तदान कार्यक्रम भएपनि जम्मा ५० युनिट मात्र संकलन भएको बताए । रगत अभावलाई कम गर्न अभिभावक गृहले सोमबार रक्तदान कार्यक्रमको आयोजना गरेको… पुरा पढौ

प्रतिभामा कोड फेस्टिभल सुरु

पोखरा, कात्तिक १२ पोखरा नदिपुर स्थित प्रतिभा माविमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुका लागि प्रतिभा कोड फेस्टिभल सुरू भएको छ । कार्तिक १२ देखि २४ गतेसम्म सञ्चालन हुने फेस्टिभलमा ४८ विद्यार्थी सहभागी छन् । कक्षा ६ देखि ९ सम्मका विद्यार्थीलाई कोडिङ ज्ञानका लागि कार्यक्रम आयोजना गरिएको हो । उक्त फेस्टिभलको उद्घाटन गर्दै विद्यालयका प्राचार्य किरण सापकोटाले अहिलेको प्रविधिको युगमा अन्तर्राष्ट्रिय स्तरमै प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने कुरामा प्रतिभा कोड फेस्टिभल कोशेढुंगा हुने विश्वास व्यक्त गरे । यो… पुरा पढौ

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो सोमबार पोखरामा आउने भव्य स्वागत गर्ने तयारी

दीननाथ बराल पोखरा १२, कार्तिक संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस सोमबार पोखरा आउने भएसंगै उनलाई भव्य स्वागत गर्ने तयारी गरिएको छ । चार दीन नेपाल भ्रमणमा आएका महासचिव गुटरेस औपचारिक भ्रमणका क्रममा सोमबार पोखरा आउने कार्यक्रम तय भएसंगै उहाँलाई पोखराका पर्यटन व्यवसायी र पोखरा महानगरपालिका सहितका संघ संस्थाले पन्चे बाजा गाजा सहित भव्य स्वागत गरिने भएको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले एटुजेडलार्ई बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा आइतबार काठमाण्डौं आएका महासचिव गुटरेसलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय… पुरा पढौ

हरित यातायात प्रणाली विकास सम्बन्धी प्रशिक्षणमा सहभागी हुन महानगरको टोली कोरियामा

पोखरा, १२ कात्तिक हरित यातायात प्रणाली विकास परियोजना बारे कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ९केआरआरआई० द्वारा कोरियामा आयोजित हरित यातायात सम्बन्धी व्यावसायिक प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको नेतृत्वमा जनप्रतिनिधि सहित ९ सदस्यीय प्राविधिकहरूको टोली त्यस तर्फ प्रस्थान गरेको छ । टोलीमा प्रमुख प्रशासकीय अधिकृत थापा सहित कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री, महानगरपालिकाको यातायात व्यवस्थापन समितिका उपाध्यक्ष अमृत शर्मा तिमिल्सीना, ई।सुरेन्द्र पौडेल, ई।ध्रुवराज भट्टराई, लेखा अधिकृत अर्जुन बराल, योजना अनुगमन महाशाखा प्रमुख कृष्ण… पुरा पढौ