पोखरामा प्लाष्टिकका फुुल गुच्छा र माला बिक्रीतिरणमा रोक, ४० हजार जरिवाना, १ लाख १० हजारको माला जफत
पोखरा, कात्तिक २० गते पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य माला, फूल गुच्छाको उत्पादन आयात र बिक्री वितरणमा रोक लगाएको छ । महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा सोमबार पोखराका १२ वटा पसलहरुमा अनुगमन गर्दै रोक लगाएको हो । महानगरले गत वर्ष पनि अनुुगमन गरेर बिक्रीवितरण नगर्न अनुरोध गरेको थियो ।गत गर्ष बिक्री वितरण नगर्न अनुरोध गरिएका ७ पसललाई कारबाही र ४० हजार जरिवाना गरिएको छ भने १ लाख ९ हजार ९ सय १० रुपैयाँ बराबरको फुलका माला…
पुरा पढौ
भाइटीकाको उत्तम साइत १०ः५१ बजे
पोखरा २० कार्तिक । यस वर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०स्५१ बजे परेको छ । नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएका हुन् । हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ । साइतमा टीका लगाउन नभ्याउनेहरुले साँझसम्म टीका लगाउने चलनसमेत छ ।
पुरा पढौ
जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युडको भूकम्प
पोखरा २० कार्तिक। पोखरामा भूकम्पको धक्का महशुस गरिएको छ । सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का पोखरामा समेत महशुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामिडाँडालाई केन्द्रविन्दु बनाएर ५.८ म्याग्निच्यूडको भूकम्प गएको हो । यसबारेमा विस्तृत विवरण आउन बाँकी छ । यसअघिपनि गत शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
पुरा पढौ
खल्तीबाट वर्ल्डलिङ्कको बिल तिर्दा दुबई घुम्ने मौका लेखनाथका अनिशलाई
पोखरा २०, कार्तिक पोखराका अनिश कुवँरले खल्ती वालेटबाट वर्ल्डलिङ्कको इन्टरनेटको बिल तिर्दा दुबई टुर जितेका छन् । खल्तीले वर्ल्डलिङ्कका ग्राहकलाई लक्षित गर्दै ल्याएको “खल्तीबाट वर्ल्डलिंकको पेमेन्ट गरेर दुबई घुमौं रमेर” अफर अन्तर्गत पोखरा – २६, सक्नेरीका कुवँरले लक्की ड्र मार्फत ‘दुबई टुर’ जितेका हुन् । ुुखल्तीबाट पेमेन्ट गर्दा दुबई घुम्न जाने अवसर पाइन्छ भनेर बुझेको चाहिँ थिएँ, तर आफैंलाई परेको भन्दा विश्वास लागेको थिएनुु आफ्नो जोडीसहित दुबई घुम्ने अफर पाएपछि उनले भने । वर्ल्डलिङ्कको इन्टरनेट बिलको भुक्तानी खल्तीबाट गर्नेमध्ये २४…
पुरा पढौ
गण्डकी प्रदेशस्तरिय राष्ट्रपति कप रनिङ शिल्ड पुष २६ गते देखि सुरु हुने
पोखरा २०, कार्तिक गण्डकी प्रदेशस्तरिय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता आगामी पुष २६ देखि २८ सम्म गते देखि हुने भएको छ । गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजक समितिको बुधबार पोखरामा बसेको बैठकले उक्त निर्णय गरेको हो । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माको अध्यक्षतामा बसेको बैठकले पुषको दोश्रो साता सम्म सबै जिल्लास्तरिय प्रतियोगिताहरु सम्पन्न गर्ने गरि निर्णय समेत गरेको छ । उक्त प्रतियोगिता आयोजना गर्नका लागि स्थान तय गर्न सदस्य सचिब शर्माको संयोजकत्वमा एक कार्यदल गठन…
पुरा पढौ
पोखरा १३ का १०९ जनालाई विपन्न तथा मजदुरले पाए निशुल्क स्वास्थ्य बिमा कार्ड
पोखरा २०, कार्तिक पोखरा १३ का विपन्न तथा मजदुरले निशुल्क स्वास्थ्य बिमा कार्ड पाएका छन् । वडा कार्यालय परिसरमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उनीहरुलाई स्वास्थ्य बिमा कार्ड हस्तान्तरण गरिएको हो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक भरत खत्रीको प्रमुख आत्थ्यितामा वडाका १०९ जना विपन्न तथा मजदुरले निशुल्क स्वास्थ्य बिमा कार्ड प्राप्त गरेका छन् । कार्यक्रममा बोल्दै खत्रीले वडाले राम्रो काम गरेको बताए । निशुल्क स्वास्थ्य बिमा कार्ड विपन्न र मजदुरलाई उपलब्ध गराएपछि अब पैसाको अभावमा उपचारबाट वञ्चित हुनुपर्ने अवस्था नआउने…
पुरा पढौ
पोखराको पश्चिमाञ्चल क्याम्पसमा पहिलोपटक कम्प्युटरबाट बिई÷बिआर्क प्रवेश परिक्षा
पोखरा २०, कात्तिक पोखराको लामाचौरस्थित त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा पहिलोपटक कम्प्युटरमा आधारित बिई÷बिआर्कको प्रवेश परीक्षा सञ्चालन गरिएको छ । विगत ९ बर्षदेखि काठमाडौँमा सो विषयको प्रवेश परीक्षा सञ्चालन हुँदै आएकोमा पहिलो पटक काठमाडौँ बाहिर समेत परीक्षा लिइएको हो । विसं २०७१ साल देखि इन्जिनियरिङ अध्ययन संस्थानका तत्कालिन डीन प्रा. डा. भरतराज पहारीको नेतृत्वमा प्रविधियुक्त नयाँ विधिमा आधारित प्रवेश परीक्षाको शुरुवात गरिएको थियो । पोखरामा पहिलोपटक प्रवेश परीक्षा सञ्चालन गर्न पाउँदा खुशी लागेको पश्चिमाञ्चल क्याम्पसका प्रमुख निर्मल बरालले…
पुरा पढौ
गण्डकी प्रदेशले भुकम्प पीडितका लागि १ करोड दिने
पोखरा २०, कार्तिक गण्डकी प्रदेशले जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्प प्रभावितहरुलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । आईतवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भुकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनकालागि गण्डकी प्रदेश सरकारको तर्फबाट कर्णाली प्रदेश सरकारलाई एक करोड सहयोग गर्ने निणर्य गरेको हो । ‘भुकम्पले कर्णाली प्रदेशमा ठुलो मानवीय र भौतिक क्षति भयो, एउटा प्रदेशका नागरिकलाई विपद् पर्दा अर्कोले सहयोग गर्नुपर्छ भनेर हामीले एक करोड दिने निर्णय गरेका हौँ’ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज…
पुरा पढौ
सेल्फ ट्यालेण्ट राउण्डमा मिस मगर प्रतियोगीका विभिन्न प्रस्तुती
पोखरा,२० कार्तिक छैठौं संस्करणको मिस मगर नेपाल–२०२३ का अन्तिम १० प्रतिस्पर्धीले सेल्फ ट्यालेण्ट राउण्डमा आ–आफ्ना विभिन्न प्रस्तुती राखेका छन् । शनिबार होटल पोखरा ग्राण्डमा आयोजित सेल्फ ट्यालेण्ट राउण्ड कार्यक्रममा अधिकांशले नृत्य प्रस्तुत गरे भने केही कविता वाचन, अभिनय र विषयगत प्रस्तुती राखे । पूर्वको उदयपुरदेखि पश्चिमको सुर्खेतसम्मका मिस मगर नेपालका प्रतियोगीले आ–आफ्ना अन्तरनिहित प्रतिभा प्रस्तुत गरेका हुन् । सेल्फ ट्यालेण्ट राउण्डको प्रमुख निर्णायकमा मेजन पुन, निर्णायकत्रयमा गोविन्द पुन, शान्ति श्रीस र दिलीप राना रहनुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी…
पुरा पढौ
फेदीखोला समाजको अध्यक्षमा लामिछाने
पोखरा २०, कार्तिक वृहत फेदीखोला पोखरा सम्पर्क समाजको चौंथो बार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले जगदिश लामिछानेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समाजको प्रथम उपाध्यक्षमा विजय पौडेल, दितिय उपाध्यक्षमा लाल कार्की अन्जान, सचिवमा मिनप्रसाद सुवेदी, सहसचिवमा कुलबहादुर रानाभाट (मन), कोषाध्यक्षमा जितबहादुर क्षेत्री (राजकुमार) र सदस्यहरुमा रोहिणी पौडेल, देवीका कार्की अधिकारी, प्रेमसागर पौडेल, सिता तिमिल्सिना, नरेन्द्र कार्की, गंगा पराजुली कुँवर, दिपेन्द्र पौडेल, अभिषेक सुवेदी र अनिश गौतम चयन भएका छन् । नयाँकार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई…
पुरा पढौ

