समाज

एनआरएनएको सहकार्यमा पोखरालाई आईटि सिटि बनाउने डा.महाविर पुनको अभियानमा सहयोग गछौंः उपाध्यक्ष शेरचन

दीननाथ बराल पोखरा ९, कार्तिक गैर आवासिय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित उपाध्यक्ष रोविन शेरचनले पोखरालाई आईटि सिटि(शहर) बनाउने डा. महाविर पुनको अभियानमा सहयोग गर्ने बताउनु भएको छ । उपाध्यक्ष शेरचन बुधबार पोखरामा केही उद्योगी व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुसंगको भेटघाट गर्न पोखरा आएको सन्दर्भमा हाम्रा संवाददाता दीननाथ बरालसंगको छोटो कुराकानीमा उक्त कुरा खुलसा गर्नु भएको हो । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहनु भएका डा.पुनको पोखरालाई आईटि सिटि बनाउने अभियानमा एनआरएनएको साथ र सहयोग रहने दाबी गर्दै उपाध्यक्ष शेरचनले… पुरा पढौ

खेलकुद पत्रकार मञ्च गण्डकीले ग¥यो पूर्व अध्यक्ष घलेलाई स्वागत, पोखरा स्पोट्र्स अवार्डलाई सफल पार्न सहयोग गर्छुःःघले

कार्तिक ९, पोखरा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पूर्व अध्यक्ष मोहन घलेलार्ई विहिबार स्वागत गरेको छ । विगत केही वर्षदेखि जापानमा बस्दै आएका नेपाल पत्रकार महासंघ जापानका निवर्तमान अध्यक्ष समेत रहेका घलेलाई पोखरा आएको अवसरमा मञ्च गण्डकीले पोखरा रंगशालाको मिडिया सेन्टरमा स्वागत गरेको हो । मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल सहितको टोलीले पूर्व अध्यक्ष घलेलाई खादा सहित मायाको चिनो उपहार दिनु भएको थियो । कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष घलेले मञ्चले गरिरहेका गतिविधिको प्रशसा गर्दै अझ उत्कृष्ट कार्यसम्पादन गर्न सुझाव दिनु… पुरा पढौ

सुनसान पोेखरा (फिचर फोटो)

दीननाथ बराल पोखरा ८, कार्तिक पोखरामा दशैं टिकाको भोलि पल्ट आज(बुधबार) सुनसान जस्तै भएको छ । पोखरा क्षेत्रका मुख्य चोकमा रहेका व्यपारीक पसलहरु प्रायः वन्द नै रहेकाछन् ।   एकाद दुई मिठाई पसल त केही फेन्सी पसल बाहेक अन्य प्रायः अधिकांश पसलहरु बन्द हुँदा पोखरा सुनसान जस्तै भएको व्यवसायीहरु बताउनु हुन्छ । दशैं टिकाको भोलिपल्ट पनि केहीले टिका थाप्ने क्रम जारी रहेको छ भने केही आफ्नो कर्म थलोमा फर्किन समेत सुरु भएको छ । पोखराका व्यस्त बजारहरुमा हाल, महेन्द्रपुल, चिप्लेढुंगा,… पुरा पढौ

पोखरा सहित गण्डकी प्रदेशको विकासको लागि पहल गर्छुः एनआरएनएका उपाध्यक्ष शेरचन, पोखरामा शेरचनलाई स्वागत तथा बधाई ज्ञापन

दीननाथ बराल पोखरा ८, कार्तिक गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित उपाध्यक्ष रविन शेरचनले पोखरा सहित गण्डकी प्रदेशको विकासको लागि बिषेश पहल गर्ने बताउनु भएको छ । मुस्ताङमा जन्मिएर पोखरामा प्रबेसीका परिक्षासम्मको अध्ययन गर्नु भएको उपाध्यक्ष शेरचन निर्वाचित भयर पहिलो पटक पोखरा आएसंगै उहाँलाई पोखरा अन्तराष्ट्रि विमानस्थल देखि बिद्यालयसम्म स्वागत गर्न आयोजित कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।      स्वागत कार्यक्रममा वोल्दै उपाध्यक्ष शेरचनले आफु अध्ययन गरेको गण्डकी बोर्डिङ स्कुलको भौतिक पूर्वाधार निर्माण देखि गुणस्तरिय शिक्षाको विकासको… पुरा पढौ

भारत हरिद्धारको धार्मिक पर्यटकको जम्बो टिम विशाल महादेव मूर्ति अवलोकन गर्न (फिचर फोटो)

दीननाथ बराल पोखरा ८, कार्तिक केही समय अघि भारतबाट एकै समूहमा ६ सय बढीको धार्मिक पर्यटकको आगमन भएको अवस्थामा पुनः १ सय ५० जनाको अर्को धार्मिक पर्यटकको टिम आगमन भएको छ । पछिल्लो समयमा पोखरामा भारतबाट धार्मिक पर्यटकहरु समूह-समूहमा आउने क्रम जारी छ ।    यसैक्रमा भारतको हरिद्धारबाट १ सय ५० जनाको एक जम्बो टोली पोखरा २२ को पुम्दीभुम्दीस्थित पुम्दीकोट बिशाल महादेवको मुर्तिको अवलोकन गर्नु भएको छ । पाँच दिने नेपालको धार्मिक सहित पर्यटकीय स्थलको अवलोकन गर्न निस्केको उक्त टोली… पुरा पढौ

प्रधानमन्त्री प्रचण्डद्धारा एसिसी यु–१९ प्रिमियर कपका विजेता खेलाडीलाई बधाई ज्ञापन

पोखरा ७, कार्तिक प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड) ले एसिसी यु–१९ प्रिमियर कपका विजेता नेपाली खेलाडीलाई बधाई ज्ञापन गर्नु भएको छ । प्रधानमन्त्री प्रचण्डले खेलाडीहरुको उत्कृष्ट प्रदर्शनप्रति सामाजिक संजाल मार्फत धन्यवाद दिँदै उहाँले नेपाली क्रिकेट टोलीले गर्विलो उपाधि जित्न सकेको उल्लेख गर्नुभएको हो। मलेसियाको क्वालालाम्पुरमा आज भएको एसिसी प्रिमियर कपको अन्तिम प्रतिस्पर्धामा नेपाली खेलाडीले युएईलाई पराजित गरेको थियो । आज (मंगलबार) टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर यूएईलाई २ सय ८१ रनको लक्ष्य दिएको थियो… पुरा पढौ

दशैंको दीनमा पोखराका सडक पेटिमा रहेका तथा मजदुरलाई खानाको व्यबस्था गर्दै युवा व्यवसायी खतिवडा

दीननाथ बराल पोखरा ७, कार्तिक नेपालीहरुको महान पर्व बडा दशैंको दिन (मंगलबार) प्रायः अधिकांश व्यक्तिहरु आफ्ना आफन्तहरु कहाँ पुग्ने भेटघाट गर्दै मान्यजनहरुबाट टिका जमराको साथमा आर्शिरबाद थाप्न भ्याई नभ्याई भएको अबस्थामा पोखराका एक युवा व्यवसायी भने फरक ढंगले दशैं मनाउनु भएको छ । दशैंको टिकाको दिन सुरुमा आफ्नो घर परिवारमा टिका लगाए लगत्तै पोखराका सडक भेटिमा रहेका तथा दशैंमा एक छाक मिठो खान समेत समस्यामा परेका मजदुरहरुलाई एक छाक खाना खुवाउदै दशैं मनाउनु भएको हो पोखराका एक युवा व्यवसायी युवराज… पुरा पढौ

दशैं पर्वको रौनकः

पोखरा ७, कार्तिक बडा दशैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले हर्स उल्लाहासका साथ आफु भन्दा ठुलाको मान्यजनबाट टिका तथा जमरा सहित आर्शिरबाद लिनु भएको छ । स्वदेश तथा विदेशमा आफु भन्द्या ठुला मान्यजनाबाट टिका तथा जमरा लिदै विभिन्न व्यक्ति तथा परिवारका सदस्यहरु ।   तष्विर सामाजिक संजाल पुरा पढौ

आज दशैँको मुख्य दिन विजयादशमी, टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

कार्तिक ७ पोखरा । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ बजेर २ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु… पुरा पढौ

पोखरामा ५० हजारका भेंड च्यांग्रा १६ हजार मै

दिननाथ बराल पोखरा ६, कार्तिक सायद सुन्दा अचम्म लाग्न सक्छ तर अचम्म मान्नु पर्दन । दशै टिकाको अघिल्लो दिन सोमबार पोखरामा बिहानसम्म ५० हजारमा बिक्रि भएका भेंडा च्यांग्रा जस बेलुका हुन थाल्यो तव १६ हजारसम्ममा भेंडा च्यांग्रा बिक्रि हुन थालेको छ । मुस्ताङ, डोल्पा, बजाङ लगायतका क्षेत्रबाट पोखरामा बिक्रिको लागि ल्याएका भेंडा च्यांग्रा अघिल्ला बर्षको तुलनामा यस बर्ष निकै कम खपत भए पछि व्यवसायीहरु वाक्क भएर निकै सहुलियत दरमा बिक्रि गर्न थालेको व्यवसायीहरुले एटुजेडलाई बताउनु भयो । किन घाटा खायर… पुरा पढौ