पोखरा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगिता अन्र्तगत बुधबार प्रिक्वाटरफाइनलका ६ खेल सम्पन्न

-


     पोखरा क्लिक     
     माघ २४ गते २०८० मा प्रकाशित


पोखरा २४, माघ

पोखरामा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० अन्र्तगत आज (बुधबार) प्रि—क्वाटरफाइनलका ६ खेलहरु सम्पन्न भएका छन् । बुधबार भएको खेलमा सारङ राना, मोती पाख्रिन, विकास महर्जन, आयुष गौतम, रेगन श्रेष्ठ र नितेश खान्देवाल विजयी हुदै क्वाटरफाइनलमा प्रबेश गरेका छन्।

बुधबार भएको पहिलो प्रि क्वाटरफाइनलमा वुटवलका सारङ रानाले काठमाण्डौंका विकास श्रेष्ठलाई ४–० को सोझो सेटमा पराजित गरे । अर्को खेलमा काठमाण्डौंका मोती पाख्रिनले काठमाण्डौंका विनोद श्रेष्ठलाई ४–० को सोझो सेटमा पन्छाए भने पोखराका विकास महर्जनले हेटौंडाका सोम लामालाई ४–२ को सेटमा पराजित गरे । त्यस्तै अर्को खेलमा इटहरीका आयुष गौतमले काठमाण्डौंका अजय सुनारलाई ४–३ को सेटमा पराजित गर्दा अर्को खेलमा अन्तर्राष्ट्रिय खेलाडी काठमाडौंका रेगन श्रेष्ठले पोखराका अनिल सुनारलाई ४–२ को सेटमा पराजित गरे ।

बुधबारको अन्तिम खेलमा हेटौंडाका नितेश खान्देवालले पोखराका सोम बि.क.लाई ४–३ को सेटमा पराजित गरे । खेल वेष्ट अफ सेभेनमा भएको हो । प्रतियोगिता अन्र्तगत विहिबार क्वाटरफाइनलका खेलहरु हुने भएको आयोजक फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.का अध्यक्ष एवं खेलाडी सोम बि.क.ले बताए ।

यही माघ २८ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा १ सय २३ जना खेलाडीहरु सहभागि भएको प्रा.लि.का संचालक मध्यका एक प्रताप गुरुङले बताए । प्रतियोगितामा प्रतियोगितामा विजेता हुने खेलाडीलाई १ लाख ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ । त्यसै गरी प्रतियोगितामा उपविजेतालाई ७० हजार र तेश्रो हुने दुई जना खेलाडीलाई जनही २०÷२० हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको हो । उक्त प्रतियोगिताको मुख्य सहयोग पोखरा महानगरपालिकाले गरेको आयोजकले जनाएको छ ।