दीननाथ बराल
पोखरा २३, माघ,
पोखरामा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० अन्र्तगत भोलि (बुधबार) देखि प्रि—क्वाटरफाइनलका खेलहरु हुने भएका छन्। प्रतियोगिता अन्र्तगत मंगलबार ४ वटा तेश्रो चरणका र दुई वटा प्रिक्वाटरफाइनलका खेलहरु भएको आयोजक फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.का अध्यक्ष एवं खेलाडी सोम बि.क.ले बताए । बुधबार क्याटरफाइनलका खेलहरु हुने भएको उनले जनाए ।
अन्तराष्ट्रिय नेपाली खेलाडी रेगन श्रेष्ठ उक्त प्रतियोगिताको प्रि क्वाटरफाइनलमा प्रबेश गरेका छन्। आज (मंगलबार) भएको खेलमा काठमाण्डौंका रेगनले पोखराका खुसिमान गुरुङलाई ४—० को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । त्यसै गरी अर्को खेलमा काठमाण्डौंका अजय सुनारले पोखराका प्रबेश रेग्मीलाई ४—० को सोझो सेटमा पराजित गर्दा काठमाण्डौंका सोम लामाले पोखराका शाहिल गुरुङलाइ ४—३ को सेटमा पन्छाए भने अन्तिम तेश्रो चरणको खेलमा पोखराका विकास मर्हजनले पोखराका यूके गुरुङलाई ४—० को सोझो सेटमा पराजित गरी प्रि क्वाटरफाइनलम यात्रा बनाए ।
त्यसतै मंगलबार भएको प्रिक्वाटरफाइनल खेलमा काठटमाण्डौंका वानस्यु तामाङले काठमाण्डौंका काठमाण्डौंकै दिनेशराज भण्डारीलाई ४—० को सोझो सेटमा पराजित गरी क्वाटरफाइनलमा यात्रा बनाए । मंगलबारको अन्तिम खेलमा काठमाण्डौंका राजन लामाले विराटनगरका सरोज गौंतमलाई ४—२ को सेटमा पराजित गर्दै क्वाटरफाइनलमा यात्रा बनाएका हुन्।
सोमबारको खेलमा विकास श्रेष्ठ, विनोद श्रेष्ठ, मोती पाख्रिन, अनिल सुनार, सोम बि.क. र सारङ्ग राना विजयी हुदै प्रि—क्वाटरफाइनलदमा प्रबेश गरेका थिए । यही माघ २८ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा १ सय २३ जना खेलाडीहरु सहभागि भएको प्रा.लि.का संचालक मध्यका एक प्रताप गुरुङले बताए ।
प्रतियोगितामा प्रतियोगितामा विजेता हुने खेलाडीलाई १ लाख ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ । त्यसै गरी प्रतियोगितामा उपविजेतालाई ७० हजार र तेश्रो हुने दुई जना खेलाडीलाई जनही २०÷२० हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको हो । उक्त प्रतियोगिताको मुख्य सहयोग पोखरा महानगरपालिकाले गरेको आयोजकले जनाएको छ ।