
पोखरा २३, माघ
ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्षमा जगतबहादुर पोखरेल चयन भएका छन् । उनलाई नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले हालै आयोजित एक समारोहका बिच पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

माइक्रो इन्स्योरेन्सका अध्यक्ष पोखरेल भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको कार्यकारी अध्यक्ष हुन भने प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल ललितपुरमा शपथ गराइएको छ । भिजन लुम्बिनीले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना बनाइरहेको छ ।