समाज

पोखराको लेकसिटी कलेजमा विद्यार्थीका लागि पढ्दै कमाउदैँ परियोजना सुरु

पोखरा, पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेण्टरले आफ्ना विद्यार्थीहरुका लागि नयाँ कार्यक्रम पढ्दै कमाउदैँ परियोजना शुरु गरेको छ । परियोजना अन्तर्गत कलेजका विद्यार्थीहरुले पोखराका विभिन्न संघसंस्था र समुदायमा पुगेर व्यवहारिक ज्ञान र सीप सिक्ने छन् । उनीहरुलाई लेकसिटी कलेजले पारिश्रमिक उपलब्ध गराउने छ । विद्यार्थीहरुले पोखराका विभिन्न संघसंस्था र समुदायमा पुगेर अध्ययन र अनुसन्धान गर्नेछन् । मंगलबार कलेज परिसरमा आयोजित कार्यक्रममा परियोजनामा सहभागी विद्यार्थीहरुलाई नियुक्तीपत्र प्रदान गरिएको छ । परियोजनामा लेकसिटी कलेजका ६ जना विद्यार्थीहरु नियुक्त भएका छन् । स्नातक… पुरा पढौ

रातोपैह्रामा पहिलो पटक सामुहिक लाखे नाच प्रदर्शन

गण्डकी, २७ साउन, पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रामा पहिलो पटक सामुहिक लाखे नाच प्रदर्शन गरिएको छ । रातोपैह्रा लाखे खलः द्धारा आयोजना गरिएको सो कार्यक्रममा विभिन्न स्थानका छ वटा लाखे नाच प्रदर्शन गरिएको थियो । अन्तराष्ट्रिय पर्वतीय संग्रहालयको पर्खाल वाहिरको खाली जग्गामा स्थानीय पहलमा निर्माण गरिएको चौतारामा प्रदर्शन गरिएको लाखे नाच हेर्नका लागि विभिन्न स्थानबाट हजारौको संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो । पोखराका नेवार समुदायले घण्टाकर्णदेखि श्रीकृष्ण जन्माष्टमी पर्वसम्म पन्ध्र दिन प्रदर्शन गरिने यो नाचमा विशेष गरि ढोलक भ्mयाम्टाको… पुरा पढौ

पोखरामा शुक्रबार ‘पोखरा डिजाईनर्स फेसन वीक’ हुने

पोखरा, २७ साउन, पोेखरामा आउँदो शुक्रबार ¥याम्प, ग्ल्यामर र सिर्जनशीलताको केन्द्र बन्ने भएको छ । बुटिक एशोसिएसन नेपालको आयोजनामा आगामी शुक्रबारदेखि ‘पोखरा डिजाईनर्स फेसन वीक–२०२५’ सुरु हुँदैछ । मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत आयोजकले यसबारे जानकारी दिएका हुन्। एशोसिएसनका अनुसार फेसन वीकमा स्थानीय तथा राष्ट्रिय स्तरका ख्यातिप्राप्त डिजाइनरहरूले आफ्ना नवीनतम कलेक्सन प्रस्तुत गर्नेछन्। कार्यक्रममा विशेष रूपमा स्थानीय कपडा, परम्परागत ढाँचा र आधुनिक फेसन ट्रेन्डको संयोजनमार्फत नयाँ र आकर्षक डिजाइन प्रदर्शन गरिनेछ। आयोजक बुटिक एशोसिएसन नेपालकी अध्यक्ष सुस्मा थापा पाण्डेले… पुरा पढौ

अन्तर्राष्ट्रिय युवा दिवसमा पोखरा–२२ मा लागू औषध, मदिरा दुरु पयोग नियन्त्रण र सरसफाइ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

पोखरा, २७ साउन, अन्तर्राष्ट्रिय युवा दिवस २०८२ को अवसरमा पोखरा महानगरपालिका–२२ वडा युवा परिषदको आयोजनामा मङ्गलबार “लागूऔषध तथा मदिरा दुरुपयोग नियन्त्रण र व्यक्तिगत सरसफाइ” विषयक विशेष सचेतना कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम पोखरा–२२, भुम्दीस्थित श्री ओखलेडाँडा भुम्दीकोट माध्यमिक विद्यालयमा आयोजना गरिएको थियो, जहाँ कक्षा ७, ८, ९ र १० का गरी करिब ६० जना विद्यार्थी तथा युवाहरूको सक्रिय सहभागिता रहेको थियो। वडा युवा परिषद–२२ का अध्यक्ष दिनेश बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि पोखरा–२२ का वडा अध्यक्ष हिमलाल बराल, विशेष… पुरा पढौ

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकार राम गुरुङ र कैलाशबाबु श्रेष्ठ सम्मानित

पोखरा, २७ साउन, कञ्चन पत्रकारिता पुरस्कार २०८२ बाट कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार कैलाशबाबु श्रेष्ठ (सुशिल) सम्मानित भएका छन् । पोखराका व्यवसायी बिमलमान गुभाजू तथा उनको परिवारद्धारा आमा स्व.नेत्रकुमारी गुभाजू तथा बाबा स्व.वेदमान गुभाजूको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले मंगलबार पत्रकार गुरुङ र श्रेष्ठलाई प्रदान गरेको हो । पुरस्कृत पत्रकारहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पुरस्कार दाता बिमलमान गुभाजु र उनको परिवार, फोनिज गण्डकी अध्यक्ष खिमा कुमारी गुरुङ लगायतले दोसल्ला,… पुरा पढौ

पाल्पाको लाखे नृत्यमा रमाए पोखरेली

पोखरा, २७ साउन, पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा प्रदर्शन गरिएको छ । सिटिजन फर्निचर आयोजना एवं पाल्पाली समाजको व्यवस्थापनमा सोमबार राति न्यूरोडस्थित सिटिजन फर्निचर अगाडि प्रदर्शन गरिएको हो । करिब ४ घण्टासम्म चलेको नाच हेर्न दर्शकको ठूलो संख्यामा उपस्थिति रहेको थियो । विभिन्न भेषभूषामा सजिएका लाखे र भुच्चाको हाउभाउ कलात्मक थियो । लगातार बाजाको तालमा उनीहरु असिनपसिन भइ नाचेका थिए । पाल्पा र पोखराबीच कला, संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले गत वर्ष झैं यसपालि पनि सो कार्यक्रम गरिएको सिटिजन फर्निचरका संचालक… पुरा पढौ

योग गरेर निरोगी रहन सकिन्छ ः मेयर आचार्य

पोखरा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले योगको माध्यमबाट निरोग रहन सकिने वताएका छन् ।महिला पतञ्जली योग समिति कास्कीको आयोजनामा आज देखि सुरु भएको सह–योग शिक्षक तालिमको उद्घाटन गर्दै मेयर आचार्यले आफुले पनि समय निकालेर योग गर्ने गरेको वताए । उनले योगले शारीरिक र मानसिक तनाव कम गराउन मद्दत गर्ने भएकाले योग कक्षा संचालनको लागि महानगरले सहयोग गर्दै आएको वताए । १० दिन सम्म संचालन हुने उक्त तालिममा १०० भन्दा वढिले तालिम लिने अपेक्षा रहेको महिला पतञ्जली योग समिति कास्कीकी अध्यक्ष… पुरा पढौ

गुरुङ गहना घर प्रालिको खुला रक्तदानमा १ सय १४ युनिट रगत संकलन

पोखरा, गुरुङ गहना घर प्रालिले पोखरामा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ११४ युनिट रगत संकलन भएको छ । प्रालिका सञ्चालक सीमा गुरुङको जन्मदिनको अवसरमा पोखरा–९ न्यूरोडस्थित गुरुङ गहना घर प्रालिको प्राङ्गणमा भएको रक्तदानमा ११४ युनिट रगत संकलन भएको हो । रक्तदान सँगै साहित्यकार तीर्थ गुरुङलाई नगद र कदरपत्रसहित सम्मान गरिएको छ । ‘पाठशाला’ र ‘हिउँको गीत’ उपन्यासका लेखक गुरुङलाई नगद रु २० हजार रुपैयाँसहित सम्मान गरिएको हो । उनलाई प्रदेश सांसदहरु पञ्चराम गुरुङ, सरस्वती गुरुङ, गुरुङ गहना घर प्रालिका सञ्चालक… पुरा पढौ

नवआदर्श समाजमा जोडियो हिमश्री फुड्स, खुल्ला पुरुष भलिवलको टाइटल स्पोन्सर

पोखरा, नवआदर्श सामुदायिक विकास समाजले आयोजना गर्ने लामाचौर तीज महोत्सवलाई हिमश्री फुड्सले पनि साथ दिने भएको छ । महोत्सवको मुख्य इभेन्ट खुला पुरुष भलिबल प्रतियोगिताको टाइटल स्पोन्सर सम्बन्धमा नवआदर्श र हिमश्री फुड्सबीच सम्झौता भएको हो । सम्झौता पत्रमा आयोजक तर्फबाट अध्यक्ष दिनेश भण्डारी र हिमश्री तर्फबाट महाप्रबन्धक शिव गिरीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । हिमश्री फुड्सकै मुख्य प्रायोजनमा पोखरामा २४ वर्षदेखि आहारारा पोखरा गोल्डकप चलिरहेको छ । रारा चाउचाउ हिमश्रीको मुख्य उत्पादन हो । नवआदर्शले आगामी भदौ ८ देखि १०… पुरा पढौ

पोखरामा गण्डकी प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको उद्घाटन

पोखरा, गण्डकी प्रदेशमा सञ्चार क्षेत्रको नियमन, पारदर्शिता र पेशागत पत्रकारिता प्रवद्र्धनलाई थप व्यवस्थित बनाउन स्थापना गरिएको प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको औपचारिक उद्घाटन सोमबार पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उक्त कार्यालयको उद्घाटन गर्दै लोकतन्त्रको मेरुदण्ड स्वतन्त्र प्रेस भएको उल्लेख गरे । प्रेस स्वतन्त्रतासँगै उत्तरदायित्व पनि अनिवार्य भएको भन्दै गण्डकी प्रदेश सरकारले प्रेस रजिष्ट्रार कार्यालयको स्थापना गरेको उनले बताए । पत्रकारिता व्यवसायमा कानुनी स्पष्टता, अभिलेख व्यवस्थापन र पारदर्शिता अभिवृद्धि गर्न उक्त कार्यालय अग्रसर रहने विश्वास उनको… पुरा पढौ