समाज

पोखरा लामाचौरमा ११ बर्ष देखि निरन्तर हुदै आएको राष्ट्रिय भलिबल प्रतियोगिता यस बर्ष स्थगित, वैकल्पिक रूपमा खुल्ला पुरुष र छात्रा भलिबल प्रतियोगिता हुने

दीननाथ बराल, पोखरा, २९ साउन, नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको ऐतिहासिक लामाचौर कप महिला राष्ट्रिय भलिबल प्रतियोगिता यस बर्ष स्थगित हुने भएको छ । पोखराको नव आदर्श सामुदायिक विकास समाजले आयोजना गर्ने उक्त प्रतियोगितामा न्यून टिमको सहभागिता हुने र आर्थिक अभावका कारण यस बर्ष उक्त प्रतियोगिता स्थगित हुने भएको समाजले जनाएको छ । समाजले विगत ११ बर्षसम्म निरन्तर रुपमा अयाोजना गरेको उक्त प्रतियोगिता यस बर्ष त्यसको विकल्पमा अन्तर बिद्यालय स्तरिय छात्रा भलिवल… पुरा पढौ

पोखरामा मेट्रो ग्रुपको सुभारम्भ

पोखरा,२९ साउन, पोखरामा मेट्रो गुप्र प्रालिको शुभारम्भ गरिएको छ । छिमेकी मुलुक चीन तथा थाइल्याण्ड र बंगलादेश लगायतका मुलुकहरुबाट ‘लेडिज एण्ड जेन्ट्स’को अन्डर गार्मेन्ट्सका सम्पूर्ण सामग्रीहरु आयात गरेर पोखरामा होलसेल बिक्री वितरण गर्ने उद्धेश्यले मेट्रो ग्रुपको स्थापना गरिएको हो । पोखरा महानगरपालिका–४ पन्थीगल्लीमा खुलेको मेट्रो ग्रुपको आज पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले उद्घाटन गर्नुभयो । पोखराका व्यवसायिक क्षेत्रमा स्थापित १७ जना व्यवसायी मिलेर ग्रुपको स्थापना गरेका हुन् ।गु्रपको स्थापनासँगै छिमेकी मुलुक चीनबाट पोखरामा सिधै सामानहरु आयात गर्ने र… पुरा पढौ

पर्यटन पत्रकारिता पुरस्कारबाट सुवेदी पुरस्कृत

पोखरा , महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)द्वारा सञ्चालित पर्यटन पत्रकारिता पुरस्कारबाट पाखराका पत्रकार गोविन्द सुवेदी पुरस्कृत भएका छन् । ओटेफको आज विहिबार) पोखरामा आयोजना भएको सातौं साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटन समारोहमा सुवेदीलाई उक्त पुरस्कार अर्पण गरिएको हो । कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई, ओटेफकी अध्यक्ष उमा रेग्मी भण्डारी लगायतले दोषल्ला, नगद १५ हजार र सम्मान पत्रले सम्मान गरेका थिए । पत्रकार सुवेदी केन्द्रखबर डटकमका प्रकाशक तथा सम्पादक हुन् । कार्यक्रममा पोखरा महानगरपालिकाका… पुरा पढौ

धम्पुस सत्लेमा तीज मेला हुने, मेलाका आर्कषणमा भलिवल र रस्सी तान्ने

पोखरा, साउन २९, हरितालिका तीजको अवसरमा हिमशिखर युवा क्लब धम्पुसले ९ औं हरितालिका तीज मेला तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम भदौ ९ गतेदेखि ११ गतेसम्म धम्पुस ७ सत्लेमा हुने जनाइएको छ । ‘विकासका लागि युवा’ भन्ने मूल मन्त्रका साथ स्थापित क्लबले स्थापना कालदेखि नै खेलकुद, पर्यटन, संस्कृति र सामाजिक चेतनामूलक गतिविधिहरू सञ्चालन गर्दैै आएको छ । यो वर्षको तीज मेला, अघिल्ला वर्षहरूभन्दा झन भव्य, व्यवस्थित र समावेशी हुने आयोजक भनाइ छ । आयोजकका अनुसार मेलामा स्थानीय… पुरा पढौ

पोखराको वरपीपल रिसोर्टले बिद्यार्थीलाई खेल पोशाक तथा शैक्षिक सामाग्रि हस्तान्तरण

सागर सुनार,पोखरा २९, साउन, पोखराको वरपिपल रिसोर्टले आफ्नो छैंटौं बार्षिकोत्सवको अवसरमा लमजुङ दोर्दी गाउँपालिकाको लक्ष्मी माविमा बिद्यार्थीहरुलााई खेल पोशाक सहित शैक्षिक सामाग्रि सहयोग हस्तान्तरण गरेको छ । रिसोर्टले आफ्नो सामाजिक उत्तरदाहित्व अन्र्तगत बिद्यालयमा १ सय २० जनालाई ट्याकसुट तथा टिसर्ट साथमा कपी सहयोग गरेको रिसोर्टका आवासिय प्रबन्धक पदम न्यौपानेले बताउनु भयो । रिसोर्टले आगामी दिनमा पनि समाजिक कार्य गर्दै जाने योजना रहेको उहाँले जनाउनु भयो । यसैबिच, बिहीबार रिसोर्टको छैटौं वार्षिकोत्सव अवसरमा आयोजित समारोहमा स्थापनाकालदेखि सेवा गर्दै आएका कर्मचारीलाई सम्मान… पुरा पढौ

सरोकारवालाहरुले भने —शान्ति–सुरक्षा बिना दिगो पर्यटन सम्भव छैन

दीननाथ बराल,पोखरा २८, साउन, पर्यटनको राजधानी पोखराको दिगो पर्यटन हासिल गर्न शान्ति र सुरक्षालाई पहिलो प्राथमिकता दिनैपर्नेू, पोखरामा बुधबार आयोजित छलफलमा पर्यटन, प्रशासन र सुरक्षा निकायका सरोकारवालाले जोड दिएका छन् । पोखरा भ्रमण वर्ष–२०२५ अभियान अन्तर्गत सुरक्षित पर्यटन, हाम्रो अभियान नारासहित बुधबार पोखरामा भएको कार्यक्रममा सहभागिहरुले आन्तरिक सुरक्षा, पर्यटकमैत्री पूर्वाधार र जिम्मेवार निजी क्षेत्रको सक्रियतालाई सफल पर्यटनको आधार स्तम्भ रहेकोमा जोड दिनु भएको थियो । पोखरा भ्रमण वर्ष–२०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भटराईको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय सरोकारवाला, सुरक्षा निकाय… पुरा पढौ

पौडेल बंश महासंघ केन्द्रीय समितिद्वारा सम्मान

पोखरा, २८ साउन, पौडेल बंश महासंघ केन्द्रीय समितिको पोखरामा आयोजित तेस्रो पूर्ण बैठकका अवसरमा समाजका विभिन्न क्षेत्रमा योगदान पुु¥याउनुभएको पाँच जना ज्येष्ठ नागरिकलाई आज सम्मान गरिएको छ । महासंघका तर्फबाट पोखराको न्युरोडस्थित होटेल दिपसागरको सभाकक्षमा ८९ वर्षीय तुलसी पौडेल, ८५ वर्षीय प्रा.पवित्रमणि पौडेल र ज्यो पं लिलाधर पौडेल एवम् ८३ वर्षीय प्रा.चतुर्भुज शर्मा पौडेल र निलकण्ठ शर्मा पौडेललाई सम्मान गरिएको हो । उहाँहरूलाई गण्डकी प्रदेशका बन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल र महासंघका केन्द्रीय अध्यक्ष हरिराम पौडेलले संयुक्त रुपमा सम्मान… पुरा पढौ

भलिबल प्रतियोगिताबाट बचत रकम आर्वाविजयसहित ३ विद्यालयलाई

पोखरा, साउन २८, पोखरा महानगरपालिका वडा नम्बर १३ का युवाहरूद्वारा आयोजित भलिबल प्रतियोगिताबाट बचत रकम ३ विद्यालयलाई सहयोग गरिएको छ । वडा नम्बर १३ का युवाहरूको समन्वयमा गत चैतमा सम्पन्न प्रथम अमलाचौर चापडाँडा भेन्ट्रान्स भलिबल प्रतियोगिताबाट बचेको रकम स्वास्थ्य र शिक्षामा लगानी गर्ने निर्णयबोजिम वडा नम्बर १३ का विद्यालयहरूलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक देवेन्द्र परियारले जानकारी दिए । उनका अनुसार आर्वाविजय मावि, ढाँडबेँसीलाई १५ हजार, अमरज्योति आवि, अमलाचौरलाई २२ हजार ५०० र सिमला आवि, आर्वालाई १० हजार रुपियाँ सहयोग गरिएको… पुरा पढौ

पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालय गणतन्त्र कोरिया बीच शैक्षिक समझदारी

पोखरा, २८ श्रावण, पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालय गणतन्त्र कोरिया बिच प्राविधिक शिक्षाको अध्ययनका लागि छात्रवृत्ति आदानप्रदान सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । पारस्परिक लाभ, समानता, पारदर्शिता र साझा विकासको सिद्धान्तमा आधारित समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र युङजिन विश्वविद्यालयको तर्फबाट प्रोफेसर चोइ जेइयोङले हस्ताक्षर गर्नुभएको छ । समझदारी अनुसार शैक्षिक विकासका सन्दर्भमा पोखरा महानगरपालिका क्षेत्रको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्दै प्राज्ञिक, सांस्कृतिक र प्राविधिक सहयोगमार्फत दुई देशबिच अन्तर्राष्ट्रिय सम्बन्ध र पारस्परिक विकासमा जोड दिइनेछ । शिक्षा, पर्यटन… पुरा पढौ

पोखरामा नाम मात्रको अन्तराष्ट्रिय हवाई उडान केहिले काँहि यात्रु विना खाली विमान समेत उड्न बाध्य, २ बर्ष ७ महिनामा २९ सय पर्यटक आगमन

दीननाथ बराल, पोखरा २७, साउन, पोखरेलीहरुको सपनामा तुसारापात भएको छ । पोखराको विकासको मेरुदण्डको रुपमा लिएको पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालनमा आएको आज २ बर्ष ७ महिना वितिसक्दा पनि प्रभावकारी ढंगले अन्तराष्ट्रिय हवाई उडान गर्न नसक्दा मुस्किलले संचालनमा आएको हिमालयन एयरलायन्सको बिमानले यात्रु विना खाली विमान समेत संचालन गर्न बाध्य भएको छ । उक्त विमानले पर्यटनको राजधानी पोखरा देखि विश्वप्रसिद्ध ‘रुफ अफ द वल्र्ड’ ल्हासा बीच उडान सुरु गरेको छ । गत मार्च देखि अन्तराष्ट्रिय हवाई उडान गर्न सुरु गरेको कम्पनीले… पुरा पढौ