समाज

नेपाल हेभी ईक्विपमेन्ट व्यवसायी महासंघ गण्डकीमा अमृत

पोखरा २ भदौँ, नेपाल हेभी ईक्विपमेन्ट व्यवसायी महासंघ, गण्डकी प्रदेश समितिको अध्यक्षमा पुनः अमृत घिमिरे निर्वाचित भएका छन् । पोखरामा शोमवार सम्पन्न दोस्रो साधारण सभा एवं प्रथम अधिवेशनबाट घिमिरेको नेतृवमा नयाँ नेतृत्व सर्वसम्वत चयन भएको हो । समितिको उपाध्यक्षमा बालकृष्ण कोइराला, महासचिवमा भिमसेन क्षेत्री (भीम केसी) र कोषाध्यक्षमा लिला मोहन कुइकले चयन भएका छन् । यस्तै सदस्यहरुमा मंगल कुमाल, उमानाथ आचार्य र प्रेमबहादुर घिमिरे चयन भए । निर्वाचन पहिलो भएको दोस्रो साधारण सभा एवं प्रथम अधिवेशनको उद्याटन शत्रमा नेपाल हेभी… पुरा पढौ

पोउवासंघका सदस्यलाई युआरएलमा ३५ प्रतिशत छुट

पोखरा,२ भदौ, पोखरा उद्योग वाणिज्य संघका सदस्य र उनीहरुका परिवारले स्वास्थ्य प्रयोगशालामा छुट पाउने भएका छन् । संघ र युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)बिच पाँच वर्षसम्म रगतसहितका जाँचमा ३५ प्रतिशट छुट दिने सम्झौता भएको हो । सम्झौतमा संघका अध्यक्ष गोकर्ण कार्की र युआरएल अध्यक्ष ठकुरप्रसाद पन्थले आइतबार हस्ताक्षर गरेका छन् । संघका सदस्य र उनीहरुका परिवारले पोखराको न्युरोडमा रहेको युआरएलको प्रधान कार्यालयसहित युआरएलका सबै शाखाबाट परिचयपत्रका आधारमा छुट पाउनेछन् । भदौ १ बाट सुरु भएको सम्झौता २०८७ साउन मसान्तसम्म कायम हुनेछ… पुरा पढौ

टुँडिखेल तीज महोत्सवमा गृहलक्ष्मी, सालिको, कर्मा, बाल्ट्रा लगायतले उप प्रायोजन गर्ने

पोखरा २ भदौ, नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा आयोजना हुने तीज महोत्सवलाई विभिन्न व्यापारिक समुहले साथ दिने भएका छन् । टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीकोे मुख्य प्रायोजनमा ६ देखि १५ भदौसम्म संचालन हुने तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ सम्पन्न गर्न गृहलक्ष्मी ग्यास, सालिको इन्स्योरेन्स, कर्मा ईन्टरनेश्नल ईम्पोलिमिट सर्भिस प्रालि काठमाण्डौ, बाल्ट्रा होम एप्लिकेसनले उप प्रायोजन गर्ने भएका हुन । उनीहरु… पुरा पढौ

सहदेव अधिकारी नेपाल लाईफको उत्कृष्ट अवार्डबाट सम्मानीत

पोखरा, २ भदौ सहदेव अधिकारी नेपाल लाइफको उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका छन् । उनी लगातार तेस्रोपटक उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका हुन् । भने, गण्डकी प्रदेश लगातार दुईपटक उत्कृष्ट अवार्डबाट सम्मानीत भएको छ । तीन वर्ष अगाडि मात्रै प्रदेश प्रमुखको जिम्मेवारी पाएका अधिकारीको नेतृत्वमा कर्णाली प्रदेश तथा लगातार दुईपटक गण्डकी प्रदेशले उत्कृष्ट प्रदेशको उपाधि हासिल गरेको हो । नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१÷८२ को समीक्षा गर्दै काठमाडौँको द सोल्टी होटलमा बिजनेस एक्सिलेन्स कन्फ्रेन्स २०८२… पुरा पढौ

पुम्दी–भुम्दी दोस्रो पर्वतीय दौड प्रतियोगिताको तयारी तिव्र,आजै देखि खेलाडीहरुले अनलाइन मार्फत नाम दर्ता गर्न सक्ने गरी फम खुल्ला

पोखरा २, भदौं, पर्यटनको राजधानी पोखराको आर्थिक समृद्धिका लागि खेल पर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड नारालाई आत्मसात गर्दै विश्व पर्यटन दिवसको सन्दर्भमा आउँदो असोज ४ गते शनिवार आयोजना हुने दोस्रो संस्करणको खुला पर्वतीय दौड प्रतियोगिताको तयारी तिव्र पारिएको छ । पोखरा क्लिक प्रा.लि.को आयोजनामा हुने उक्त प्रतियोगिताको तयारी तिव्र पारिएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । विश्वशान्ति स्तुपबाट सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा–२२ वडा कार्यालय हुँदै निगालेडाँडामा अवस्थित कालाबाङ घरेडी बुद्ध पार्कमा समापन… पुरा पढौ

पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

काठमाडौँ, नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै २२ औँ संस्करणको स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस विधामा पर्ने पाँच खेलाडीको नाम सार्वजनिक गर्यो । मनोनयनमा उसुका विजय सिन्जाली, टेबलटेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल परेका छन् । आइतवार नै नेपाल खेलकुद पत्रकार मञ्च र विद्युतीय भुक्तानीका लागि चर्चित सेवाप्रदायक कम्पनी आईएमई खल्तीबिच आइतबारै भोटिङ… पुरा पढौ

गैह्रापाटन नेवा समाजलाई तायाःमचा नृत्य प्रतियोगिताको उपाधि

दीननाथ बराल, पोखरा, १, भदौं, पोखराको लेखनाथ, शिशुवा बजारमा पहिलोपटक आयोजना गरिएको तायाःमचा नृत्य प्रतियोगिताको उपाधि गैह्रापाटन नेवा समाजले जितेको छ । शनिबार राति अबेर सम्पन्न प्रतियोगितामा २६ टिमलाई पछि पार्दै उपाधि सहित गैह्रापाटनले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो । नेवारी सांस्कृतिक धरोहरको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । प्रतियोगितामा प्रतियोगितामा सरस्वती मन्दिर तायाःमचा समिति द्वितीय, मोहरिया नेवाः टोल तृतीय र नदीपुर तायाःमचा समितिले सान्त्वना स्थान प्राप्त गरेका छन् । द्वितीय सरस्वती मन्दिर समितिले… पुरा पढौ

गण्डकीमा १० स्थानमा करियर बुथ स्थापना

पोखरा, गण्डकी प्रदेशमा एकीकृत करियर बुथ स्थापना सुरु गरिएको छ । काठमाण्डौ विश्वविद्यालय र स्विजरल्याण्डको इटीएच जुरिचको साझेदारीमा सञ्चालन भइरहेको शिक्षा प्रणाली कार्यशाला (i-Lab) नेपाल कार्यक्रम अन्तर्गत प्रदेशका १० स्थानमा परीक्षण स्वरूप करियर बुथ स्थापना गरिएको हो । करियर बुथ स्थापना तथा सञ्चालनका लागि विभिन्न शैक्षिक र व्यवसायिक संस्थासँग समझदारी गरिएको छ । ती संस्थामा गण्डकी प्रदेश सरकार रोजगार सूचना केन्द्र, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् गण्डकी, व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिका, वालिङ नगरपालिका (स्याङ्जा), माछापुच्छ्रे गाउँपालिका (कास्की), पोखरा… पुरा पढौ

दातृ निकाय फर्किदा ३० हजार बेरोजगार ..

दीननाथ बराल,पोखरा, भदौ १, नेपालमा २२ वटा दातृ निकाय निष्क्रिय हुँदा करिब ३० हजार जना बेरोजगार हुनु परेको गैरसरकारी संस्था महासंघ (गैसस महासंघ) ले जनाएको छ । कोभिड पछि विश्व अर्थतन्त्रमा परेको असरसंगै नेपाल विकासउन्मुख देशमा जाने तयारी स्वरुप केही दातृ निकायले नेपालमा निष्क्रिय रुपमा रहेकोले त्यसको असर प्रत्यक्ष रुपमा पर्ने हाल करिब ३० हजार जना बेरोजगार हुनु परेको केन्द्रीय अध्यक्ष अर्जुन भट्टराईले बताउनु भयो । यसबाट मात्रै करिब ६५० मिलियन अमेरिकी डलर गुमेको दाबी गर्दै उहाँले उक्त विकल्पमा स्वदेशमा… पुरा पढौ

ढोरपाटन २३ औं वर्षमा प्रवेश, काफ्ले र नेपाली सम्मानित

पोखरा, पोखरा र बागलुङबाट एक थास प्रकाशित हुँदै आएको ढोरपाटन दैनिक २३ औं वर्षमा प्रवेश गरेको छ । आफ्नो २३ औं वार्षिकोत्सव आइतबार एक समारोहका बिच पोखरामा मनाइएको छ । सोही क्रममा कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बागलुङमा जन्मिएर पनि पर्यटकीय राजधानी पोखरा हुँदै गण्डकीको यात्रा तय गर्नु खुसीको कुरा रहेको बताए । ‘बागलुङमा जन्मेर पोखरा हुँदै गण्डकीको यात्रा तय गर्ने हिम्मत राखेको ढोरपाटन अझै स्थापित हुनेछ’ उनले भने ।आचार्यले प्रविधि फेरिए पनि संचारमाध्यम र पत्रपत्रिकाको महत्व… पुरा पढौ