समाज

टानको ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम समापन ,बैकल्पिक पदमार्ग निर्माणमा प्रदेश सरकारले ध्यान दिएको छ मुख्यमन्त्री पाण्डे

पोखरा, ३ भदौ, ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल ९टान० गण्डकीको आयोजनामा पोखरामा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिमको समापन गरिएको छ । मंगलबार पोखरामा समापन समारोह आयोजना गरी तालिममा सहभागि प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । २ सय २१ जनाले ट्रेकिङ गाइड र ६० जनालाई पोटर गाइडको प्रमाणपत्र वितरण गरिएको थियो । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले दक्ष जनशक्ती पर्यटन क्षेत्रको महत्वपूर्ण अंग… पुरा पढौ

चण्डिका आमा समुहको अध्यक्षमा विना श्रेष्ठ

पोखरा, पोखरा महानगरपालिका वडा नं. ९ दरबारथोकमा रहेको चण्डिका आमा समुहको १३ औं साधारण सभा तथा ५ औं अधिवेशनले विना श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । समितिको उपाध्यक्षमा देउमाया श्रीस पुन, सचिवमा मिना सिग्देल, कोषाध्यक्षमा कमला पाण्डे, सहसचिवमा शान्ति भुजेल मगर सदस्यहरुमा कृष्ण माया कार्की, निलम खवास श्रेष्ठ, सुनिता केसी, शान्ति गौतम, विष्णु सिग्देल, देवका थपलिया, रचना खवास, खिमा अधिकारी, चुनु माया गुरुङ र सिता खवास सर्वसम्मत चयन भएका छन् । त्यसै गरी सल्लाहकारमा सरस्वती… पुरा पढौ

पोखराको लामाचौर तिज महोत्सवमा खुल्ला पुरुष तथा अन्तर बिद्यालय स्तरिय छात्रा भलिवल प्रतियोगिता हुने

दीननाथ बराल पोखरा, ३, भदौ नेपाली नारीहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा पोखराको लामाचौरमा यस बर्ष खुल्ला पुरुष भलिवल तथा अन्तर बिद्यालय स्तरिय छात्रा भलिवल प्रतियोगिता हुने भएको छ । पोखराको नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखराको इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा यही भदौं ७ गते देखि १० गतसम्म उक्त प्रतियोगिता हुने भएको आज (मंगलबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । खुल्ला पुरुष तर्फ यस बर्ष करिब ८ टिम सहभागि हुने भएको समाजका अध्यक्ष ई.दिनेश… पुरा पढौ

सहारा आ.वि.लाई १ लाखको अक्षयकोष र प्रिन्टर

पोखरा, पोखरा मनपा (९, शिवटोल बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा यु.के.निवासि सवि गुरुङले आफ्नो जन्मदिनको अवसरमा गुरुङले १ थान प्रिन्टर सहित सम्पूर्ण विद्यार्थीहरुलाई खाजा प्रदान गरेकी छिन्। सोहि क्रममा समजसेवी तथा स्टेशन पोखरा रेष्टुरेन्टकि सञ्‍चालक सपना गुरुङले आफ्नो स्वर्गीय पिता सुवेदार लालकाजी गुरुङको स्मृती दिवसको अवसरमा बुवा र आमा धनकुमारी गुरुङको नामवाट रू। १ लाख वरावरको अक्षयकोष प्रदान गरिन् । स्वागतका क्रममा वोल्दै विद्यालयका प्रधानाध्यापक लोचना कुमारी अधिकारीले सवी गुरुङको शु(स्वास्थ्यका साथ दीर्घजीवनको कामना गरिन र दाता सपना गुरुङलाई… पुरा पढौ

भदौं ५ गते गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिता हुँदै

पोखरा, एपोलो पेन्ट्स पिजेन्स गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिता हुने भएको छ । पब्लिक फोरके टेलिभिजनको आयोजना एवम् प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको समन्वयमा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा भदौं ५ गते पोखरामा आठौं संस्करणको कृषि तीज गीत प्रतियोगिता हुन लागेको हो । प्रदेशका ९ जिल्लाबाट कृषि ज्ञान केन्द्रले छनोट गरेर पठाएका समूहबिच प्रतिष्पर्धा हुने प्रतियोगिता संयोजक घनश्याम पाण्डेले जानकारी दिए । मनाङ र मुस्ताङबाहेकका सबै जिल्लाले सहभागी हुने पाण्डेले बताए । प्रतियोगिताको विजेता हुने समूहले… पुरा पढौ

२५ करोडको लागतमा गण्डकी प्रदेश सभा भवन निर्माण हुने

पोखरा ३, भदौं गण्डकी प्रदेश सभा भवन निर्माण हुने भएको छ । उक्त भवनको आज एक समारोहका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलान्यास गर्नु भएको हो । ३ बर्षमा निर्माण हुने उक्त भवन जति सक्दो छिटो दुई बर्षमै सक्ने गरी काम गर्न उहाँले ठेकदार कम्पनीलाई आग्रह गर्नु भयो । उक्त भवनको लागत रकम भ्याट र मूल्य अभिवृद्धि कर सहित २५ करोड ३७ लाख ८२ हजार ८ सय ६० रुपैयाँ ९६ पैसा रहेको छ । भवन निर्माणका लागि २०८१ माघ… पुरा पढौ

कास्कीका फोटो पत्रकारले मनायो विश्व फोटोग्राफी दिवस

पोखरा, ३ भदौ, नेपाल फोटो पत्रकार संघ, कास्कीले शुभकामना आदानप्रदान गरी विश्व फोटोग्राफी दिवस मनाएको छ । संघले १ सय ८६ औं फोटोग्राफी दिवसको अवसरमा कास्कीको मादी गाउँपालिका–५, सुनपदेलीमा शुभकामना आदानप्रदान, बधाई तथा तीजको अवसरमा दरखाने कार्यक्रम गरेको हो । कार्यक्रममा संघका अध्यक्ष राम गुरुङलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले प्रदान गर्ने कञ्चन पत्रकारिता पुरस्कार प्राप्त गरेकोमा बधाई दिइएको थियो । कार्यक्रमा संघका सल्लाहकार तथा पूर्वअध्यक्ष कृष्णमणि बरालले रचनात्मक र उत्कृष्ट फोटो खिच्नु आजको आवश्यकता भएको बताए ।… पुरा पढौ

सातै प्रदेशमा पहिलो पटक गण्डकी प्रदेशले गर्यो अपाङ्गता सम्बन्धि विधेयक पारित

पोखरा, गण्डकी प्रदेश सभाले सातै वटै प्रदेशमध्ये पहिलो पटक “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्वसम्मतिले पारित गरेको छ । मिति २०८१ चैत २६ गते सामाजिक विकास तथा कृषि समितिमा छलफलका लागि गएको र गण्डकी प्रदेश सभा नियमावली २०८० को नियम १२५ को उपनियम २ को खण्ड ९क० बमोजिम समितिको प्रतिवेदन सहित मंगलबार प्रदेश सभामा दफावार छलफल भई उक्त विधेयक पारित भएको हो । विधेयक प्रस्तुत गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार… पुरा पढौ

पोखरामा एच.ए. र फार्मेसी कक्षा पुनः सञ्चालन, मेयर आचार्यको पहल निर्णायक

पोखरा, केही समयदेखि स्थगित भएको गण्डकी बहु(प्राविधिक शिक्षालयअन्तर्गत एच।ए। .हेल्थ असिस्टेन्ट० र फार्मेसी कक्षा पुनः सुचारु हुने भएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको सक्रिय पहलपछि यसअघि देखिएको अन्योल अन्त्य भई अध्ययन कार्यक्रमलाई निरन्तरता दिन लागिएको हो। सीटीईभीटी ९ऋत्भ्ख्त्० भित्र देखिएको प्रशासनिक जटिलता र प्रक्रियागत ढिलाइका कारण कक्षा स्थगित भएको थियो। तर, मेयर आचार्यले सम्बन्धित मन्त्रालय, सचिवालय र सीटीईभीटीसँग निरन्तर समन्वय गर्दै विद्यार्थीहरूको भविष्य सुरक्षित गर्न पहल गरेपछि पुनः भर्ना प्रक्रिया खोलिने भएको हो। शिक्षा मन्त्री रधुजी पन्त, शिक्षा सचिव… पुरा पढौ

डायमण्ड व्यूटि शैलुन एण्ड ट्रेनिङ सेन्टर न्युरोडमा शुभारम्भ

पोखरा, पोखरा ८ न्युरोडमा डायमण्ड व्यूटि शैलुन तथा ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ । सेन्टरको गण्डकी प्रदेश सभा सांसद सरस्वती गुरुङ र पुर्व सासद शारदा पौडेलले सम्युक्त रुपमा उद्घाटन गरि शुभकामना दिदैं महिला दिदीबहिनीहरु सिप सिकेर आत्मनिर्भर हुनु पर्ने वताए । नेपाल व्यूटिसियन संघ गण्डकी प्रदेशकी अध्यक्ष सर्मिला रानाभाटले युवती तथा महिलाहरुले व्युटिसियन तालिम लिई स्वरोजगार तथा वैदेशिक रोजगारीमा पनि राम्रो गरिरहेको वताईन् । सो अवसरमा ट्रेड युनियन काँग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्मा नेपाल दशनामी समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष… पुरा पढौ