
पोखरा,
पोखराको लामाचौरमा रहेको नव आदर्श सामुदायिक विकास समाजको २९ औं साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै समाजका मानार्थ सदस्य एवं नेपाल सरकारका पुर्व सचिव बाबुराम आचार्यले समाजको विकास र रूपान्तरणका लागि सामाजिक संघ संस्थाको भुमिका महत्वपुर्ण हुने बताए। उनले यस क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा समाजले खेलेको भुमिका उल्लेखनीय रहेको बताए। पोखरा १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले वडा भित्रका विकास निर्माणका काममा स्थानीय संघ संस्थासंग सहकार्य गरी अगाडी बढ्न वडा कार्यालय तयार रहेको बताए ।उनले वडाभित्रका सामाजिक कार्यमा संस्थाले खेलेको भुमिकाको प्रशंसा गरे ।
समाजका पुर्व अध्यक्ष नविन भण्डारीले तीज महोत्सवलाई दिर्घकालिन रुपमा संचालन गर्न कोष स्थापना गरिएको बताउँदै, त्यसले संस्कृति जर्गेनामा सहयोग पुर्याउने बताए । समाजका अध्यक्ष ईन्जिनीयर दिनेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष रेश्मा शेरचन अधिकारी, सल्लाहकार रूद्र थापा, पुर्व सल्लाहकार तारा गर्बुजा लगायतले सामुहिक एकताबाट नै समाज बिकास हुने धारणा राखे । सो अवसरमा तीज मेलामा सहयोग गर्ने विदेशी भगिनी संस्थाका सदस्यका अभिभावकलाई सममान गरिएको छ । सभाले अध्यक्ष भण्डारीको प्रतिवेदन, सचिव शोभा बानियाँको प्रगति प्रतिवेदन र कोषाध्यक्ष विष्णुमाया बानियाँले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गर्यो । समाजका द्वीतिय उपाध्यक्ष हरिबहादुर थापाले स्वागत गरेको सभाको संचालन सचिव शोभा बानियाँले गरेकी थिईन् । समाजमा २ जना यसस्कर सदस्य सहित ४२७ जना आजिवन, २९ साधारण, संस्थागत ४ र ५ जना मानार्थ सदस्य आवद्ध छन् ।




