समाज

पोखरा २० भलाम र १३ काहुँमा दुई घरका कोठा बगायो, मानविय क्षति हुनबाट बचाइयो

दीननाथ बराल,पोखरा, ४ साउन, गएराति आएको अविरल बर्षादले पोखरा २० भलाम र पोखरा १३ काहुँमा दुई घरका केही कोठाहरु बगाएको छ । शनिबार बेलुकाबाटै पानी परेका कारण पूर्वसतर्कता अपनाएका कारण मानविय क्षति हुनबाट बचाइएको स्थानिय एवं प्रहरीले पोखराक्लिकलाई बताउनु भयो । पोखरा–२० भलाम स्थित सूर्यबहादुर बास्तोलाको टिनले छाइएको एक तले भवनका सात कोठाहरु मध्ये तीनवटा कोठा पूर्णरूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले बताउनु भयो । त्यस्तै, पोखरा–१३ काहुँखोलाकी दीपा लामाको ब्लक र टिनले छाइएको घरका… पुरा पढौ

अन्नपूर्ण गाउँपालिकाले १ करोड ८८ लाख राजस्व संकलन गर्‍यो

पोखरा, ४ कास्की, कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८१र८२ को तेस्रो चौमासिक अवधिमा १ करोड ८८ लाख ७ सय ८५ रुपैयाँ राजस्व संकलन गरेको छ। हालै सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत प्रतिवेदन अनुसार गाउँपालिकाले सामाजिक सुरक्षा, पञ्जीकरण र प्राविधिक योजनामार्फत सेवा प्रवाह तथा विकास कार्यक्रमहरू प्रभावकारी रूपमा अगाडि बढाएको जनाएको छ। ‘कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार स् अन्नपूर्ण समृद्धिको आधार’ भन्ने नारासहित प्रस्तुत प्रतिवेदनमा ११ वटै वडाका कार्यक्रम र योजनाहरू समेटिएका थिए। प्रतिवेदनमा उल्लेख भएअनुसार प्राविधिक शाखाबाट टेन्डर गरिएको ८… पुरा पढौ

पोखरामा गर्मी बढेसँगै पौडी खेल्न सुईमिङ पुल देखि वाटर पार्कमा भिड (भिडियो सहित)

दीननाथ बराल, पोखरा, ३ साउन, पोखरामा पछिल्लो समय गर्मी बढेसँगै गर्मी छल्न बालबालिका देखि युवा–युवतीसम्म सुईमिङ पुल, खोला, ताल तथा वाटर स्पोट्र्स पार्कहरूमा भीडभाड ह्वात्तै बढेको छ । पोखरामा गर्मी छल्न बालबालिका देखि युवाहरु नजिकको खोलामा रहेका पौडी पोखरी, सुईमिङ पुल, वाटर पार्कमा पौडी खेल्नेहरुको शनिबार पनि दिनभरजसो भिडभाड भएको थियो । https://www.youtube.com/watch?v=ngpRFOmgPAc यसैक्रममा पोखरा–१७ सितापाइलामा अवस्थित फिस्टेल ड्रिम पार्कमा शनिबार मात्र २ हजार भन्दा बढी आगन्तुक पुगेको पार्कका सञ्चालक तथा युवा व्यवसायी कमल बस्नेतले पोखराक्लिकलाई बताउनु भयो । ४… पुरा पढौ

एगा पोखराको २२ औं साधारण सभा सम्पन्न, १२ लाख पर्यटक भित्राउने लक्ष्य राखेर मुलुकको पर्यटन अघि बढ्न सक्दैनः सदस्य भण्डारी

पोखरा, ३ साउन, इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराको २२औँ साधारणसभा एक समारोहका बीच आज सम्पन्न भएको छ ।साधारणसभाको नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य ऋषि भण्डारीले उद्घाटन गर्नुुभयो । कार्यकममा भण्डारीले राज्यका निकायले राम्रोसँग ध्यान नदिँदा पर्यटन क्षेत्रमा निराशा छाएको बताउनुुभयो । मुलुकमा हाल करिब ३५ लाख पर्यटकहरु धान्न सक्ने संरचना बनेको अबस्थामा राज्यले १०/१२ लाख पर्यटक भित्राउने लक्ष्य राखेर मुलुकको पर्यटन अघि बढ्न नसक्ने उहाँले जिकिर गर्नुभयो । राज्यको तर्फबाट ६० प्रतिशत र होटल सहितका नीजि क्षेत्रको करिब ४०… पुरा पढौ

शिब केसी जनकल्याण समितिको अध्यक्षमा चयन

पोखरा, पोखरा १३ स्थित जनकल्याण समितिको ३४ औं साधारण सभा तथा १४ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट शिब बहादुर केसीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । समितिको प्रथम उपाध्यक्षमा कृष्ण राज गौतम, द्वितीय उपाध्यक्षमा खेम भट्टराई, महासचिवमा शान्ति देवी केसी, सचिवमा सोमनाथ आचार्य, कोषाध्यक्षमा लेख बहादुर थापा चयन हुनु भएको हो । त्यस्तै अन्य सदस्यहरुमा ईन्दा कुमारी शाही, मदनराज गौतम, पदम बहादुर कार्की, पार्वती गौतम, मौया बराल, नारायण पौडेल र शिब कार्की चयन हुनु… पुरा पढौ

कला, साहित्य, प्रकृति, संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्नु हामी सबैको दायित्वः प्रदेश प्रमुख भट्ट

पोखरा, ३ साउन, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश कला, साहित्य, संगीत र लोकसंस्कृतिमा सम्पन्न रहेको बताउनुभएको छ । पोखरा थियटरले नेपाली साहित्यका वरिष्ठ श्रष्टा, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठका सम्मानमा आयोजना गरेको विशेष काव्य–सांस्कृतिक कार्यक्रम ‘हिउँमा नलेखिएका तीर्थ– पाँच आयामका साथ’ मा प्रमुख अतिथि भट्टले कला, साहित्य, प्रकृति र संस्कृतिको प्रवर्द्धन एवं संरक्षण गर्नु हामी सबैको दायित्व रहेको उल्लेख गर्नुभयो । ‘आदिकवि भानुभक्त आचार्य, कवि शिरोमणि लेखनाथ पौड्याल, जनकविकेशरी धर्मराज थापा, लोककवि अलिमियाँ, लोकसंगीतका शिखर व्यक्तित्व झलकमान गन्धर्वदेखि… पुरा पढौ

विनय थापा निमित्त सदस्य सचिवमा नियुक्त

पोखरा, ३, साउन, प्रदेश खेलकुद परिषद, गण्डकी प्रदेशका सदस्य विनय थापालाई परिषदको निमित्त सदस्य सचिवको जिम्मेवारी सम्हाल्नु भएको छ । परिषदका सदस्य सचिव श्रीधर शर्माको विदेश भ्रमण तथा बिदाका कारण उक्त जिम्मेवारी अस्थायी रूपमा थापालाई दिइएको परिषदले जनाएको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा शर्माको बिदा मिति २०८२ साल साउन ४ गतेदेखि २० गतेसम्म स्वीकृत गरिएको छ । शर्मा साउन २ गतेदेखि नेपाल बाहिर जाने भएपछि परिषदको कार्य सञ्चालनमा सहजता ल्याउन थापालाई साउन २ गतेदेखि २० गतेसम्मका… पुरा पढौ

पोखरामा तीन दिने सीप मूलक मेहेन्दी तालिम सम्पन्न

पोखरा, ३ साउन, लायन्स क्लब अफ पोखरा अम्मर बुद्धको आयोजनामा तथा एच कोरियन ब्युटी सैलुनको सहकार्यमा तीन दिने सीपमूलक मेहेन्दी तालिम पोखरा–१०, अमरसिंह चोकमा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि आईपिडिजी लायन विनोद ढुङ्गाना तथा विशेष अतिथि सेकेण्ड भिडिजि लायन शैलेन्द्र मोहन भट्टराईले सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो। समारोहमा डिस्ट्रिक्ट चिफ एड्मिनिस्ट्रेटर लायन शान्तादेवी थापा, डिस्ट्रिक्ट कोअर्डिनेटर लायन विष्णु श्रेष्ठ, डिस्ट्रिक्ट पिआरओ लायन सरिता कार्की, रिजन चियरपर्सन लायन बद्रिका ढुङ्गाना, निवर्तमान अध्यक्ष लायन मञ्जु कार्की,… पुरा पढौ

गान्जीको सौन्दर्य पर्वतीय संग्रहालयमा

पोखरा, ३ साउन, चीनको पश्चिम सिचुवान प्रान्तमा पर्ने गान्जी तिब्बतीयन अटोनोमस प्रिफेक्चरको सौन्दर्य पोखरामा हेर्न पाइने भएको छ । अनुपम प्राकृतिक दृश्य, तिब्बतीयन संस्कृति भएको गान्जीमा उच्च स्थानमा रहेका उपत्यका, हिउँले ढाकिएका पर्वत, ठूला घाँसे मैदान र घना जंगलहरु छन् । गान्जी तिब्बतीयन अटोनोमस प्रिफेक्चर माउन्उटेन टुरिजम प्रमोसन प्वाइन्ट कार्यक्रम अन्तर्गत गान्जीका तस्बिरहरु बिहीबारबाट पोखराको रातोपहिरोमा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा राखिएका छन् । नेपाल नेसनल पभेलियन (चाइना)को सहयोगमा राखिएका गान्जीका तस्बिरहरु अबको छ महिनासम्म प्रदर्शनीमा राखिनेछन् । पोखरा महानगरपालिकाकी उपमेयर… पुरा पढौ

असोज ४ गते दोस्रो पर्वतीय खुल्ला दौड प्रतियोगिता पोखरामा हुने, पर्वतीय दौड प्रतियोगितालाई पुम्दी–भुम्दीकै उत्सवको रुपमा मनाउन स्थानीयको सुझाव

पोखरा २, साउन, खेल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुने दोस्रो पर्वतीय दौड प्रतियोगितालाई पुम्दी–भुम्दीकै उत्सवको रुपमा मनाउन स्थानीयले सुझाव दिनु भएको छ । पोखरा क्लिक प्रालीको आयोजनामा आउँदो असोज ४ गते पोखरामा हुने उक्त प्रतियोगितालाई पोखरा २२ पुम्दी भुम्दीका स्थानीयले गाउँकै उत्सवको रुपमा उक्त प्रतियोगिता बनाउन सुझाव दिनुभएको हो । मिति घोषणा सहित स्थानीय क्लब,टोल विकास संस्था, जनप्रतिनिधि लगायतका विभिन्न संघ संस्था एवं स्थानीयसँग भएको छलफल क्रममा सहभागिहरूले अघिल्लो बर्षमा भएका कमीकमजोरी सुधार गर्दै उत्कृष्ट व्याबस्थापनमा जुट्न समेत… पुरा पढौ